Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अमेरिकी किशोर किशोरीमा फेसबुक मोह ‘घट्दै’

सामाजिक सञ्जाल फेसबुक र अमेरिकी किशोरकिशोरीबीच पछिल्लो समय दूरी बढ्दै गएको देखिएको छ ।

उनीहरूमाझ अरू माध्यमहरू लोकप्रिय हुँदै गएका छन् । द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्षका अमेरिकी किशोरकिशोरीमध्ये ५१ प्रतिशतले मात्रै फेसबुक प्रयोग गरिरहेको पाइएको छ । यो सन् २०१५ को तुलनामा २० प्रतिशतले कम हो । अमेरिकी किशोरकिशोरीमाझ सबैभन्दा बढी लोकप्रिय युट्युब रहेको पाइएको छ, जसको प्रयोग ८५ प्रतिशत किशोरले गर्छन् । द प्यू रिसर्च सेन्टरको सर्वेक्षण अनुसार ७२ प्रतिशत किशोरकिशोरीले इन्स्टाग्राम र ६९ प्रतिशतले स्न्यापच्याट प्रयोग गर्ने गरेका छन् । कुनैबेला सबैभन्दा बढी प्रयोग गरिने ट्विटर अहिले ३२ प्रतिशत किशोरकिशोरीले मात्रै प्रयोग गरिरहेका छन् । सर्वेक्षणमा सहभागी १० प्रतिशतले मात्रै अरू सामाजिक सञ्जालभन्दा फेसबुक प्रयोग गर्ने गरेको बताएका थिए । फेसबुकका साथै इन्स्टाग्रामका पनि मालिक भएकाले क्यालिफोर्नियास्थित मार्क जकरबर्गको कम्पनीले अहिलेसम्म राम्रो व्यापार गरिरहेको बतान्छ । तर युट्युब र ट्विटर सञ्चालन गर्दै आएको गुगलले किशोरकिशोरीमाझ पकड बढाउँदै गएको देखिन्छ । सर्वेक्षणका अनुसार तीन वर्षअघि ७३ प्रतिशत अमेरिकी किशोरकिशोरीसँग स्मार्टफोन भएकोमा अहिले बढेर ९५ प्रतिशत पुगेको छ । अध्ययनले बढी आय हुने परिवारका किशोरकिशोरीले भन्दा कम आय हुने परिवारका किशोरकिशोरीले फेसबुकमा बढी समय बिताउन रुचाउने गरेको देखाएको छ । किशोरकिशोरीको जीवनमा सामाजिक सञ्जालको असरबारे चाहिँ सो अध्ययनले कुनै स्पष्ट नतिजा देखाएको छैन । १ प्रतिशतले सामाजिक सञ्जालको सकारात्मक प्रभाव भएको बताएका छन् भने २४ प्रतिशतले नकारात्मक भएको जवाफ दिएका छन् । तर ४५ प्रतशितले सकारात्मक वा नकारात्मक कुनै प्रभाव नपार्ने बताएका छन् । एक १५ वर्षीया किशोरीले भनिन्, \"मेरो विचार सामाजिक सञ्जालका कारण तपाईँ एक्लोपन महसुस गर्न पाउनुहुन्न। तपाईँ आफ्नो उमेरका मान्छेसँग कुरा गर्न सक्नुहुन्छ ।\" सोही उमेरका एक किशोरले भने, \"सामाजिक सञ्जालका कारण वास्तविक जीवनमा सामाजिक बन्न झन् गाह्रो हुन्छ । सामाजिक सञ्जालका कारण तपाईँले व्यक्तिगत रूपमा मानिसहरूसँग भेटघाट गरिरहेको हुँदैन ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending