Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यसरी भूकम्पपिडितको साथमा छ अखिल क्रान्तिकारीः <br>रमेश मल्लको बयान

सडकसघर्षमा ह्वात्त निक्लिहाल्ने स्वभाव विद्यार्थी संगठनहरुको स्वभाव हुन्छ । गत महिनाको १२ गते आएको विनाशकारी भूकम्पपछि विद्यार्थी संगठनहरु के गर्दैछन् त ? सडकमा जस्तै उद्धार तथा राहतमा उनिहरु लागे की लागेनन् ? यो आम चासोको विषय हो । खबरडबलीले अखिल क्रान्तिकारीका संयोजक रमेश मल्ललाई ‘आजकाल तपाईको संगठनले के गर्दैछ ?’ भनेर छड्के हानेको थियो । प्रस्तुत छ खबरडबलीसँग मल्लले दिएको बयानको सम्पादित अंश–सम्पादक बैशाख १२ गतेको घटना अकल्पनीय कुरा थियो । कल्पना गर्ने कुरै थिएन । धरहरा ढलेपछि खबर आयो । ‘दरबार हाइस्कुलको भित्तो लडेर बीर अस्पतालको छेउमा मान्छे मरेको छ ।’ धेरै अस्त व्यस्त छन् भन्ने खबर आयो । मेरो दिमागमा यस्तो बेलामा पहल लिने कुरा आयो । उद्धारमा खट्नुपर्छ भन्ने पनि आयो । [caption id=\"attachment_19213\" align=\"alignleft\" width=\"300\"]\"akhil\" चण्डेश्वरि उमावि तुप्चे लगाएतका विद्यालयको अस्थायी संरचना र जनताका अस्थायी आवास निर्माण गर्दै ।[/caption] फेसबुकमा ‘भूकम्पले धरहरा ढल्यो अब उद्धारमा लाग्नु पर्छ’ भनेर स्ट्याटस लेखेँ । धेरै साथीहरुलाई फोन गरेँ । धेरै साथीहरु धरहरा पुग्नुभयो । धरहरा पुग्दा सेना प्रहरीको सिल छ, जान मिल्दैनँ भन्ने खबर आयो । कम्पन रोकिएको थिएन । त्यो दिन खुल्लामञ्चमै बित्यो । भोलीपल्ट सबै साथीहरुलाई रत्नपार्कमा जम्मा हुन भनेँ । दिउँसो संगठको कार्यालयमा मिटिङ थियो । दिउँसोको ‘सक’ ले मिटिङलाई नै ‘डिस्टर्ब’ गर्यो । १४ गतेपछि टिम बनाएर लागेका थियौं । व्यक्तिगत हिसाबले १३ गते नै साथीहरु सक्रिय थिए । क्याम्पेन गर्दै हामी सरसफाईमा लाग्यौं । बिरामी केन्द्रीत हुने अस्पतालमा हाम्रो बढि सक्रियता बढ्यो । पाटन, सिभिल बीर, टिचिङ र केएमसीलाई केन्दबिन्दु बनाएर घाइतेलाई सहयोगको लागि स्वयंसेवक खटायौं । जनमैत्री अस्पतालमा स्वयंसेवक नभएको खबर आएपछि त्यहाँ थप टोली पठायौं । १५ गते क्याम्पहरु चलायौं । राजधानीमा ठूलो फोहोरको थुप्रो थियो । ठूलो फोहोर हामीले उठाउन सकेनौं । नगरपालिका र अस्पतालको बीचमा भएको तनावले हामीलाई फोहोर उठाउन दिएन । [caption id=\"attachment_19214\" align=\"alignleft\" width=\"300\"]\"akhil2\" ईन्जिनियरीङका विद्यार्थीबाट तयार गरेको अस्थायी बासस्थानको नमूना । ;f]daf/ नै यो टोलि प्रविधि हस्तान्तरण गर्न काठमाडौंको नैकाप र भक्तपुर जादै5 .[/caption] १६ गते नाङ्लेभारे तिर लाग्यौं । गाउँबाट हामीलाई ‘राहत भन्दा पनि बस्तुभाउ निकाल्न सकेको छैन । सम्पूर्ण खाद्यान्न भित्र पुरिएको छ । त्यो निकाल्दिनु हामीलाई पाल भन्दा पनि अस्थायी टहरा बनाउन सहयोग गर्नुपर्र्यो’ भनेर रिपोर्ट आयो । हामीले त्यसै गर्यौं । त्यहाँ हामी टहरा बनाउने तिर लाग्यौं । नाङ्लेभारेमा लगातार तीन दिनसम्म लाग्यौं । त्यसपछि देश भरिको साथीहरुलाई सर्कुलर गर्यौं अब टहरा बनाउन केन्द्रीत हुनुपर्छ भनेर । आफूले जति सक्छ त्यति राहत लिएर गाउँ जान निर्देशन पनि गर्यौं । राहत र उद्धारको लागि ११ वटा टोली झापा मोरङ र सुनसरीको टोली सिन्धुपाल्चोक पुग्यो । कास्कीको टोली कास्कीमै लाग्यो । रुकुमको धादिङ आयो । रुपन्देही र नवलपरासीको २२ जनाको टोली नुवाकोट पुग्यो । ‘उपत्यकामा एउटा टिम बनाएर जति सकिन्छ त्यति लिएर गाउँ जानुस्’ भनेर आदेश गरँे । भक्तपुरको चाँगुनारायणभन्दा माथी ज्योती लिङ्गेश्वर गएर पकाउने भाँडा र खाद्यान्न निकाल्ने कार्य गरियो । त्यो कार्यमा हामीले प्राथमिकता पनि छुट्यौं । साँच्चै ठूलो विपतमा परेकाहरुलाई ठूलै सहयोग हुन्थ्यो । बढि एकल महिला, गरिब – दलितलाई छान्यौं । सहयोग गर्यौं । काठमाडौंकै झोरमा टहरा बनायांै । काठमाडौंमा झोर र नुवाकोटमा कार्यालय सदस्य रामचन्द्र अधिकारी र सुरेन्द्र बस्नेत लगायतका साथिहरुको अतुलनिय भूमिका छ । साङ्ला भन्ने ठाउँमा स्वास्थ्य शिविर चलायौं । भक्तपुर दधिकोट, च्यामासिंङ र सिपाडोलमा केन्द्य्रिय कार्यालयका सदस्य रंजित तामांगको नेतृत्वमा स्वास्थ्य शिविर चल्यो । त्यहाँ हामीले विशेषज्ञ टोली पठाएका थियौं । त्यहि विशेषज्ञ टोलीलाई सिन्धुपाल्चोकको बाँडे गाँउ र धुस्कुनमा पठायौं । झापा मोरङ र सुनसरीको टोलीले सिन्धुपाल्चोको सिपापोखरीमा १२ वटा अस्थायी टहरा बनायौँ । बिजुली सञ्चालन गर्यौँ, भग्नावशेषबाट अन्न र खाद्यान्न निकाल्यौँ । एक हप्ता बसेर १९ जनाको टोली फर्कियो । हाम्रो संगठनका झापाका अध्यक्ष रवि बस्नेतले सो टोलीको नेतृत्व गर्नु भएको थियो । गोरखाको टोलीको नेतृत्व नरेन्द्र न्यौपानेले गर्नुभएको छ । काठमाडौंको नाङ्लेभारेमा म आफैँ नेतृत्व गरेर पुगेको थिएँ । नुवाकोटको जीलिङमा केन्द्य्रिय कार्यालयका सदस्य रामचन्द्र अधिकारीको नेतृत्वमा घर टहरा बनाउने कार्य गरियो । त्यस्तै, नुवाकोटको तक्चेमा चण्डेश्वरी उमाविमा अस्थायी पठन–पाठनको व्यवस्था गरियो । नुवाकोटमै हामीले ३ सय घर परिवार प्रभावित भएको कुलो सञ्चालन गर्यौ । गोरखामा हामीले चार वटा स्कुल बनायौं । ताक्लुङको सिन्जाली मावि, घैरुङको हिमालय उच्च माविसहित अन्य २ वटा विद्यालयको अस्थायी टहरा बनाइएको छ । कास्कीको टोली भगवती मावि ताङसिङ कास्कीमा अस्थायी टहरा बनाउने काममै छ । [caption id=\"attachment_19215\" align=\"alignleft\" width=\"300\"]\"akhil3\" किर्तिपुर केन्द्रीय पुस्तकालयमा भूकम्पले भत्काएको पूस्तकालयमा पूस्तक सम्हाल्दै क्रान्तिकारी ।[/caption] राजधानीको सरस्वती र त्रिचन्द्र क्याम्पसका साथीहरु बारपाक र आँपपिपल १५ गते नै पुग्नु भयो । केहि खाद्यान्न, पाल वितरण गर्नुभयो । पोखराबाट राहतको सामग्री लिएर गोरखाको अर्चले र धादिङको चेपाङ बस्तीमा पनि साथीहरु पुग्नुभयो । नवलपरासीको साथीहरुले गोरखामा आफ्नो अभियानलाई केन्द्रीत गर्नुभयो । अहिले पनि नुवाकोट, धादिङ र गोरखामा अभियान जारि छ । अबको मिसन भनेको अस्थायी टहरा बनाउने नै हो । चामलका बोरा र चाउचाउले मात्रै होइन । अस्थायी बसोबास पहिलो कुरा हो । पुल्चोक इन्जिनरिङका साथीहरु मार्फत भक्तपुर र नैकापमा केही अस्थायी घरको मोडलको विकास हुँदैछ । मंगलबार उपत्यका भरिको शक्ति केन्द्रीत गरेर गाउँ जिम्मा लिएर जनतासँगको सहकार्यमा टहराहरुको निर्माण गर्दैछौं । उपत्यका बाहिरको लागि पनि हामी साथीहरु केन्द्रीत गरेर टहरा बनाउने काममा लाग्नेछौं । वर्षायामभन्दा पहिले छानो दिने अभियान गर्दैछौं । १ हजार स्वयंसेवक लगाउने अभियानमा हुन्छौं । १५ दिन, अभियानमा लाग्छौं । गफ गर्दैनौं काम गर्छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies