विश्वमा जम्मा ६ वटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला बैंक-खातावाल धेरै छन् । ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया, फ्रान्स, मंगोलिया तथा फिलिपिन्स ।
विश्व बैंकको पछिल्लो प्रतिवेदन- ग्लोबल फाइन्डडेक्समा १४० भन्दा धेरै देशहरूमा वयस्कहरू बैंक खातामाथि कसरी पहुँच कायम गर्छन्, कसरी पैसा तिर्छन्, बचत, सापटी तथा जोखिम कसरी व्यस्थापन गर्छन् भन्ने अध्ययन गरिएको थियो । ५० करोडभन्दा धेरै वयस्कहरू वा ६९ प्रतिशत वयस्कहरूसँग \"बैंक खाता\" छ वा मोबाइलबाट पैसा तिर्ने वा अन्य बैंक सुविधा लिनसक्छन् । सन् २०११ मा यो आँकडा ५१ प्रतिशतमा थियो । तर यो प्रतिवेदनअनुसार महिलाहरू पुरुषभन्दा पछाडि नै परिरहेका छन् । ७२ प्रतिशत पुरुषसँग बैंक खाता छ र त्यसको तुलनामा ६५ प्रतिशत महिलासँग मात्र बैंक खाता छ । महिला र पुरुषबीच सात प्रतिशतको फरक देखिएको छ जुन सन् २०११ देखि परिवर्तन भएको छैन । धेरै देशहरूमा महिला तथा पुरुषबीचको अन्तर कम हुँदै गएपनि यस्तो देखिएको हो । उदाहरणका लागि भारतमा ८३ प्रतिशत पुरुष अनि ७७ प्रतिशत महिलासँग बैंक खाता छ । सन् १०१४ मा २० प्रतिशत रहेकोमा महिला-पुरुषको अन्तर अहिले छ प्रतिशतले झरेको छ । यूरोप, दक्षिण अमेरिका तथा एसियाका यी छ फरक देशहरू कसरी लैङ्गिक प्रवृत्तिको फरक धारमा उभिएका छन् त ? विश्व बैंककी अग्रणी अर्थविद् लिओरा क्लापरले केही सङ्केतहरू प्रस्तुत गरेकी छिन् । फिलिपिन्सको हकमा, डा. क्लापरले बताइन्, \"विदेश गएर महिलाहरू धेरै काम गर्ने देखिएको छ र उनीहरूको बैंक खाता पनि छ किनकि रेमिट्यान्समार्फत् घर पैसा पठाउन तथा घरायसी खर्च चलाउन त्यो आवश्यक छ\"। यी ६ वटै देशमा (लाओसको अपवाद छाडेर) सरकारी कार्यक्रमअन्तर्गत पुरुषले भन्दा महिलाले नगद पठाउँदा केही रकम पाउने गर्छन् । मंगोलियामा ४३ प्रतिशत महिलाले त्यस्तो माध्यमबाट पैसा पाउने गर्छन् जबकि २४ प्रतिशत पुरुषले मात्र त्यहाँ त्यसरी पैसा पाउँछन् । इण्डोनेसियामा \"सक्रिय\" बैंक खाताहरूमा त्यस्तो उल्लेख्य लैङ्गिक असमानता छैन वा ती खाताहरू गएको वर्ष कम्तीमा एकपटक पैसा जम्मा गराउन वा निकाल्न प्रयोग भएको छ । भन्नुपर्दा, कुनै एउटा समयमा, सरकारी कार्यक्रमअन्तर्गत महिलाले उनीहरूको खातामार्फत् पैसा पाएका छन् तर पूरै रकम पाइसकेपछि उनीहरूले अन्य प्रयोजनका लागि आफ्नो बैंक खाता प्रयोग गर्न बन्द गरे । तर फिलिपिन्स अपवाद हो । त्यो देशबाहेक अन्य कुनै देश छैन जहाँ पुरुषको तुलनामा महिलासँग \"सक्रिय\" बैंक खाता हुनसक्छ । भारतले, उदाहरणका लागि, ब्याङ्क खाता खोल्ने विषयमा लैङ्गिक अन्तरलाई मेट्न सकेको छ तर आधाभन्दा धेरै महिलाका खाताहरू \"निष्क्रिय\" छन् । डा. क्लापर भन्छिन्, \"त्यसैले भारतलाई लिएर कडा चुनौती भनेको महिलाले प्रयोग गर्ने वित्तीय उत्पादनहरूको डिजाइन गर्नु हो ।\" बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: