Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

अमेरिकालार्इ चीनको जवाफ-सिमा एक इन्च पनि छाड्दैनाैं

चीनका राष्ट्रपति सी जिनपिङले भ्रमणमा आएका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँगको भेटवार्तापछि बोल्दै चीन शान्तिप्रति प्रतिबद्ध रहेको तर आफ्नो भूभागको एक इन्च पनि त्याग्न तयार नरहेको बताएका छन्।

आपसी व्यापारिक शत्रुता र दक्षिण चीन सागरमा चीनले कडा रुपमा आफ्नो दावी प्रस्तुत गरिरहँदा चीन र अमेरिकाबीचको तनाव चर्कँदो अवस्थामा छ। सन् २०१४ यता चीनको भ्रमण गर्ने जेम्स म्याटिस प्रथम अमेरिकी रक्षामन्त्री हुन्। उनी एशिया भ्रमणमा छन् र यसक्रममा कैयौँ क्षेत्रीय साझेदारहरूसँग भेटघाट गरेका छन्। जेम्स म्याटिसले राष्ट्रपति सी र अन्य अधिकारीहरूसँग बुधवार भएको भेट \"एकदमै राम्रो\" भएको बताएका छन्। अमेरिकाले चीनसँगको \"सैनिक सम्बन्धलाई एकदमै उच्च दर्जाको महत्व दिएको\" उनले बताए। राष्ट्रपति सीले चीनको चाहना शान्ति भएकोमा जोड दिंदै चीनले आफ्नो ठान्ने गरेको क्षेत्रका सम्बन्धमा कुनै छुट नदिइने आफ्नो पुरानो धारणालाई दोहोर्याएका छन्। \"हाम्रा पुर्खाले छाडेर गएका इलाकाको एक इन्च पनि गुमाउने पक्षमा हामी छैनौँ,\" उनलाई उद्धृत गर्दै चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ। \"अरूहरूको सम्पत्ति पनि हामीलाई चाहिँदैन,\" सीले भनेका छन्। दक्षिण चीन सागरमा चीनको गतिविधिलाई अमेरिकाले बारम्बार आलोचना गर्दै आएको छ। उसले चीनलाई त्यहाँ कृत्रिम टापुहरू र विभिन्न संरचना निर्माण गर्ने गरेर आफ्ना छिमेकीहरूलाई धम्काउने गरेको अनि त्यस क्षेत्रलाई सैनिकीकरण गरेको आरोप लगाउने गरेको छ। उक्त जल क्षेत्रमा त्यहाँका कतिपय देशहरुले आआफ्ना दाबी प्रस्तुत गर्ने गरेका छन्। चीनले उक्त जलक्षेत्रको सबैभन्दा ठूलो हिस्सा आफ्नो भएको भन्ने गर्दछ। उसले त्यसमाथिको आफ्नो अधिकार धेरै शताब्दीदेखि भएको दाबी गर्ने गर्छ। उक्त जलक्षेत्र जलयातायातको एउटा ठूलो मार्ग हो। त्यहाँ प्रशस्त माछा मार्न सकिन्छ। तथा त्यहाँ तेल र प्राकृतिक ग्यासको प्रचुर भण्डार रहेको पनि ठानिन्छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending