Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

भुट्टो हत्याका आरोपित भिडिओमा देखिए

पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या गराएको समूहमा संलग्न रहेको आरोप लागेका र सर्वाधिक खोजी गरिएका एक जना लडाकु एउटा भिडिओमार्फत् सार्वजनिक भएका छन्।

पाकिस्तानी तालिबान विद्रोहीहरूको एउटा समूहले बनाएको सो भिडिओमा इक्रामुल्लाहले भुट्टोको हत्यामा आफू प्रत्यक्ष वा परोक्ष कुनै किसिमले पनि संलग्न नभएको दाबी गरेका छन्। भुट्टोको हत्या गर्न नियोजित आक्रमण सफल नभएको भए अर्को आत्मघाती आक्रमण गर्ने वैकल्पिक योजना सहित इक्रामुल्लाहले परिचालित भएको बताइन्छ। तर अर्का आत्मघाती आक्रमणकारीले विस्फोट गराएपछि उनी त्यहाँबाट भागेको अधिकारीहरूको दाबी छ। सन् २००७ मा रावलपिन्डीमा आयोजित एउटा चुनावी र्‍यालीमा गराइएको सो विस्फोटमा तत्कालीन प्रधानमन्त्री भुट्टो र अरू २० जना मारिएका थिए। भुट्टोका एक जना वरिष्ठ सहयोगीले इक्रामुल्लाहले ढाँटेको बताएका छन्। भुट्टो हत्याकाण्डबारे आफ्नो पहिलो सार्वजनिक भनाइ राख्न इक्रामुल्लाह पाकिस्तानी तालिबानबाट चोइटिएको एउटा समूहले बनाएको सो भिडिओमा देखा परेका हुन्। लडाकुहरूको आधार रहेको पूर्वी अफगानिस्तानमा खिचिएको जस्तो देखिने उक्त भिडिओ बीबीसीले हात पारेको छ। आफ्नो समूहका वरिष्ठ नेताका रूपमा वर्णित इक्रामुल्लाहले भुट्टोको हत्या योजनामा आफू संलग्न पनि नरहेको र त्यसबारे आफूलाई थाहा पनि नभएको कुरा भिडिओमा पटकपटक भनेका छन्। इक्रामुल्लाह पाकिस्तानमा सर्वाधिक खोजी भएका सन्दिग्ध आतङ्कवादीहरूको सूचीमा छन्। भुट्टोको हत्याको मुद्दामा उनको नाम दोस्रो आत्मघाती आक्रमणकारीका रूपमा अदालतमा प्रस्तुत गरिएको छ। भुट्टोका नजिकका साथी तथा आन्तरिक मामिलामन्त्री रहिसकेका सांसद रहमान मल्लिकले इक्रामुल्लाहले \'पूरै ढाँटेको\' बीबीसीलाई बताए। अरू सन्दिग्धहरूले पनि इक्रामुल्लाहको नाम भुट्टो हत्या प्रकरणमा दोस्रो आत्मघाती आक्रमणकारीका रूपमा लिएको मल्लिकले बताए। पाकिस्तानी लडाकु समूहहरूबारे जानकार एउटा स्रोतले बीबीसीलाई बताएअनुसार यसअघि इक्रामुल्लाहले खुल्लमखुल्ला र गर्वपूर्वक भुट्टो हत्यामा आफ्नो संलग्नता रहेको बताउने गर्दथे। भुट्टोको हत्या हुँदा इक्रामुल्लाह १६ वर्षका भएको बताइन्छ। भुट्टो सन् १९८८ र १९९३ मा दुईचोटि प्रधानमन्त्री निर्वाचित भएकी थिइन्। केही वर्ष निर्वासित भएर सन् २००७ मा स्वदेश फर्किइएर उनी निर्वाचन अभियानमा संलग्न भएकी थिइन्। सोही वर्ष अक्टोबरमा उनको हत्या गर्ने उद्देश्यले आत्मघाती आक्रमणकारीहरूले उनलाई स्वागत गर्न कराची विमानस्थलमा भेला भएका समर्थकहरूलाई तारो बताए। सो घटनामा उनी जोगिए पनि १५० भन्दा बढी व्यक्ति मारिए। त्यसको दुई महिनापछि रावलपिन्डीमा भएको आक्रमणमा भने उनको मृत्यु भयो। उनको हत्याको योजनामा संलग्न भएको अभियोग लागेका पाँच लडाकुहरूले गत वर्ष सफाइ पाए। तर सो मुद्दामा पुनरावेदन गरिएकाले उनीहरू अझै पनि थुनामुक्त भएका छैनन्। यो वर्षको आरम्भमा पाकिस्तानी तालिबानद्वारा प्रकाशित एउटा पुस्तकमा भुट्टोको हत्या आफूले गराएको र त्यसमा इक्रामुल्लाहलाई दोस्रो आत्मघाती बमआक्रमणकारीका रूपमा परिचालित गरिएको उल्लेख छ। यसअघि तालिबानले भुट्टोको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको थियो। मुफ्ती नूर वाली महसुदले लेखेको सो पुस्तकमा भुट्टोले \'मुजाहिद्दीनलाई तारो बनाउने\' र \'अमेरिकी इच्छानुसार काम गर्ने सरकार बनाउने\' योजना बनाएकाले मारिएको उल्लेख छ। महसुद भरखरै पाकिस्तानी तालिबानका प्रमुख बनेका छन्। बीबीसी    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending