Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

प्रदेशमा बेग्लै प्रहरी गठन गरिने

जनकपुरधाम । प्रदेश २ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानुनको तयारी गरेको छ। प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ‘प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५’ प्रदेशसभामा प्रस्तुत गरेका छन् । प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रदेश प्रहरी सेवासम्बन्धी कानुन व्यवस्था गर्न विधेयक पेश गरिएको मन्त्री यादवले जनाएका छन्। संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश २ ले प्रदेश प्रहरीसम्बन्धी कानुनको तयारी गरेको हो। अाजको अन्नपूर्णमा खबर छ-प्रदेश प्रहरीको संगठन संरचना र प्रहरी कर्मचारीको संख्या नेपाल सरकारको सहमतिमा प्रदेश सरकारले तोकेबमोजिम हुने विधेयकमा व्यवस्था गरिएको छ। संख्या निर्धारण गर्ने प्रयोजनको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको अध्यक्षतामा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिने उल्लेख छ। सर्वेक्षण समितिमा प्रदेश प्रहरीका महानिरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव सदस्य र प्रदेश प्रहरी प्रमुखले तोकेको प्रहरी उपरीक्षक सदस्य सचिव हुनेछन्। प्रदेश प्रहरीको रेखदेख, नियन्त्रण, निर्देशन र परिचालन गर्ने अधिकार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई हुनेछ। तोकिएको अधिकारीले शान्ति सुव्यवस्था र सोसम्बन्धी प्रशासनसँग सम्बन्धित आदेश निर्देशनहरू त्यसरी खटिएको जिल्लाको प्रमुखमाफर्त दिनु पर्नेछ। विधेयकमा भनिएको छ, ‘यस ऐन, प्रचलित कानुन तथा प्रदेश सरकारको नीति निर्देशनको अधीनमा रही शान्ति सुव्यवस्था, अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धान तथा सो कार्यको लागि आवश्यक परिचालन तथा व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कामका सन्दर्भमा माथिल्ला प्रहरी कार्यालयले आफ्नो मातहतका कार्यालयलाई आदेश वा निर्देशन दिन सक्नेछ।’ प्रदेशमा प्रहरी महानिरीक्षकको व्यवस्था विधेयकका अनुसार प्रदेशमा प्रदेश प्रहरी प्रमुखका रुपमा प्रहरी महानिरीक्षक हुने व्यवस्था गरिएको छ। महानिरीक्षकको नियुक्ति प्रदेश सरकारबाट नै हुनेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने प्रदेश प्रहरी संगठन समावेशी स्वरुपको हुने उल्लेख छ। संविधानको धारा २६८(२) मा प्रत्येक प्रदेशमा एक छुट्टै प्रहरी संगठन रहने व्यवस्था गरिएको र सोही धाराको उपधारा (३) मा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी व्यवस्था संघीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ। प्रदेश अधिकारको सूचीको क्रमसंख्या १ मा छुट्टै प्रहरी संगठनको स्थापना हुने व्यवस्था भएकाले नयाँ संगठन संरचना तयार गर्न, उक्त संरचनालाई आवश्यक जनशक्तिको छनौट गर्नेदेखि लिएर सेवा सुविधा र विधेयकहरूको छपाइलगायत अन्य प्रशासनिक खर्च समेत वार्षिक अनुमानित १ अर्ब खर्च लाग्ने जनाइएको छ। प्रदेश प्रहरी सेवामा जनपद प्रहरी सेवामा विशिष्टिकृत कार्य प्रकृतिका आधारमा पाँचवटा समूह राखिएको छ। जसमा जनपद प्रहरी समूह, प्राविधिक प्रहरी समूह, पर्यटक प्रहरी समूह, सामुदायिक प्रहरी र ट्राफिक प्रहरी हुनेछन्। प्रदेश प्रहरी सेवाका खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा भर्ना छनौट समितिको सिफारिसको आधारमा नियुक्ति गरिने व्यवस्था विधेयकमा गरिएको छ। प्रदेश प्रहरी सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी आरक्षणको व्यवस्था गरिएको छ। कानुन मन्त्री यादवले प्रदेशसभामा पेश गरेको विधेयकमा सैद्धान्तिक छलफल भएको छ। छलफलमा सहभागी प्रदेश सभा सदस्य रामआशिष यादवले विधेयक यथाशीघ्र पारित भई कार्यान्वयनमा आउनुपर्ने धारणा राखे। उनले विधेयकमा उल्लेख भएबमोजिम प्रदेश प्रहरी कसुरको लागि मुद्दाको सुनवाइका लागि गठन हुने प्रहरी विशेष अदालत अध्यक्षमा उच्च अदालतका न्यायाधीशको सट्टा मुख्य न्यायाधिवक्ता हुनुपर्ने सुझाव पनि दिए। प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार -प्रदेशभर शान्ति सुव्यवस्था कायम गरी नागरिकको जिउधनको सुरक्षा गर्ने, -अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धान गर्ने, -आपराधिक गतिविधि लगायतका अन्य सूचनाहरू संकलन गर्ने, -कानुनबमोजिम पक्राउ गरी नियन्त्रणमा लिनुपर्ने व्यक्तिलाई पक्राउ गरी नियन्त्रणमा लिने, -मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने, -सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुन कार्यान्वयन गर्ने, -कारागारको व्यवस्थापन तथा सुरक्षा गर्ने, -विमानस्थलको सुरक्षा तथा प्रचलित कानुनबमोजिम अध्यागमन सेवाको सुरक्षा र व्यवस्थापन गरी संचालन गर्ने, -स्वदेशी तथा विदेशी विशिष्ट व्यक्ति तथा प्रदेश सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र स्थलको सुरक्षा गर्ने, -प्रदेशको कुनै भागमा भएको वा हुन सक्ने विपद् र महामारी पीडितको उद्धारमा सहयोग पु¥याउने, -प्रदेशमा हुने सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी गतिविधि, आतंककारी गतिविधि तथा दंगाफसाद नियन्त्रण गर्ने, -अनियन्त्री भिड तथा जुलुस नियन्त्रण गर्ने, -यस ऐन तथा प्रचलित अन्य ऐनहरूको अधीनमा रही कर्तव्य पालन गर्दा आवश्यकताअनुसारको उचित बल प्रयोग गर्ने, -प्रचलित कानुनबमोजिम अधिकार प्राप्त अधिकारीको कानुनी आदेश पालना गर्ने, -वृद्ध, अशक्त, असहाय व्यक्तिलाई यथाशक्य सहयोग गर्ने, -महिला तथा बालबालिकाहरूको हकहितको संरक्षण तथा सुरक्षाका लागि विशेष प्राथमिकतामा राखी कामकारवाही गर्ने, -कुनै चल, अचल सार्वजनिक सम्पत्तिमा आफ्ना सामुन्ने हानी नोक्सानी हुन लागेको देखेमा त्यस्तो हानीनोक्सानी रोक्न हरसम्भव प्रयास गर्ने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy