Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

अनि स्वीकारे किमले वाशिङटन भ्रमणमा ट्रम्पको निम्तो

उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ-अनले स्वीकार गरेको जनाएको छ ।

सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए । किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ । वाशिङटनस्थित हाम्रा संवाददाता भन्छन्, भ्रमणको निम्तोका समर्थकहरूको विश्वास छ- यो दुई देशबीचको सम्बन्ध थप विकसित गर्ने अवसर हो । तर केही आलोचकहरूको चिन्ता छ- त्यो उत्तर कोरियाली नेताका लागि प्रचारबाजीको अर्को मौका हुनेछ । दुवै नेताले प्रशन्नतापूर्वक एक अर्काको निम्तो स्वीकारेको केसीएनएले जनाएको छ । शिखर बैठकपछि पहिलो पटक प्रकाशित किमको प्रतिक्रियाको एक अर्कालाई उत्तेजित बनाउने र शत्रुतापूर्ण देखिने किसिमका सैन्य गतिविधि तत्कालै रोकिनुपर्ने बताएका छन् । उनले दुवै देशले वैमनस्य उत्पन्न नगराउने प्रतिबद्धता जनाउनुपर्ने र त्यसलाई सुनिश्चित गर्न कानूनी र संरचनागत कदमहरू चाल्नुपर्ने धारणा पनि राखेको केसीएनएले जनाएको छ । युद्ध खेल पनि भनिने अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास दक्षिण कोरियामा स्थानीय फौज र त्यहाँ तैनाथ अमेरिकी सैनिकको संलग्नतामा आयोजना हुने गरेको छ । दक्षिण कोरियामा झण्डै ३० हजार अमेरिकी फौज तैनाथ छन् र प्रशान्त माहासागरको गुवाममा अवस्थित सैनिक अखडाबाट समेत ठूलो स्तरको अभ्यासका लागि अमेरिकी फौज झिकाउने गरिएको छ। उत्तर कोरियाले त्यसलाई आफूविरुद्ध हमला गर्ने तयारीका रूपमा व्याख्या गर्ने गरेको छ भने सोलले त्यो प्रतिरक्षात्मक प्रकृतिको अभ्यास भएको उल्लेख गर्ने गरेको छ । राष्ट्रपति ट्रम्पले ती अभ्यास रद्द गर्दा ठूलो परिमाणमा रकम जोगिने बताएका छन् । तर उनले उत्तर कोरियाले सहकार्य नगरे ती अभ्यासहरू पुन: शुरू गरिने चेतावनी दिएका छन् । ट्रम्पको किमसँगको ऐतिहासिक भेटवार्ताको विश्वभरिबाट सावधानीपूर्वक स्वागत भइरहेको छ । बैठकमा जनाइएका केही प्रतिबद्धताहरूको आलोचना पनि भइरहेको छ । शिखर बैठकले शान्ति र सहकार्यको एउटा नयाँ अध्याय शुरू गरेको दक्षिण कोरियाले प्रतिक्रिया दिएको छ । यद्यपि अमेरिकी सेनासँग आफ्नो सेनाले गर्दै आएको संयुक्त अभ्यास रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई दक्षिण कोरियाले आश्चर्यजनक रूपमा लिएको देखिन्छ । वार्ताले उत्तर कोरियाविरूद्धको प्रतिबन्ध खुकुलो पार्न बाटो खोल्न सक्ने चीनले प्रतिक्रिया दिएको छ । मंगलवारको सहमतिपत्रमा निरस्त्रीकरणबारे आधापृष्ठ लामो प्रतिबद्धता जनाइएको छ । अस्त्रहरू त्यागेको बदलामा उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरिने उल्लेख गरिएको छ । तर त्यो प्रक्रिया कसरी हासिल गरिने छ अथवा त्यसको प्रमाणीकरण कसरी गरिने छ भन्ने कुरा स्पष्ट छैन । ट्रम्पले आफ्नो भित्री मनले भनेको कुरामा आफूलाई विश्वास लागेको भन्दै किमले सहमतिको पालना गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्योङयाङ र वाशिङटनबीच आउने हप्ताहरूमा थप छलफल हुने अपेक्षा गरिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending