Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

कोस्टाको गोलमा इरानमाथि स्पेनको जित

विश्वकपको बलियो टोलीका रुपमा हेरिएको स्पेनले एसियाली टोली इरानविरुद्ध कठिन जित दर्ता गरेको छ । पोर्चुगलले मोरक्कोलाई हराएछि जित्नै पर्ने दबाबमा रहेको स्पेनले इरानलाई १–० को झिनो अन्तरले हराएको हो । पहिलो खेलमा मोरक्कोलाई हराएको इरानलाई पराजित गर्ने क्रममा स्पेनका लागि खेलको ५४ औँ मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरे । समूह बी को पहिलो खेलमा पोर्चुगलविरुद्ध २ गोल गरेका कोस्टाले इरानविरुद्ध पनि गोल गर्न सफल भएका हुन् । पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा स्पेनका लागि कोस्टाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । इरानले खेलको ६१ औँ मिनेटमा गरेको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीेले अफ साइड देखाउँदै मान्यता नदिएपछि इरान चुकचुकाउन बाध्य भयो । यो जितपछि स्पेनले २ खेलबाट पोर्चुगलसँगै समान ४ अंक बनाएको छ । यो समूहबाट अन्तिम १६ मा पुग्ने टिमको छिनोफानो अन्तिम अर्थात् तेस्रो खेलबाट हुने भएको छ । पोर्चुगल र स्पेनले २ खेलबाट समान चार अंक जोडेको अवस्थामा इरानले २ खेलबाट ३ अंक बटुलेको छ । यस्तोमा अब अन्तिम खेलमा इरानले पोर्चुगलसँग खेल्नेछ । यदि इरानले पोर्चुगललाई पराजित गरेमा ६ अंक बनाउँदै अन्तिम १६ मा पुग्नेछ । अर्कातिर पोर्चुगल भने अन्तिम खेलमा बराबरी खेले मात्रै पनि अन्तिम १६ को टिकट काट्नेछ । अर्कातिर स्पेनले पनि अगाडि बढ्न अन्तिम खेलमा मोरक्कोलाई बराबरीमा रोके पनि पर्याप्त हुनेछ । ​एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies