Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सहकारीको जिम्मा स्थानीय तहलाई

डोल्पा । जिल्लाका सम्पूर्ण सहकारी संस्थाको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ । डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा आज सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतका लागि अभिमुखीकरण एवं अभिलेख हस्तान्तरण कार्यक्रममार्फत जिल्लाका ५३ सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई बुझाइएको हो । जिल्लाका आठवटा स्थानीय तहमध्ये सातवटा तहमा मात्रै सहकारी संस्था रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकामा १९, ठूलीभेरी नगरपालिकामा २०, मुड्केचुला गाउँपालिकामा पाँच, जगदुल्ला गाउँपालिकामा चार, शेफोक्सुन्डो गाउँपालिकामा दुई, छार्काताङ्सोङ गाउँपालिकामा एक, काइके गाउँपालिकामा दुई सहकारी रहेका छन् भने डोल्पो बुद्ध गाउँपालिकामा एउटा पनि संस्था छैन । अभिमुखीकरण तथा अभिलेख हस्तान्तरण कार्यक्रममा सहकारी भएका सातवटा स्थानीय तहमध्ये काइके गाउँपालिकाका प्रमुख आफँै उपस्थित भएका थिए भने त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला, मुड्केचुलालगायतका स्थानीय तहबाट प्रमुख तथा उपप्रमुखको उपस्थिति नभई प्रतिनिधिमात्रै उपस्थित थिए । सहकारीसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम विशेषगरी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि उपलब्धिमूलक भए पनि उनीहरुकै न्यून उपस्थिति रहेको पाइएको छ । यसअघि सहकारी दर्ताका लागि हप्तौँदिन बिसौँ हजार रकम खर्च गरेर जुम्लामै पुग्नु पथ्र्यो भने अब सहकारी दर्ता, खारेजी, अभिलेख राख्नेलगायतका सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ । कर्णालीका पाँचवटै जिल्लाका सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय जुम्लाका द्रोणराज आचार्यले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending