Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भूकम्प पीडित सशस्त्र प्रहरीलाई ४० करोडको प्याकेज

काठमाडौं, सशस्त्र प्रहरी बलले भूकम्पबाट पीडित तथा घरबारवारविहिन हुन पुगेका  सशस्त्र प्रहरी पुनर्वासको लागि ४० करोडको कल्याणकारी प्याकेज घोषणा गरेको छ ।  प्याकेजमा हाल राहतस्वरुप करीव ३० करोड रकम पछि फिर्ता गर्नु नपर्ने गरी पीडित सशस्त्र प्रहरी कर्मचारीलाई नगदै वितरण गर्ने तथा कम्तीमा थप १० करोड रुपैयाँको विपत्ती राहत कोष स्थापना गरी आगामी दिनमा विपत्तीमा पर्नसक्ने सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम प्रदान गर्ने घोषणा गरेको छ । यो वाहेक न्यूनतम ब्याजदरमा दामासाहीले साँढे दुई लाख रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म ऋण सहयोग गर्ने, बीमा रकम अबिलम्ब उपलब्ध गराउने, पीडित सशस्त्र प्रहरी कर्मचारीलाई दामासाहीले विना ब्याजमा एक महिनाको तलब बराबरको रकम सापटी स्वरुप प्रदान गर्ने, मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका एक जना सन्ततीलाई १२ कक्षा अध्ययन गरुञ्जेलसम्म छात्रवृत्ति प्रदान गर्ने, भूकम्प प्रतिरोधात्मक घर बनाउन सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराउने, घरपायक सरुवा, काज तथा लामो विदाको व्यवस्था गर्ने, उद्धार कार्यमा उत्कृष्ट योगदान पु¥याउने सशस्त्र प्रहरी कर्मचारीको योगदानको उच्च मूल्यांकन गरी पुरस्कृत गर्नेलगायतका विभिन्न कल्याणकारी प्याकेज घोषणा गरिएको छ । घोषित कल्याणकारी कार्यक्रममा भूकम्पबाट घरविहिन हुन पुगेका सशस्त्र प्रहरी कर्मचारीलाई बसोबासको व्यवस्थामा सहयोग पु¥याउन सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा घोषणा गरिएको रकम मध्ये करीव ३० करोड रुपैयाँ भूकम्पबाट पूर्णरुपमा घर भत्किएर घरविहिन हुन पुगेका सशस्त्र प्रहरी कर्मचारी तथा आधाजसो घर भत्किएर क्षति व्यहोर्नु परेका सशस्त्र प्रहरी कर्मचारी एवं अझै कम क्षति भएका सशस्त्र प्रहरी कर्मचारीलाई पछि  फिर्ता गर्नु नपर्ने गरी यथासिघ्र नगदै सहयोग प्रदान गरिनेछ  । भूकम्पले क्षति व्यहोरेका सशस्त्र प्रहरी कर्मचारीलाई  सहयोग पु¥याउन सशस्त्र प्रहरी बलले ल्याएको यस नविन योजनालाई ‘हात बढाउ, साथी जोगाउ’ कार्यक्रम नाम दिइएको छ । यस योजना अन्तर्गत पुरै घर क्षति भई बास उठ्न लागेका सशस्त्र प्रहरी कर्मचारीलाई एक दरको रकम तथा कम क्षति व्यहोरेका सशस्त्र प्रहरी कर्मचारीलाई त्योभन्दा कम दरको रकम दामासाहीले नगदै सहयोग प्रदान गरिनेछ । यस कार्यक्रमबाट करीव ३० करोड रकम वितरण गरी कम्तीमा १० करोड रकमको ‘विपत्ती राहत कोष’ स्थापना गरेर आगामी दिनमा हुनसक्ने विपत्ती पीडित सशस्त्र प्रहरी कर्मचारीलाई आर्थिक सहयोग पु¥याउने कुरा समेत यसै नविन योजनामा समेटिएको छ । यस कार्यक्रमको लागि सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले दुई वर्षसम्म दैनिक १० रुपैयाँका दरले सहयोग पु¥याइनेछ । भूकम्पबाट घरवारविहिन भएका तथा घरको क्षति भएका सशस्त्र प्रहरी कर्मचारीलाई राहत पु¥याउने अभिप्रायले यस नविन योजनामा सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले यो रकम वाहेक न्यूनतम ब्याजदरमा पाँच वर्षिय किस्तामा भुक्तान हुनेगरी ऋण सहयोग समेत प्रदान गर्नेछ । ऋण सहयोग साँढे दुई लाख रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म दामासाहीले प्रदान गरिनेछ । यसको लागि थप केही रकम समेत छुट्याइएको छ । बसोबासमै समस्या भोग्नु पर्ने अवस्थामा रहेका सशस्त्र प्रहरी कर्मचारीलाई लक्षित गरी यो नविन योजना ल्याइएको हो । समान क्षतिलाई समान रकम उपलब्ध गराउने सशस्त्र प्रहरी बलको सोच रहेको छ । यस योजनाबाट भूकम्प पीडित सशस्त्र प्रहरी कर्मचारीलाई प्रत्यक्ष राहत पुग्ने र उनीहरुको पुनस्र्थापनामा सहयोग पुग्ने संगठनको विश्वास रहेको छ । यसैगरी घोषित यस नविन कल्याणकारी योजनामा हालै गएको भूकम्पमा परी दिवंगत भएका सशस्त्र प्रहरी कर्मचारीका एकजना सन्ततीलाई १२ कक्षा अध्ययन गरुञ्जेलसम्म कल्याणकारी सेवा केन्द्रले वार्षिक २४ हजार रुपैयाँको दरले छात्रवृत्ति स्वरुप नगद रकम प्रदान गर्नेछ । भूकम्पमा परी घरवार विहिन भएका सशस्त्र प्रहरी कर्मचारीलाई उसको आवश्यकता अनुसारको पक्की घर अथवा ढुंगाको घर वा माटोको घर बनाउँदा सो घरलाई भूकम्प प्रतिरोधात्मक आवास बनाउन संगठनका प्राविधिज्ञहरुबाट सहयोग हुनेछ । यसैगरी भूकम्पबाट पीडित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नो घरायसी समस्या समाधान तथा व्यवहार मिलाउन सम्भव भएसम्मको नजिकको एपीएफ इकाईमा सरुवा, काज तथा सरकारी काममा बाधा नपर्ने गरी लामो अवधिको घरविदा उपलब्ध गराई सहयोग पु¥याइने छ । पीडित सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्र मार्फत गरिएको निर्जिवन दुर्घटना बीमा वापतको रकम अबिलम्ब प्राप्त हुने व्यवस्था मिलाइएको ससस्त्र प्रहरी बल सुचना शाखाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies