विश्वकप फुटबलः आजको खेलमा यी तीन खेलाडी चम्किन सक्छन्
आषाढ़ ४ गते, २०७५ सोमवार 18th June, 2018 Mon११:०३:४८ मा प्रकाशित
मस्को । रसियामा जारी विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा दक्षिण कोरिया र स्वीडेनबिच प्रतिस्पर्धा हुने छ ।
यस्तै, दोस्रो खेलमा बलियो टिम बेल्जियम र पानामा भीड्ने छन्, भने सोमबारको अन्तिम खेलमा ट्युनिसियाले इंग्ल्याण्डको सामना गर्नेछ ।
यी तीन खेलबाट आज को चम्किन सक्छन् यसबारे अनुमान गर्न थालिएको छ । विशेष गरी आजको खेलमा इर्डन हजार्ड, ह्यारी केन र होङ चोलमा सबैको नजर जाने छ । किनकी उनीहरु अन्य खेलाडीभन्दा उत्कृष्ट मानिन्छन् ।
इर्डन हजार्ड बेल्जियम
गत सिजनमा चेल्सीले प्रिमियर लिग उपाधि रक्षा गर्न नसके पनि व्यक्तिगत प्रदर्शनमा बेल्जियमका स्ट्राइकर इर्डन हजार्डको फर्ममा कमी आएन । उनले सक्दो चेल्सीका लागि गोल गरे ।
हजार्डको अवको चुनौती विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु हो । हजार्डले अहिलेसम्म ८६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले २२ गोल गरे ।
२७ वर्षीय हजार्डले गत संस्करणको विश्वकपमा ५ खेल खेल्दा एक गोल पनि गर्न सकेनन् । तर, विश्वकप छनोटमा भने उनले ८ खेलमा ६ गोल गर्नुका साथै ५ पटक गोलका लागि एसिस्ट गरे । यसैकारण हेजार्ड बेल्जियमका प्रभावकारी खेलाडी बन्न सक्छन् ।
ह्यारी केन स्ट्राइकर, इंग्ल्यान्ड
स्पेनिस क्लब रियल म्याड्रिडको नजर इंग्लिस स्ट्राइकर ह्यारी केनमाथि छ । टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्ने केनले गत सिजनमा ३७ खेलमा ३० गोल गरेका थिए । उनले दुईपटक गोलका लागि एसिस्ट पनि गरे ।
उत्कृष्ट फर्ममा रहेका केनको काँधमा इंग्लिस टोली छ । सन् १९६६ पछि विश्व च्याम्पियन बन्ने सपना बोकेको इंग्ल्यान्डको भाग्य केनको प्रदर्शनमा पनि टिकेको छ ।
केनले प्रिमियर लिगमा जस्तै प्रदर्शन दोहो¥याएमा इंग्ल्यान्ड अगाडि बढ्न सक्छ । केनले २४ अन्तर्राष्ट्रिय खेलमा १३ गोल गरेका छन् । डिबक्सभित्र र बाहिर सबै कुनाबाट उनी
गोल गर्न सक्छन् ।
होङ चोल दक्षिण कोरिया, डिफेन्डर
होङ चोलसँग त्यति धेरै अन्तर्राष्ट्रिय खेलको अनुभव छैन । तर, उनले पाएको जिम्मेवारी राम्ररी निर्वाह गर्न सक्छन् । यद्यपि, खास भूमिका डिफेन्डर भए पनि होङ लेफ्ट विंगरबाट प्रतिस्पर्धा गर्न सक्छन् ।
दक्षिण कोरियाको अनिवार्य सैनिक सेवा अवधि नसकिएकाले होङ राष्ट्रिय टोलीले बोलाउँदा मात्र व्यस्त हुने गर्छन् । सन् २०११ देखि राष्ट्रिय टोलीमा प्रवेश गरेका उनले अहिलेसम्म १४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यु–२३ का लागि एकपटक उनले गोल गरेका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: