Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

नेपालको भूकम्पको चरित्र देखेर चकित छन् अमेरिकी भूगर्भविद्

काठमाडौ। मेरो नेतृत्वमा चारजना अमेरिकी विज्ञ समूह भूकम्पपछि नेपालको भौगर्भिक अवस्था अध्ययनमा परिचालन भएको छ। फल्ट रप्चर (जमिनमा चिरा) हेर्ने नाम चलेका विज्ञ पनि हाम्रो समूहमा छन्।
जापानमा भूकम्प आउँदा पहिलोपटक रप्चर देखिएन तर दोस्रोपटक धक्का आउँदा सात किलोमिटर लामो फल्ट रप्चर भुइँमै देखियो। त्यो चिरा हेरेर यति म्याग्निच्युटको भूकम्प सिर्जना गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ। नेपालमा पनि हामीले यो खोज्दै हिँड्यौं तर कहीँ पनि यो बाहिर देखिएको छैन। अहिले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, लामोसाँघु, जिरी तथा नुवाकोट सबैतिर गयौं। त्यहाँ देखिएका पहिरो रक फलमात्रै हो। तर आठ, नौ ठाउँमा भने साँच्चिकै खतरा पहिरो पनि देखिएको छ। बारपाकदेखि पूर्वतिर चाहिँ पहिरोको सम्भावना असाध्यै धेरै छ। अमेरिकाबाटै अर्को टिम काठमाडौंको माटो हेर्न आएको छ। यहाँको माटो एकदम कमजोर छ। माटोका कारण क्षति भएका घर हेर्ने टिम पनि हामीसँगै छ। अरू टिम पनिआउँदैछन्। यसमा यूएसजीएसका इन्जिनियरहरू पनि आउँदैछन्। यो भूकम्पले नेपालमा धेरै पहिरो ल्याउन सक्छ भनेर संसारको ध्यान त्यसैमा केन्द्रित भएको छ। मनसुनमा आउन सक्ने पहिरो अध्ययन गर्न अर्को टिम आउँछ। नेपालको भूकम्प असाध्यै फरक छ। नेपालको यो भूकम्प देखेर मान्छे छक्क परेका छन्। संसारमा नदेखिएका प्रकृति यहाँ देखिएको छ। फरक प्रकारको भूकम्पले कोड नै फेरिदिन्छ। कोबेमा भूकम्प जाँदा तथा लस एन्जलसमा जाँदा पनि धेरै अध्ययनहरू भए। नेपालको भूकम्पबाट पनि संसारले धेरै कुरा सिक्नुपर्छ र सिक्न सक्छ भन्ने छ। यही सिकाइका लागि पनि अमेरिकाबाट टिमहरू परिचालन हुने हो। हामी पहिला त्यहाँ पुग्ने हो र पुगेको तीन हप्ताभित्र विस्तृत प्रतिवेदन विश्लेषणसहित बुझाउनुपर्छ। अमेरिकामा भएको टिमले पनि मोडलिङ गरिरहेको छ। तथ्यांक लिएर त्यसको विश्लेषण गरिरहेका हुन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कले र क्यालटेकले मोडलिङ गरेर बसिरहेका छन्। लोकन्थलीको बाटो फ ल्टका कारण भत्किएको होइन। यो त टिपिकल्ली सोयल फेलर (माटोकै कारण) भएको हो। कम्पले पानीको तहलाई माथि ल्याइदिन्छ। समयअनुसार माथि आएको पानीको सतह तल पनि जान्छ। यस्ता घटना काठमाडौंमा धेरै ठाउँ भेटेका छौं। अमेरिकाले यो अध्ययन गर्छ अनि वेभ पेजमा राख्छ। हाम्रो टिमले निकालेको निष्कर्ष अति नै विश्वासिलो हुने भएकाले सबैले फाइदा लिन सक्छन्। नेपालले पनि यसको फाइदा पाउँछ। पछि सहरको डिजाइन गर्न पनि यो अध्ययनले सहयोग पुर्‍याउँछ। जथाभावी घर बनाउनु भएन। अमेरिकामा भएका अभ्यास पनि प्रतिवेदनमा हुन्छ। भविष्यमा नेपालले अल्पकालीन र दीर्घकालीन रूपमा केके गर्ने भन्ने योजना बनाउन अध्ययन सहयोगी हुन्छ। नेपालको भूकम्प असाध्यै फरक छ।संसारमा नदेखिएका प्रकृति यहाँ देखिएको छ। फरक प्रकारको भूकम्पले कोड नै फेरिदिन्छ। नेपालको भूकम्‍पबाट पनि संसारले धेरै सिक्‍नुपर्छ र सिक्‍न सक्‍छ भन्‍ने छ। काठमाडौंमा चारपाँचवटा यस्ता कुरा छन्, जसले ठूलो क्षति हुनबाट बचायो। नेपालमा भूकम्पबारे धेरै तथ्यांक छैन। जमिन कति हल्लियो, कति हल्लिन्छ भन्ने सबै रेकर्ड हुन्छ। नेपालमा त्यो तथ्यांक पाइँदैन। जमिन कति हल्लियो भन्ने थाहा पाएपछि मात्रै घरहरू कसरी भत्किए भन्ने थाहा पाउन सकिन्छ। घरहरू राम्रो बनावट भएर ढलेन, नराम्रो भएर ढले भनेर हावा तालमा भन्ने हुँदैन। हामीले प्राप्त तथ्यांकका आधारमा एउटा कुरा अनौठो देखियो। यो भूकम्पले जति हल्लाउनुपर्ने हो त्यति हल्लाएन। ग्राभिटीको ७० प्रतिशत हल्लाएको भए पनि हामी छक्क पर्दैनथ्यौं तर यसले त जम्मा १७ प्रतिशतमात्रै हल्लायो। काठमाडौंको मान्छे घर हल्लियो भनेर धेरै चिन्तित छन् तर धेरै हल्लाएकै छैन। संसारभरि भएका अनुसन्धानअनुसार, यो भूकम्पले धेरै हल्लाउनुपर्ने हो। विभिन्न केन्द्रको तथ्यांकका आधारमा विश्लेषण गर्दा यस्तो निष्कर्ष निकाल्न सकिन्छ। जमिनमुनिको माटोमा यो निर्भर हुन्छ। यसपटक जमिन हल्लाउने शक्ति जमिनमुनि छरियो। काठमाडौंमुनि पाँच सय मिटरको क्षेत्रमा त्यो असर कतै काटिएर गयो। घरहरू भूकम्पले एकपटक उता लगेर यता ल्याउँदा ६ सेकेन्डसम्म लागेको छ। यो एकदमै कम हो। सामान्यरूपमा एक दुई सेकेन्ड लाग्नुपर्ने हो। जमिन यताउता गर्दा लाग्ने र घर यताउता गर्दा लाग्ने समय बराबर भयो भने घरलाई धेरै ड्यामेज गर्छ। शक्ति कमजोर हुनुमा धेरै कारण छन्। त्यसमा अध्ययन गर्न आवश्यक छ। भूकम्पको लोड हालेर काठमाडौंको माटो हेरेको छैन। बढी माटो भएको ठाउँमा एम्प्लिफिकेसन धेरै हुन्छ। तर यसले एप्लिफिकेसन उच्च छैन। अग्ला घर बनाउँदा विचार गर्नैपर्छ। माटो बढी भएको ठाउँमा यसको असर बढी देखिन्छ। संसारमा घरका डिजाइन गरेर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ। बेस आइसोलेसन, पायलिङ गरेर बनाएका भवन भए कम क्षति हुन्छ। रेक्टर स्केल महत्त्वपूर्ण होइन। कति हल्लायो (इन्टेन्सिटी) भन्ने महत्त्वपूर्ण हो। एपिसेन्टर कहाँ छ भन्नेले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। कस्तो माटो छ भन्नेले विशेष अर्थ राख्छ। कुनै माटो भएको ठाउँमा बढी हल्लिन्छ कतै घटाउँछ। दुई तीनतले घर माटोमाथि बनाउँदा धेरै खतरा हँुदैन तर चट्टानमाथि भए बढी खतरा हुन्छ। किनभने भूकम्पको फ्रिक्वेन्सी चट्टानमा छिटो दौडिन्छ। घरको जगमा चट्टान भेटियो भने घर बलियो हुन्छ भन्ने ठीकै हो। त्यस्तोमा फाउन्डेसन कम गरे पनि हुन्छ तर माटो भएका ठाउँमा धेरै तल जानुपर्छ। यो भूकम्पले केन्द्रबिन्दुबाट दुवैतिर बराबर असर पार्नुपर्ने तर डिरेक्टिभिटी लागेको छ। यसले एकतिरमात्रै पछ्याएको छ। यो भूकम्पले पारेको चिरा ९० सालमा जमिनमा चिरा परेको ठाउँमा पुगेर जोडिन खोजेको छ। कतै पुगेर इनर्जी लक भयो त्यही भएर पूर्वतिर बढी असर गर्‍यो। पश्चिमतिर गरेन। यो भूकम्पको अस्वाभाविक चरित्र हो। यस्तो कतै पनि भएको छैन। पुरानो चिरामा यसपटक इनर्जी पुगेर टुंगिनुपर्ने थियो। त्यहाँ जान खोज्यो तर इनर्जी ट्रान्सफर हुन सकेन। पराकम्पन जहिले पनि चिराको अन्त्यतिर बढी आउँछ। अहिले गोरखाको बारपाकबाट दोलखा र दोलखाबाट ९० सालको एपिसेन्टरको दूरी लगभग बराबर छ। यदि चट्टानमा परेको चिराले ९० सालको चिरा छोएको छ भने चाहिँ यो क्षेत्र ७०, ८० वर्षका लागि ठूलो भूकम्पबाट सुरक्षित भयो। अरूतिर त कहाँ जान्छ भन्ने कसैले अनुमान गर्न सक्ने विषय होइन। धेरै लामो चिरा पर्‍यो भने त्यो क्षेत्रमा ठूलो भूकम्प आउने सम्भावना कम हुन्छ। काठमाडौंमुनि फल्टहरू धेरै छन्। सानासाना धेरै फल्ट वरिपरि धेरै छन्। त्यो चुप लागेर बसेको थियो अब चल्मलाउन थाल्यो। पराकम्पन त आइरहन्छ यो सामान्य हो। जमिनमा पूरै चिरा परेको देखिए अध्ययन गर्न हुन्थ्यो। काठमाडौंमा लोकन्थलीको जस्तो ठाउँमा समस्या छ। नदी बगेको ठाउँमा घर बनाएका कारण समस्या देखियो। नेपालको पश्चिमतिर यति धेरै वर्षसम्म भूकम्प गएको छैन। तर कहिले जान्छ भनेर भन्न सकिने अवस्था छैन। नजान पनि सक्छ। जमिनमुनिको चिरा कति परेको छ भनेर पनि अध्ययन गर्न सकिन्छ तर यो असाध्यै महँगो हुन्छ। यो ग्यारेन्टी पनि हुँदैन। खोलाको किनारमा बनाएका घरमा लिक्युफ्याक्सन (बालुवाका कणबीचको बलियोपना भूकम्पले तोडेर पानी बाहिर निकालिदिन्छ) भूकम्पको सम्भावना बढी हुन्छ। बालुवाको तह भएको ठाउँमा लिक्युफ्याक्सन हुन्छ। यस्तो ठाउँमा पानी माथि आउँछ। त्यस्तामाथि भएको घर खतरा हुन्छ। अबदेखि घर बनाउँदा माटोको परीक्षण गर्नुपर्छ। बनेका घरको माटो पनि जाँच्नु उपयुक्त हुन्छ। पराकम्पनपछि अर्को ठूलो भूकम्प आउँछ वा आउँदैन कसैले भन्न सक्दैन तर त्यसको सम्भावना भने धेरै कम भएको छ। हाम्रो जमिनमुनि परेको चिराको बनोट हेर्दा ठूलो भुइँचालो नआउनुपर्ने हो। नेपालमा भूकम्प जानेबित्तिकै अमेरिकाले विज्ञहरूलाई संसारभर पठाउँछ। सरकारले लगानी गरेको अमेरिकाको जिओटेक्निकल एक्ट्रिम इभेन्ट्स रिकन्नाइसेन्स (जीईईआर) छ। त्यो पनि परिचालन हुन्छ। त्यसले पहिले भूकम्प गएको ठाउँमा जमिन कसरी हल्लियो भनेर अध्ययन गर्छ। जमिनमा भएका प्रमाण मेटिने सम्भावना छिटो हुनाले त्यसको अध्ययनमा केन्द्रित हुन्छ। जमिन हेर्ने समूह पहिले परिचालन हुन्छ। त्यो समूह फर्केर गएपछि थप अध्ययन आवश्यक पर्‍यो भने अर्को समूह आउँछ। दोस्रोमा घर हेर्ने समूह पठाउँछ। जिओटेक्निकल टिमले दिएको प्रतिवेदनका आधारमा अरू टिमले काम गर्छ। क्यालिफोर्निया स्टेट युनिभर्सिटीका एसोसिएट प्रोफेसर विनोद तिवारीसँग विकास थापा र पिताम्बर सिग्देलले गरेको कुराकानीमा आधारित सामग्री आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE