Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

यी हुन् टेम्पो चालक अभिनेत्री

काठमाडौं । काठमाडौंमा टेम्पो चढ्ने यात्रुले आफू चढेको टेम्पो चालकका रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई देख्न सक्नेछन् । किनकि, केही दिनयताबाट अभिनेत्री स्वस्तिमा खड्काले रत्नपार्क–अनामनगर–बानेश्वर–बत्तीसपुतली र रत्नपार्क–महाराजगन्ज–बूढानीलकण्ठ रुटको टेम्पो चलाइरहेकी छन् । अभिनेत्री स्वस्तिमाको भनाइमा उनी नयाँ चलचित्र ‘बुलबुल’मा महिला टेम्पो चालकको भूमिकामा छिन् । चलचित्रमा महिला टेम्पो चालकका बारेमा नजिकबाट बुझ्नका लागि उनी आफैंले टेम्पो चलाइरहेकी छन् । रमाइलो प्रसंग के भने सामान्य पहिरनमा उनले टेम्पो चलाउँदा स्वस्तिमा खड्का हो भनेर टेम्पोमा सवार यात्रुले चिनेनन् । सोही कारण पनि उनलाई टेम्पो चलाउन रमाइलो लागेको छ । आफूले टेम्पो चलाउँदा उनले यात्रुहरुसँग टेम्पो चालकको मनोविज्ञान पनि अहिले राम्ररी बुझ्न पाएकी छिन् । अाजको राजधानी दैनिकमा खबर छ-स्वस्तिमासँगै चलचित्र बुलबुलमा अर्की अभिनेत्री लक्ष्मी बर्देवाले पनि टेम्पो चालकको भूमिका निर्वाह गरिरहेकी छन् । यो चलचित्रको चाँडै छायांकन सुरु हुँदै छ । यी दुई अभिनेत्रीको अहिलेको चलचित्री कार्यशाला भनेकै टेम्पो चलाएर यात्रुलाई सम्बन्धित गन्तव्यमा पु¥याउनु हो । त्यसैले, प्रयोगात्मक रूपमै यी दुईले अहिले फरकफरक रुटमा टेम्पो चलाउने काम गरिरहेका छन् । स्वस्तिमा र लक्ष्मी दुवैलाई यसअघि गाडी चलाउन आउँदैनथ्यो । यही चलचित्रका लागि यी दुवैले टेम्पो चालकको प्रशिक्षण पूरा गरेका छन् । आफूहरूले सम्बन्धित रुटमा टेम्पो चलाएर यात्रुलाई गन्तव्यसम्म पु¥याउने काम गरिसकेको पनि स्वस्तिमाले खुलासा गरिन् । ओस्कर कलेज अफ चलचित्र स्टडिजका प्रिन्सिपल विनोद पौडलले यो चलचित्रको निर्देशन गरिरहेका छन् । विनोदका अनुसार अब केही दिनमै यी दुवै अभिनेत्रीले टेम्पो चालकको अनुमतिपत्र (लाइसेन्स) लिँदै छन् । ‘सम्पूर्ण कागजपत्र पूरा भइसकेको छ, केही दिनमै स्वस्तिमा र लक्ष्मीले लाइसेन्स लिएपछि हामी उनीहरूलाई टेम्पो चालक महिलाका रूपमा काम गराउँदै चलचित्रको छायांकन सुरु गर्नेछौं,’ विनोदले भने, ‘चलचित्रको यो भूमिकाका लागि परीक्षणस्वरूप एक साता टेम्पो चलाउनुपर्ने हाम्रो सुझावअनुसार अहिले यी दुई अभिनेत्रीले टेम्पो चालक भएर सडकमै टेम्पो चलाइरहेका छन् ।’ हुन त तीन दशकअघि लक्ष्मी शर्माले पहिलोपटक नेपालमा टेम्पो चलाएकी थिइन् । पछिल्लो समय उनी महिला उद्यमीका रूपमा परिचित भए पनि लक्ष्मी अहिले पनि नेपालको पहिलो टेम्पो चालक महिलाका रूपमा चिनिन्छिन् । काठमाडौंमा सफा (ब्याट्रीबाट चल्ने) टेम्पो भित्रिएपछि यस्तो टेम्पो चलाउने महिलाको संख्या बढेको छ । यसैक्रममा टेम्पो चालक महिलाको कथामा चलचित्र निर्माणक्रम पनि मौलाएको छ । यसैक्रममा चलचित्रको पर्दामा अभिनेत्री स्वस्तिमा र लक्ष्मीलाई पनि टेम्पो चालकका रूपमा दर्शकले देख्न पाउनेछन् । नयाँ चलचित्र ‘बुलबुल’मा उनीहरू अहिले टेम्पो चालकको भूमिका निर्वाहका लागि अभ्यास पूरा गरेका हुन् । चलचित्रमा टेम्पो चालक बन्ने पहिलो अभिनेत्री स्वस्तिमा होइनन् । यसअघि टेम्पो चलाउने महिलाकै कथामा चार वर्षपहिला अभिनेत्री रेखा थापाले चलचित्र ‘राम पियारी’ निर्माण गरिन् । सो चलचित्रमा उनी टेम्पो चालकको भूमिकामा थिइन् । रेखालाई राम पियारीका रूपमा दर्शकले मन पराए त्यसैले त्यो चलचित्र व्यावसायिक रूपमा सफल पनि भयो । यो चलचित्रको सोमबार राजधानीमा एक समारोहबीच निर्माण घोषणा गरियो । केही दिनमै चलचित्रको छायांकन सुरु गरिने निर्देशक विनोदले बताए । यसअघि रेखा थापाले निर्वाह गरेको टेम्पो चालकको भूमिकाभन्दा स्वस्तिमाले निर्वाह गर्ने भूमिका पुरै फरक भएको पनि विनोदले बताए । अभिनेत्री स्वस्तिमाले आफू नायिकाका रूपमा नभएर एउटा कलाकारका रूपमा यो चलचित्रमा प्रस्तुत हुने जिकिर गर्दै भनिन्, ‘यस चलचित्रमा मलाई नायिकाका रूपमा हेर्न भनेर पनि कोही आउनुहोला तर यो चलचित्र स्टारको नभई कलाकारको हो ।’ निर्माताले बजारमा थुप्रै स्टार कलाकार हुँदाहुँदै पनि आफूलाई लिएर त्यत्तिकै चुनौतीपूृर्ण कार्य गरिरहेको पनि यी अभिनेत्रीले बताइन् । यो चुनौतीलाई पूरा गर्ने यी अभिनेत्रीको कथन छ । बुलबुलमा सुसन प्रजापतिको छायांकन रहनेछ । स्वस्तिमा, लक्ष्मीसँगै यस चलचित्रमा जोयस पाण्डे, मुकुन भुसाल, दीपक क्षत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ । बुलबुललाई अबिरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गर्दै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies