Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

विश्वकप फुटबलः आजको खेलमा यी तीन खेलाडी चम्किन सक्छन्

मस्को । रसियामा जारी विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा दक्षिण कोरिया र स्वीडेनबिच प्रतिस्पर्धा हुने छ । यस्तै, दोस्रो खेलमा बलियो टिम बेल्जियम र पानामा भीड्ने छन्, भने सोमबारको अन्तिम खेलमा ट्युनिसियाले इंग्ल्याण्डको सामना गर्नेछ । यी तीन खेलबाट आज को चम्किन सक्छन् यसबारे अनुमान गर्न थालिएको छ । विशेष गरी आजको खेलमा इर्डन हजार्ड, ह्यारी केन र होङ चोलमा सबैको नजर जाने छ । किनकी उनीहरु अन्य खेलाडीभन्दा उत्कृष्ट मानिन्छन् । इर्डन हजार्ड बेल्जियम गत सिजनमा चेल्सीले प्रिमियर लिग उपाधि रक्षा गर्न नसके पनि व्यक्तिगत प्रदर्शनमा बेल्जियमका स्ट्राइकर इर्डन हजार्डको फर्ममा कमी आएन । उनले सक्दो चेल्सीका लागि गोल गरे । हजार्डको अवको चुनौती विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु हो । हजार्डले अहिलेसम्म ८६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले २२ गोल गरे । २७ वर्षीय हजार्डले गत संस्करणको विश्वकपमा ५ खेल खेल्दा एक गोल पनि गर्न सकेनन् । तर, विश्वकप छनोटमा भने उनले ८ खेलमा ६ गोल गर्नुका साथै ५ पटक गोलका लागि एसिस्ट गरे । यसैकारण हेजार्ड बेल्जियमका प्रभावकारी खेलाडी बन्न सक्छन् । ह्यारी केन स्ट्राइकर, इंग्ल्यान्ड स्पेनिस क्लब रियल म्याड्रिडको नजर इंग्लिस स्ट्राइकर ह्यारी केनमाथि छ । टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्ने केनले गत सिजनमा ३७ खेलमा ३० गोल गरेका थिए । उनले दुईपटक गोलका लागि एसिस्ट पनि गरे । उत्कृष्ट फर्ममा रहेका केनको काँधमा इंग्लिस टोली छ । सन् १९६६ पछि विश्व च्याम्पियन बन्ने सपना बोकेको इंग्ल्यान्डको भाग्य केनको प्रदर्शनमा पनि टिकेको छ । केनले प्रिमियर लिगमा जस्तै प्रदर्शन दोहो¥याएमा इंग्ल्यान्ड अगाडि बढ्न सक्छ । केनले २४ अन्तर्राष्ट्रिय खेलमा १३ गोल गरेका छन् । डिबक्सभित्र र बाहिर सबै कुनाबाट उनी गोल गर्न सक्छन् । होङ चोल दक्षिण कोरिया, डिफेन्डर होङ चोलसँग त्यति धेरै अन्तर्राष्ट्रिय खेलको अनुभव छैन । तर, उनले पाएको जिम्मेवारी राम्ररी निर्वाह गर्न सक्छन् । यद्यपि, खास भूमिका डिफेन्डर भए पनि होङ लेफ्ट विंगरबाट प्रतिस्पर्धा गर्न सक्छन् । दक्षिण कोरियाको अनिवार्य सैनिक सेवा अवधि नसकिएकाले होङ राष्ट्रिय टोलीले बोलाउँदा मात्र व्यस्त हुने गर्छन् । सन् २०११ देखि राष्ट्रिय टोलीमा प्रवेश गरेका उनले अहिलेसम्म १४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यु–२३ का लागि एकपटक उनले गोल गरेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending