Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

यसरी गरियो राहतमा कालाेबजारी

काठमाडौं, भूकम्प पीडितका नाममा आएको राहत सामग्रीको दुरुपयोगबारे उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र सुरक्षा निकायबीच विवाद भएको केही दिनपछि नै ७० ट्रकभन्दा बढीको राहत सामग्रीको कालोबजारी भएको नयां तथ्य फेला परेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– त्यसैगरी ३ लाख पाल खरिद गर्न सरकारले छोटोसमयको सूचना जारी गरी प्रस्ताव आह्वान गरेकोमा व्यापारीको इन्ट्रेष्ट पूरा हुन नसक्दा विना निर्णय हालसम्म थन्क्याएको पाइएको छ । सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिल्ल कर्पोरेशनले ९ सय रुपैंया प्रतिगोटा दिनसक्ने प्रस्ताव गरेपछि महंगोमा किन्ने प्रस्तावहरुको इच्छा पूरा हुन नसक्दा पाल आयात अनिर्णित बनेको हो । उता,भन्सारबाट निशुल्क सामानको विवरण भर्दै ७० भन्दा बढी ट्रक सामान राजधानी काठमाडौं भित्र्याउंदा पनि बेखबर बनेको सरकारले गत बुधबार भारतबाट आएका दुईवटा ट्रक पक्राऊ गरेपछि अदृश्य व्यापारीले कालोबजारी गरिरहेको भन्दै अनुसन्धान शुरु गरेको छ । भन्सार कार्यालय भैरहवाको रेकर्डमा राहत सामग्री आएको भएपनि काठमाडौंको नाका थानकोट कटेपछि सरकारको कुनै पनि निकायमा ती सामग्रीको विवरण छैन । नयां दिल्लीस्थित संयुक्त अरब इमिरेट्स (युएई)को दूतावास, दुवईको रेडक्रस तथा दुबईका अमिरले पठाएको राहतका नामामा भित्र्याइएका ती सामग्री कुनै व्यापारीले लैजाने गरेको भए पनि ती व्यापारी को हुन् भन्ने यकिन जानकारी सरकारले दिएको छैन । बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब कमल भट्टराईले यसबारे अनुसन्धान भइरहेको बताएका छन् । प्राप्त कागजातअनुसार, आयात(निर्यात कोड नं ०।००००००६१ रहेको बिलमा सामान प्रँप्त गर्ने ‘नेपाल सरकार’ उल्लेख गरिएको छ । सो विवरणमा २४ सय प्याकेट खाद्य सामग्री रहेको जनाइएको छ । यसबारे बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले शनिवार बसेको मन्त्रिपरिषद् यसबारे ब्रिफिल्ल गर्दै प्रज्ञापन पत्र नै शंकास्पद रहेको जानकारी दिएका थिए । मन्त्रालयका अनुसार, युएई सरकार वा त्यहांको राजपरिवारले पठाएको राहत भए नेपाल सरकारलाई जानकारी आउनुपर्नेमा नआएको, त्यहांको रेडक्रशले पठाएको भए नेपालको रेडक्रशलाई आउनुपर्नेमा त्यसो नहुंदा राहतका नाममा तस्करी भइरहेकोमा अनुसन्धान गर्नु परेको हो । सामान लिन केही व्यक्ति आफूलाई दुबईका शेख हामदान विन जावेद अल नाहेनले पठाएको दावी गर्दै आए पनि कागजातमा त्यस्तो कुनै कुरा नखुलेकाले थप शंका भएको मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE