Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

‘सेक्स गुरु’ ओशोका बडिगार्डले गरे सनसनीपूर्ण खुलासा

ह्युग मिल्ल शुरुवाती दिनमा ‘सेक्स गुरु’ भनिने भगवान श्री रजनीसको चेलाबनेका थिए । तर, प्रेम र दयामा आधारित समाजमा उनको सपना तासको पत्ता जस्तै बिग्रियो । अनलाइन प्लेटर्फम नेटफ्लिक्सले हालै ओशोमा आधारित ‘वाइल्ड वाइल्ड काउन्ट्री’ शीर्षकमा एक बृत्तचित्र शृखला बनाएको छ । उक्त शृंखलामा रजनीशको आश्रममा भारतदेखि अमेरिका स्थान्तरण भएको देखाइएको छ । अमेरिकाको ओरेगन प्रान्तमा ६४ हजार एकड जमिनमा रजनीशका हजारौं समर्थकको एक आश्रम स्थापित गरिएको थियो । त्यहाँ पाँच बर्षसम्म आश्रममा बस्नेहरुसँग तनाव, कानुनी विवाद, हत्या प्रयासको घटना, चुनावी धोखाधडी, हतियारको तस्करी, विष दिएको आरोप जस्ता कुरा आइरह्यो । विषपान गराउने प्रयासको विषय त अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो ‘बायो टेरर’ अट्याक मानिएको छ । बडीगार्डको जिम्मेवारी एडिनबरामा बस्ने ह्यग मिलले ९० रोल्स रायस कारका लागि चर्चित रजनीसँग दशकौं गुजारेका थिए । त्यसबीचमा रजनीशले ह्यगलाई प्रेरित गरे । उनको गर्लफ्रेन्डसँग सुते र उनलाई कठिन श्रममा लगाइदिए । बर्षौंसम्म ह्यग मिलले भगवान रजनीशको बडीगार्डको रुपमा काम गरे । यस भूमिकामा ह्यगको काम थियो कि, शिष्यले ओशोलाई छुन नपाओस् । ह्यग जुनबेला रजनीशसँग थिए, त्यो आश्रम विस्तारको समय थियो । रजनीशको समर्थको संख्या यसबीचमा २० देखि २० हजार हुँदै थियो । ह्युग भन्छन्, ‘ति २० हजार केवल म्यागजिन खरिद गर्ने मानिस थिएनन् । यिनीहरु ति व्यक्ति थिए, जसले रजनीशका लागि घर–परिवार छाडेका थिए ।’ उनका अनुसार उनीहरु हप्तामा कुनै ६० देखि ८० घण्टा काम गर्थे । छात्रवासमा बस्थे । रजनीशप्रति उनीहरुको समर्पण यो हदसम्म थियो । रजनीशको प्रवचन ह्यग अहिले ७० बर्षका भए । उनको जन्म स्कटल्यान्डको ल्यानर्कमा भएको थियो । सन् १९७३ मा अस्टियोपेथी (मांसपेशी र हड्डी सम्बन्धी मेडिकल साइन्स)को तालिम पुरा गरी ह्यग भारत पुगेका थिए । त्यसबेला उनको उमेर २५ बर्षको थियो । रजनीशको प्रवचन अडियो क्यासेटमा सुनेर उनी प्रभावित भएका थिए । उनी भन्छन्, ‘जब तपाईं कुने प्रभावशाली व्यक्तिलाई भेट्नुहुन्छ, उसको आफ्नो अस्तित्वमा गहिरो असर पर्छ ।’ ह्युग स्वामी शिवमूर्तिको नाम सुनेर भारत गएका थिए । इश्वर जो, काम लागेन ह्युग भन्छन्, ‘मलाई लाग्यो कि, उनी कति अद्भुत, समझदार, दयालु, प्यारो, चैतन्यशील व्यक्ति हुन् । म उनको चरणमा पर्न चाहन्थें । उनीबाट सिक्न चाहन्थे ।’ ह्यगले भगवान रजनीशको बारेमा ‘द गड द्याट फेल’ टाइटलको एक किताब प्रकाशित गरेका छन् । ह्यग भन्छन्, ‘मैंले उसलाई बेहद जागृत व्यक्तिको रुपमा देखे, जसमा असाधारण ज्ञान र बोधको भाव थियो ।’ भारतमा जिन्दगी सन् १९९० मा रजनीशको निधन भएको थियो । निधन हुनु केही बर्षअघि उनले आफुलाई ‘ओशो’ नामले सम्बोधन गर्न थालेका थिए । ह्युग मिलका अनुसार ओशो एक ‘बहुरुपी’ जीवन बाँच्थे कि, जो मानिसको आवश्यक्ता अनुसार स्वयम् आफुलाई पेश गर्थे । ह्यगले भनेका छन्, ‘आमने–सामने भेटमा रजनीशले पूर्ण रुपपले मनको कुरा र भविष्यको बारेमा बताइदिन्थे ।’ यसरी आमने-सामने भेट्नुलाई रजनीशको आश्रममा ‘दर्शन’ भनिन्थ्यो । त्यसबेला ह्यगलाई भारतको जिन्दगी त्यती रसपूर्ण लागिरहेको थिएन । उनी दुखित थिए । सुरुवाती १८ महिनामा रजनीश ह्यगको गर्लफ्रेन्डसँग सुत्थे । यसबेला ह्युगलाई चाहि भारतको सबैभन्दा गर्मी स्थानमा खेतीको कामको लागि पठाइदिएका थिए । रजनीशसँग इष्या ह्युगको उमेर त्यसबेला ४० बर्षभन्दा केही बढी भएको थियो । उनी भन्छन् कि, रजनीश बिहानको चार बजे आफ्ना महिला शिष्यलाई ‘विशेष दर्शन’ दिन्थे । ‘रजनीशलाई केही हदसम्म सेक्स गुरु यसकारण भनियो कि, उनी आफ्नो सार्वजनिक प्रवचनमा सेक्स र अर्गाज्मको बारेमा बोल्थे’ ह्यग भन्छन्, ‘यो कुरा त सबैलाई थाहा थियो कि उनी आफ्ना महिला शिष्यसँग रात बिताउँथे ।’ यावत् कारणले ह्यगलाई रजनीशप्रति ईष्र्या जाग्यो । उनमा आश्रम छाड्ने मनस्थिती बन्न थाल्यो । तर, उनको भित्री मनले भन्थ्यो, यो केही न केही राम्रोकै लागि भइरहेको छ । रजनीशको हिफाजत ह्युग भन्छन्, ‘मलाई थाहा थियो कि, ऊ सेक्स गुरु हुन् । हुन त हामी सबैलाई सेक्सका लागि स्वतन्त्रता थियो । एकै पार्टनरसँग चित्त बुझाउने त्यहाँ एकदमै कम थिए । सन् १९७३ मा यो अलग कुरा थियो ।’ रजनीशको विशेष दर्शनपछि उनको गर्लफ्रेन्डसँग उनको सम्बन्ध एउटा मोडमा पुगेको थियो । तर, यो धेरै दिन टिक्न पाएन । किनभने रजनीशले उनलाई चार सय मिल टाढा पठाइदियो । जब ह्यग फर्किएर आए, तब रजनीशको निजी सचिव मा योग लक्ष्मीको बडी गार्ड बनाइदिए । दर्शनको मौका नमिलेपछि एक शिष्याले मा योग लक्ष्मीमाथि आक्रमण गरेका थिए । त्यसपछि लक्ष्मीले उनलाई बडीगार्ड बनाएका थिए । ह्युगलाई रजनीशको पनि सुरक्षा गर्न भनिएको थियो । ओशोको क्लोज सर्कल भनिन्छ, रजनीश यस कुराको पक्षमा थिएन कि, शिष्य उनीसम्म पुग्नका लागि रोकौ । तर, ह्यग के भन्छन् भने, जब मानिसहरु उनलाई छुन र उनको खुट्टामा ढोक्नका लागि आतुर हुन्थे, रजनीश उभिदैनथे । ह्यग भन्छन्, ‘भगवानलाई यस्तो मन परेन ।’ तर पछिल्लो सातबर्षसम्म ह्यग भगवानको आसपासमा रहने प्रभावशाली सन्यासीमा सामेल थिए । ओशोका इनर सर्कलमा एक नाम मा आनन्द शीलाको पनि थियो । उक्त वृत्तचित्रमा आनन्द शिलाको नाम पनि समावेश छ । शीला एक भारतिय थिइन् । तर, उनको पढाईलेखाई न्यूजर्सीमा भएको थियो । ओशोसँग जोडिनुअघि शीलाले एक अमेरिकीसँग बिबाह गरेकी थिइन् । आश्रमको क्यान्टिनमा ह्यगका अनुसार उनी भगवानको सुरक्षाका साथसाथै आश्रमको क्यान्टिन चलाउने शीलाको पनि सहयोग गर्थे । क्यान्टिनको काम बढिरहेको थियो । किनभने आश्रममा आउने भक्तको संख्या निरन्तर बढिरहेको थियो । ह्यगका अनुसार उनको र शीलाको एक महिनासम्म अफेयर चल्यो । यो कुरा उनको पतिसम्म पुग्यो । पतिले रजनीशलाई यो कुरा रोक्नका लागि भने । यस घटनापछि शीला ह्यगसँग उस्तै रहिनन् । पुरै बद्लिइन् । र, उनको लागि अप्ठ्यारो स्थिती पैदा भयो । आश्रममा शीलाको कद यति रफ्तारमा बढ्यो कि, उनी लक्ष्मीको स्थानमा रजनीशको निजी सचिव बनिन् । रजनीशको विवाद ओशोको आश्रम भारतबाट ओरेगनमा स्थान्तरण गर्ने निर्णयमा जुन व्यक्तिको ठूलो भूमिका थियो, त्यसमा शीलाको नाम मूख्य थिजो । भारतमा रजनीशलाई लिएर विवाद सुरु भइसकेको थियो । उनी चाहन्थे कि, आफ्नो आश्रम कुनै शान्त स्थानमा होस् जहाँ हजारौं शिष्य एकै समुदायमा मिलेर बस्न सकोस् । शीलाले सन् १९८१ मा ओरेगनमा सीमसार जमिन खरिद गरिन् । उनलाई स्थानिय कानुनको कम नै जानकारी थियो । उनी चाहन्थिन् कि, सन्यासीले यहाँ काम गरोस् र रजनीशको मान्यताका हिसाबले एक नयाँ शहर स्थापित गरोस् । ह्यग भन्छन्, ‘मलाई लाग्छ कि, ओरेगन जाने निर्णय नै वास्तवमा गलत थियो । यो एक खराब छनौट थियो ।’ ओरेगनमा विवाद ओरेगनमा आश्रम स्थापना गर्नु स्थानीय कानुनको विरुद्धमा थियो । यद्यपी कानुन विपरित भएपनि शीला र उनका नजिकका व्यक्तिले ति सबै काम गरे, जो उनीहरुको योजना मुताविक थियो । यसमा स्थानिय व्यक्तिलाई दुखित तुल्याउनेदेखि खानामा विष मिलाउने प्रयाससम्म थियो । यही कारण सात सय ५० व्यक्ति बिरामी भए । यसले एक चुनावलाई प्रभावित बनायो । रजनीशका शिष्य दाबी गर्छन् कि, उनीहरुलाई स्थानिय अधिकारीले दुख दिए र उनीहरु कन्जर्भे्टिभ प्रशासनबाट प्रताडित भए । आश्रमको गतिविधि ह्यगका अनुसार आश्रमको लागि यी सबै समस्या स्वयम् आश्रमकै शिष्यले पैदा गरिरहेका थिए । किनभने उनीहरुलाई स्थानिय कानुनको परर्वाह थिएन । ह्यगका अनुसार सन् १९८२ अप्रिलमा आश्रमको गतिविधिमाथि शंका बढ्न थाल्यो । ओरेगन आश्रमको हेल्थ सेन्टरमा अस्टियोपेथीको हैसियतमा काम गरिरहेका ह्यग भन्छन्, ‘अब यो आश्रम प्रेम, दयामाय र ध्यान गर्ने स्थान बनिरहेको थिएन ।’ जुन सन्यासी यस आश्रम स्थापना गर्नका लागि हप्तामा ८० देखि १ सय घण्टासम्म काम गरिरहेका थिए, उनीहरु बिमार हुन थालेका थिए । ह्यगका अनुसार शीलाले यी बिमारी सन्यासीलाई उपचारको लागि जुन निर्देशन गरेकी थिइन्, त्यो एकदमै अमानविय थियो । ह्यगका अनुभव शीलाले भनिन् कि, यी सन्यासीलाई एक इन्जेक्सन दिएर काममा फिर्ता पठाइदिनु । अर्को पटक ह्यगका एक साथी नौका दुर्घटनाको शिकार भए । तर, उनलाई आफ्ना साथी हेर्नका लागि अनुमति दिइएन । काममा र्फकन भन्यो । ‘हामी राक्षसमा बदलिदै थियौं’ ह्यगले भनेका छन्, ‘मैले आफैलाईं सोधें कि, अब म यहाँ किन बस्ने ?’ ह्यगले नोभेम्बर १९८२ मा आश्रम छाडिदिए । उनले भने, ‘केही समयका लागि लाग्यो कि म खाली भएँ । म धेरै भ्रममा थिए । मैले आफैलाई सम्हाल्न सकिरहेको थिइन ।’ सामान्य जिन्दगीमा फर्कनका लागि ह्यगले एक अस्पतालमा ६ हप्ता बसेर परामर्श लिनुपर्ने अवस्था आयो । वाइल्ड वाइल्ड काउन्ट्री डकुमेन्ट्री ह्यगले एडिनबरामा केही समयसम्म अस्तियोपेथीको रुपमा काम गरे र लन्डन, म्युनिख अनि फेरी त्यहाँबाट क्यालिफोर्निया फर्किए । सन् १९८५ देखि ह्यग क्यालिफोर्नियामै बसिरहेका छन् । ह्यगले वृत्तचित्रमा देखाइएको कुरा उनले ओरेगन छाडेपछिको बताएका छन् । शीलाको गतिविधिको बारेमा ह्यगलाई पुरा जानकारी छैन । तर, शीला जे गरिरहेकी थिइन्, त्यसको बारेमा ओशोलाई सबैकुरा थाहा थियो ? ह्यग जवाफ दिन्छन्, ‘त्यसमा मलाई कुनै शंका छैन । ओशोलाई सबैकुरा थाहा थियो ।’ बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies