सिरियाली राष्ट्रपति बशर अल-असदले उत्तर कोरियाको राजकीय भ्रमण गर्ने योजना बनाएको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ ।
सन् २०११ मा सत्ता सम्हालेयता किम जोङ-अनले आफ्नो देशमा कुनै पनि राष्ट्रप्रमुखलाई स्वागत गरेको पहिलो पटक हुनेछ । किमले पछिल्लो समय कूटनीतिक गतिविधिहरू तीव्र पारेका छन् । गत मेमा चिनियाँ राष्ट्रपतिलाई भेटेका किमले यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर बैठक गर्दैछन् । उत्तर कोरियाको एउटा साझेदारका रूपमा चिनिने सिरियाले असदको भ्रमण योजनाबारे कुनै प्रतिक्रिया दिएको छैन । दुवै देशमाथि रासायनिक अस्त्रका लागि सहकार्य गरेको आरोपहरू लाग्ने गरेको छ। तर दुवै देशले ती आरोपको खण्डन गर्दै आएका छन् । उत्तर कोरियाली समाचार संस्था केसीएनएले असदको भ्रमणको मितिबारे चाहिँ केही उल्लेख गरेको छैन । असदको भनाइलाई उद्धृत गर्दै उसले लेखेको छ, \"म उत्तर कोरियाको भ्रमण गर्न जाँदैछु र किम जो-उनलाई भेट्नेछु ।\" सिरियाका लागि उत्तर कोरियाली राजदूतको ओहदाको प्रमाणपत्र बुझेपछि असदले त्यस्तो बताएका हुन् । \'किमले अन्तिम जित हासिल गर्ने र कोरियाको पुनःएकीकरण महसुस गराउनेमा आफू विश्वस्त रहेको\' पनि असदले उल्लेख गरेको बताइएको छ । उत्तर कोरियाले सन् १९६६ मा सिरियासँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो र सन् १९७३ को अरब-इजरेल युद्धमा सेना पठाएको थियो । गत फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनमा सन् २०१२ र २०१७ को बीचमा उत्तर कोरियाले रासायनिक अस्त्र बनाउने ४० खेप सामग्री सिरिया पठाएको आरोप लगाइएको थियो । सात वर्षदेखिको गृहयुद्धमा रासायनिक अस्त्रको प्रयोग गरेको असदमाथि आरोप लाग्दै आएको छ । तर आफूसँग त्यस्तो कुनै भण्डारण रहेको कुरा उनले अस्वीकार गर्दै आएका छन् । उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधारका लागि यो वर्षको शुरूतिर संकेत गरेयता किमले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनसँग भेटवार्ता गरिसकेका छन् । यसैवर्ष उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठक गर्ने कुरा छ । प्राविधिक रूपमा अझ पनि उत्तरसँग युद्धमा रहेको उत्तरले यो वर्षको शुरूवातमा दक्षिण कोरियासँग सम्बन्ध सुमधुर बनाउन खुला रहेको संकेत गरेयता अनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन भेटिसकेका छन् । र, यसैवर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठकको विचार पनि अघि सारेका छन् । तर सिंगापुरमा जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने भनिएको बैठक नै सबभन्दा उच्चस्तरको बैठक हो । र, त्यसैमा अमेरिकाले माग गरे बमोजिम कोरियाली प्रायःद्वीपको पूर्ण निश्शस्त्रीकरण र उत्तर कोरियाले खोजेको कडा नाकाबन्दीलाई खुकुलो बनाउनुपर्ने जस्ता महत्त्वपूर्ण विषयमा कुराकानी हुनेछ । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: