Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जनताको बस्ने बासको ब्यवस्था राज्यले गर्नुपर्छ–प्रचण्ड

काभ्रे । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले भूकम्पबाट पीडित जनताको घरबासको ब्यवस्थापन राज्यले गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले आज काभ्रेको भूकम्पबाट बढी प्रभावित ठाउ पाँचखाल नगरपालिका, गैह्रीविसौना देउपुर र बालुवापाटी देउपुर लगायतको ठाउँमा पुगेर स्थलगत अनुगमन गर्नुका साथै यहाँका पीडितहरुको समस्या राज्यबाट अहिलेसम्म उलपब्ध गराएका राहत पाउने र नपाएको लगायतका समस्याको वारेमा जानकारी लिएका थिए । पीडितहरुको समस्याको वारेमा जानकारी लिनुहँदै उहाँले अब भूकम्पबाट कसरी बच्ने भन्ने विषयमा जनता आफैले बुझ्नुपर्ने उल्लेख गर्दै पीडामा परेकाहरुको अस्थायी र दिर्घकालिन ब्यवस्था राज्यले गर्नुपर्ने बताएका हुन् । ‘तत्काल राज्यले गाँस र बासको ब्यवस्थापन गर्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले भने ‘त्यसको लागि मैले ब्यवस्थापिका संसदमा कुरा राख्नेछु ।’ उनले पछिल्लो चरणमा भूकम्प प्रभावित क्षेत्रको अुनगमन गरिसकेको उल्लेख गर्नुहुँदै कतिपय स्थानमा स्थानान्तरण गर्नुपर्ने समते बताए । उनले ९० सालको भूकम्प आउँदा जनता आफै पनि शिक्षित नभएको र त्यस वेलामा समय अनुसार जसोतसो जीउने आधार नर्मिाण गरेको भन्दै अबको ब्यवस्थापनको जिम्मा राज्ले लिनुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डसंग आफ्नो समस्या राख्दै काभ्रे जिल्लाको महावेदस्थान ९ र गैह्री विसौना देउपुर ३ का दनुवार समुदायले आफूहरुको बस्ने बास नभएको र माथिबाट ढुङ्गा खसेर जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा ब्यवस्थापन गर्न माग गररेका छन् । स्थानीयले भने ‘हामीलाई भूकम्पले बस्ने घर मात्रै भत्काएको छैन, बस्ने ठाउँ माथिबाट ढुङ्गा लडेर आउने भएकाले बस्न सक्ने अवस्थामा छैनौं ।’ स्थानीयहरुले सुरक्षित ठाउँमा बस्ने ब्यवस्थाको माग गरे । त्यस्तै गैह्री विसौना देउपुरको गैह्रिविसौना र डोटेल गाउँमा स्थानीयहरुसंग गरेको कुराकानीमा त्यहाँका पीडितहरुले बास बस्ने ब्यवस्थापनमा जोड दिदै तत्काल ब्यवस्थापन गर्न माग गरे । गाविस सचिव रविन्द्र तिमल्सिनाले गाउँको बासिन्दाहरलाई ब्यवस्थापन गर्न राज्यसंग तत्काल ब्यवस्थापनको लागि माग गर्न आग्रह गरे । उक्त गाविसमा भूकम्पबाट २१ जनाको ज्यान गएको छ भने १ सय ६० जना घाईते भएका छन् । त्यस्तै १२ सय घर पूर्ण क्षति र ८५ घर आंशिक क्षति भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy