Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

क्याबिनेटमा झनझनै कोलाहल

दैनिक धक्का गएको गयै छ । जनतात्रासमा छन् । घरको बास छैन । दलका कार्यकर्ता र क्लब स्वतस्फूर्त हिसाबले  प्रभावित क्षेत्रमा सक्रिय छन् ।  तर मन्त्रीहरुलाई भने क्याविनेट बैठकमै बाझ्दै फूर्सद छैन । आजको जनआस्था साप्ताहिकमा खबर छ – प्रकोपग्रस्त क्षेत्रमा युवा स्वयंसेवक परिचालन गर्न एमालेले लगेको प्रस्ताव अस्ति सोमबार राति  दुई घण्टा सम्म छलपल हुँदा  पनि काँग्रेस तर्फको अवरोधका कारण  पास हुन सकेन ।  टोली खटाइहाल्ने भन्दा पनि पहिला कार्यविधि पास गर्ने एमालेको आग्रह थियो ।  त्यसैमा गलफत्ति चल्यो । राष्ट्रिय योजना आयोगले गाउँ–गाउँमा राविसे खटाएकै छ । हामीले किन त्यसको डुप्लिकेशन गर्ने ? सुरुमा यसो भनेर तर्कन खोजीयो । त्यसपछि भनियो – राहतमा राजनीतिक युवा परिचालन गरिनुहुन्न ।  कानुनमन्त्री नरहरि आचार्य र अर्थमन्त्री रामशरण महत  उक्त प्रस्तावको सख्त विराधी देखिए ।  शनिबारको बैठकमा प्रस्ताव राम्रै हो भनेका सन्चारमन्त्री २ दिनपछि पुरै रड्कीएको पाइयो । ‘त्यसरी खटिने युवालाई कसले कन्ट्रोल गर्ने ?’ उनले अत्तो थापे । ‘जनताको घर बनाउन जाने कुरामा के को कन्ट्रोल ?’ एमाले मन्त्री यसरी तर्क गर्दै थिए । उद्योग,कृषि,रंगशाला,स्वास्थ्यचौकी क्षतिग्रस्त  छन् र तीचाहिँ एमालेको भागमा गर्दै थिए । तर, गृहको लोभमा भौतिक योजना ,निर्माण तथा यातयात, स्थानिय विकासजस्ता  जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय काँग्रेसलाई बुझाएको एमाले राहतको यो प्रसंगमा भने पुरै जिल खाएको छ । काँग्रेसले सहमतिमा गरौं भन्दै उसको प्रस्ताव अन्तैतिर रड्काइदिएको छ । क्याबिनेटको सोही बैठकले भत्किएका संरचना निर्माण, पुनर्निमाणको जिम्मा सेनालाई दिने,मानव अंग प्रत्यारोपण विधेयक संसद्मा पठाउने निर्णय समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: