Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

ट्रम्पसँग हात मिलाउँदै किमले भनेः नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता समाप्त भएको छ । भेटवार्ता सकिएपछि किमले ट्रम्पलार्इ अंग्रेजीमा भने, ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ । सिंगापुरको स्यान्टोसा द्वीपमा अवस्थित क्यापेला होटलमा भएको यो भेटवार्ता करिब ५० मिनेटसम्म चलेको थियो । अहिले दुवै नेता आफ्ना देशका वरिष्ठ सलाहकार र सहयोगी दलसँग बैठक गरिरहेका छन् । एकान्त वार्ता अत्यन्त कटुतापूर्ण सम्बन्ध रहेका यी दुई मुलुकका राष्ट्राध्यक्षहरूको पहिलोपटक भएको यो वार्तालाई द्वीपक्षीयमात्र नभइ विश्वलाई नै प्रभाव पार्ने ऐतिहासिक घटनाका रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभरेज गरेका छन् । एकान्त वार्ता सकेर बाहिर निस्कँदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्ले वार्ता ‘अतिउत्तम’ भएको प्रतिक्रिया दिएको अलजजिराले उल्लेख गरेको छ । ट्रम्ले राष्ट्रपति किमसँग ‘उत्कृष्ट सम्बन्ध बनेको’ उल्लेख गर्दै ट्रम्पले बैठकलाई ‘भेरी भेरी गुड’ भनेको अलजजिराले जनाएको छ । निजी वार्ता सकिएलगत्तै ट्रम्प र किम द्वीपक्षीय वार्ताहरूमा सहभागी भएका छन् । राष्ट्रपति किमले ‘शान्तिको बिहानी सुरु भएको’ प्रतिक्रिया दिँदै ‘विगतलाई बिर्सिएको’ बताएको समाचारमा उल्लेख छ । राष्ट्रपति ट्रम्पले भनेका छन् ‘हामी सफल हुनेछौँ ।’ ऐतिहासिक भेट भेटलगत्तै करिब १२ मिनेटजति हात मिलाएका राष्ट्रपति ट्रम्प र किमले पत्रकारका प्रश्नको संक्षिप्त जवाफ दिएका थिए । सुरुमा बोलेका ट्रम्पले भनेका थिए, ‘यो मेरो अहोभाग्य हो । हामीबीचको सम्बन्ध गज्जबको रहनेछ, यसमा मलाई कुनै शंका छैन ।’ ट्रम्पले जवाफ दिएलगत्तै किमले आफ्नो धारणा राखेका थिए । उनले भने, ‘यहाँसम्म आइपुग्न हामीलाई सहज भएन। पुराना पूर्वाग्रहहरू र अभ्यासहरू हाम्रो यो यात्रामा अवरोधक बने। तर हामीले ती सबैलाई पन्छायौँ र आज हामी यहाँ छौँ ।’ राष्ट्रपति किमको भनाईमा सही थाप्दै ट्रम्पले भनेका थिए, ‘द्‍याट्स् ट्रु ।’ द्वीपक्षीय वार्ता अमेरिकाको तर्फबाट यस बैठकमा राष्ट्रपति ट्रम्पसँगै विदेश मम्त्री माइक पोम्पियो, व्हाइट हाउसका चीफ अफ स्टाफ जोन कैली र सुरक्षा सलाहकार जोन बोल्टन रहेका छन् । अर्कातर्फ उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग उनका सबैभन्दा निकट सहयोगी किम योङ्ग चोल रहेका छन् । यसका साथै विदेश मन्त्री री योन्ग हो र पूर्व विदेश मन्त्री री सु योङ्ग पनि रहेका छन् । दुवैले आपसमा हात मिलाएर ऐतिहासिक भेटवार्ता सुरू गरेका थिए । होटलको लाइब्रेरी दुर्इजनाबीच वार्ताका लागि जानुअघि दुवै नेताले एक छोटो पत्रकार सम्मेलन गरे । यस क्रममा डोनल्ड ट्रम्पले भने, ‘म धेरै राम्रो महसुस गरिरहेको छु । हामीबीच शानदार वार्ता हुनेवाला छ र मलार्इ लाग्छ यो वार्ता जबरजस्त रूपमा सफल हुनेछ । यो मेरा लागि धेरै सम्मानजनक हो र यो वार्ताले हामीबीच धेरै उत्कृष्ट सम्बन्ध स्थापित गर्छ भन्नेमा कुनै दुर्इ मत र शंका छैन ।’ किम जोङ्ग उनसँ भेट गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीट गरेका थिए । जसमा यस बैठकलार्इ लिएर उनी आफैँ आशंकामा रहेको देखिन्थ्यो । ट्रम्ले लेखेका थिए, ‘दुर्इ पक्षका सदस्यहरूबीच सबै कुरा राम्रो चलिरहेको छ। तर यसले मात्रै सबै कुरामा अर्थ राख्दैन । यो भेटवार्ताले कुनै असल सम्झौता हुन सक्छ या सक्दैन चाँडै पत्ता लाग्नेछ ।’ आशंका एक ठाउँमा छ तर विश्वभर यो वार्ताले उत्साह जगाएको छ । विश्वका धेरै मानिसले एक अर्कालार्इ १८ महिनासम्म आक्रमणको धम्की दिइरहेका दुर्इ देश मिलेर शान्ति स्थापना अघि बढेको हेर्न चाहेका छन् । यसैका लागि जब हिजो किम जोङ्ग उन सिंगापुरमा घुमिरहेका थिए, त्यो बेला सिंगापुरमा मात्रै नभएर विश्वभरले बेग्लै खालको उत्साहको माहोल ल्याएको थियो । किमले पनि सिंगापुरबासीलार्इ निराश बनाएनन्, उनले मुस्कुराउँदै हात हल्लाएर सिंगापुरबासीलार्इ अभिवादन गरे । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यस भेटवार्तालार्इ शान्ति कायम गर्ने एक गतिलो अवसरका रूपमा लिइरहेका छन् । अर्कातिर विश्वसँग पुरै अलग रहन बाध्य उर कोरियाका लागि यो बाँकी विश्वसँग जोडिने एक सुवर्ण अवसर सावित भएको छ । यस भेटवार्तामा परमाणु कार्यक्रममा वार्ता हुँदैछ । अमेरिकाले उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गराउने कामका लागि यो वार्ताले ढोका खोल्ने विश्वास लिएको छ । अर्कातिर उत्तर कोरियाले आफू परमाणु कार्यक्रम बन्द गर्न तयार भए पनि यसलार्इ सम्भव बनाउने उपाय अझै सुल्झि नसकेको जनाएको छ । परमाणु कार्यक्रम बन्द गर्ने शर्तमा उत्तर कोरियाले अमेरिकासँग राख्ने शर्तबारे पनि केही खुलेको छैन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले दुवै नेताको भेटलार्इ एक सार्थक पहल बताउँदै दुवै नेता अघिल्लो साल बढेको तनाव कम गर्न अग्रसर भएकोमा खुसी व्यक् गरे । दुवैको लक्ष्य अब शान्ति स्थापना हुनुपर्ने उनले बताए । उनले गत महिना दुवै नेतालार्इ शान्ति कायम गर्न पत्र लेखेको स्मरण गर्दै यो बाटोबाट सहयोग, त्याग र एक उद्देश्यमा पुगिने बताए । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले दुवै नेताको भेटलार्इ सम्भावनाले भरिएको बताए । पोम्पियोले राष्ट्रपति ट्रम्प यस वार्ताका लागि पुरा तयार भएर सिंगापुर पुगेको बताउँदै यसलार्इ सार्थक नतिजामा पुर्याउन अमेरिका तयार रहेको पनि स्पषट पारे । किमको सम्दर्भमा जानकारहरूका अनुसार उनी आफ्नो ध्यान देशको अर्थव्यवस्थामा लगाउन चाहन्छन् । यसका लागि उनी सबैभन्दा पहिले आफ्नो देशमा लगाइएको अन्तराष्ट्रिय प्रतिबन्ध हटोस भन्ने पक्षमा उनको जोड छ । उत्तर कोरियामा अन्तरराष्ट्रिय लगानीको ढोका खोल्न पनि यो वार्ता महत्वपूर्ण रहेको छ । सबैभन्दा अहम कुरा भनेको यो वार्तापछि के उत्तर कोरियाले परमाणु कार्यक्रमलार्इ पुरै त्याग्ला ? अमेरिकाले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउला ? विश्वका सबैभन्दा धेरै सैनिक केन्द्रित भएको कोरियाली प्रायद्वीपमा शान्तिका लागि यो वार्ता कोशेढुंगा सावित हुने विश्वासमा विश्वसमुदाय अहिले सिंगापुरमा अडिएको छ । बीबीसी हिन्दी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy