Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लौ हेर्नोस्– भूकम्पपछिको स्वयम्भूनाथ (फोटोकथा)

ॐ मणि पद्मे हुम्, ॐ मणि पद्मे हुम्... बुद्धम् शरणम गच्छामी, धम्मम् शरणम गच्छामी संघम् शरणम गच्छामी.... यिनै मन्त्रोच्चारण गरिरहेका थिए अग्लाअग्ला आसनमाथि लस्करै बसिरहेका बुद्धका तीनवटा मूर्तिमुन्तिर मार्बल छापिएको भुइँमा ठूलो टेन्टमुनि लस्करै बसेर बौद्ध धर्मगुरुहरु  । चक्रपथ, बालाजु हुँदै सशस्त्र प्रहरी मुख्यालयभन्दा अलिक पर्तिरबाट स्वयम्भू परिसरको गेट उक्लनासाथ देखिएकाे दृश्य हाे याे । वैशाख १२ र २९ मा गएका ठूला भूकम्पले स्वयम्भू क्षेत्रमा के–कस्तो क्षति पुर्‍यायो भनेर अवलोकन गर्न पंक्तिकार बुधबार बिहान त्यता पुगेको थियो । बौद्ध धर्मावलम्बीहरुको कुनै खास पर्वविना नै नांगो भुइँमै टेन्ट हालेर लामा गुरुहरुले मन्त्र पढिरहेको देख्नासाथ भूकम्पका कारण स्वयम्भू क्षेत्रमा पुगेको प्रकोपको मोटामोटी झल्को दिमागमा नआउने कुरै भएन । निकै अघिदेखि निर्माणकार्य सुरु भई केही वर्षअघि मात्रै ‘फिनिसिङ’ भएका पश्चिमी गेटतर्फका ती बडेमान बुद्धका ३ मूर्तिमध्ये २ वटा ठीकै हालतमा देखिए । छेउकको एउटा मूर्ति भने ढाडपट्टिबाट हल्का चर्किएको देखियो । स्वयम्भू परिसरको त्यो क्षेत्र तुलनात्मक रुपले भूकम्पबाट राम्रैसँग जोगिएछ भन्न सकिन्छ । गेटबाहिर निस्केर सैनिक अस्पताल मोडको उकालो हुँदै स्वयम्भूको मुख्य परिसरतर्फ उक्लँदा भने विश्वसम्पदा सूचीका सीमित स्थलहरुमध्येको एउटा प्रमुख थलो, बौद्धमार्गीहरुको पवित्र तीर्थस्थल तथा सिंगै नेपाल र नेपालीको गौरवगाथा बनेको स्वयम्भूनाथ क्षेत्र करिवकरिव तहसनहस नै भएको देखियो । प्रशस्तै गुम्बा, चैत्य, बिहार, पार्किङ, चमेनागृहलगायतले झकिझकाउ स्वयम्भूनाथभन्दा पछाडिपट्टिको तल्लो रमणीय भाग सुनसान थियो । पानीपोखरीको बीचमा रहेको बालक बुद्धको मूर्ति र पोखरी चाहिँ सकुशल नै थिए । तर, त्यस वरपरका चैत्य भने ठाडै देखिए पनि सबैतिरबाट चर्केका, क्षतविक्षत अवस्थामा । डाँडैडाँडाको सिँढी र स्लेटबाट हिँड्दै पल्लो डिलतिर पुग्दा छेउको चैत्यसहित प्रांगणको आधा भाग चर्केर जुनसुकै बेला जंगलतिर पल्टिहाल्लान् जस्तो अवस्थामा देखिए । भीमढुंगा, रामकोटलगायतका क्षेत्र प्रस्टै देखिने उक्त डिलको माथिल्लो अग्लो डाँडामा रहेका पुराना आश्रम र चैत्यहरुको अवस्था कहालीलाग्दो थियो । नचर्केको, नभत्केको र कुनै न कुनै भाग नढलेको स्थितिमा एउटै थिएनन् । डाँडाबाट फर्कँने बायाँपट्टिको बाटो हिँड्न डरलाग्दो थियो किनकि त्यहाँभन्दा माथिपट्टिका सबै संरचना चर्केर क्षतविक्षत भई बाटोतिरै ढलिहाल्लान् भनेजस्तो गरी ढल्केका थिए । त्यस क्षेत्रको अवलोकनपछि फेरि पोखरीबीचमा रहेको बुद्धको मूर्तिछेउमा फर्केर स्वयम्भूको मुख्य क्षेत्रतर्फ जान खोज्दा दुवैतिरका बाटो छेक्दै तैनाथ भएका सुरक्षाकर्मीले रोके । स्वयम्भूक्षेत्र तहसनहस भइसकेको र भग्नावशेष समेत ढलेर जतिबेला पनि जस्तोसुकै अनिष्ट हुन सक्ने देखिएकाले स्वयम्भूको मुख्य परिसरभित्र कसैलाई पनि जान नदिइएको उनीहरुको भनाइ थियो । आफू सञ्चारकर्मी भएको बताउँदै सुरक्षित तरिकाले सामान्य अवलोकन गरेर २–४ वटा तस्बिर खिँचेर फर्किहाल्ने आग्रहका साथ ‘प्रेस पास’ देखाएपछि बल्ल सिँढी उक्लँदै स्वयम्भूको मुख्य डाँडोतर्फ छिर्ने अनुमति मिल्यो । अग्लो डाँडामा ठिंग उभिएर राजधानीका सबै सहरलाई चारैतिर ‘न्याय–अन्याय छुट्याई हेर्ने’ स्वयम्भूका ‘दुई आँखा’ बोकेको प्रमुख स्तुप चाहिँ जस्ताको त्यस्तै छ । सोही स्तुपका दायाँबायाँका सहायक दुई स्तुप ठाउँठाउँमा चर्के पनि भत्केका चाहिँ छैनन् । यीबाहेक स्वयम्भू डाँडाका सम्पूर्ण संरचना क्षतविक्षत छन् । भत्केका संरचनाछेउ केही धर्मगुरुहरु निन्याउरो अनुहार लगाएर टोलाइरहेका छन् । मुख्य चैत्यभित्र बुद्धको भव्यतम मूर्तिका दायाँबायाँ बसेर चौबीसै घन्टाजसो मन्त्रोच्चारण गर्ने सबैजसो लामा पुरोहितहरुले वैशाख १२ देखि नै दक्षिणपट्टि गेट छेउको माथि उल्ल्ेखित टेन्टमुनि बसाइँ सारेका रहेछन् । उक्त भवन बाहिरैदेखि भित्रैसम्म क्षतविक्षत छ । अगाडिपट्टि ‘स्टिल ट्रस’ को फ्रेम कसेर गल्र्यामगुर्लुम ढल्नबाट रोक्दै क्रमशः भत्काउने तारतम्य मिलाइँदै छ । स्वयम्भूनाथ क्षेत्रका यी प्रमुख स्तुप र चैत्य वरिपरिका सबै संरचना भत्केका छन्, ढलेका छन् र चर्केका छन् । ठूलठूला ढुंगाको स्ट्यान्ड लगाएर झुन्ड्याइएको बडेमानको घन्ट स्ट्यान्डसहित पल्टेर भुइँमा उत्तानो परेको छ । दायाँबायाँका स–साना मठमन्दिर सबै ध्वस्त छन् । मूर्तिहरु बिस्कुन लगाए झैं आँगनमा लस्कर लागेका छन् । डल्लु हुँदै भगवानपाउ पुगी ठाडै उकालो सिँढी चढेर सोझै स्वयम्भूको मुख्य स्थानमा पुग्ने सिँढीवाल भर्‍याङ पूरै सुनसान छ । भर्‍याङ सकिएलगत्तै परिसर प्रवेश गर्ने दायाँ छेउको डिलैमा झुन्डिको पहिल्यैदेखि डरलाग्दो भवन सबैतिर चर्केर झन् डरलाग्दा बनेको छ । स्वयम्भू परिसरमा न त कुनै दर्शनार्थी माला गन्दै घुमिरहेका भेटिन्छन्, न छिल्लिँदै र इत्रिँदै ‘सेल्फी’ खिँच्ने अनि चारैतिरको मनोरम दृश्यावलोकन गर्दै तस्बिर खिँच्ने नवयुवायुवतीका कुनै जोडी छन् । न त डाँडामा जडित ‘टेलिस्कोप’ बाट छाउनी हुँदै कीर्तिपुरसम्म नियाल्ने र सबैतिर लामालामा लेन्स भएका ठूलठूला क्यामरा तेर्स्याउने कुइरे आँखा र खैरो कपालधारी पर्यटक नै छन् । अनेक तनाव, थकान र दबाबका बीच पनि त्यस ठाउँमा पुग्दा असिम शान्ति र आनन्द अनुभूत हुने स्वयम्भू परिसर यतिबेला मध्याह्नमै डरलाग्दो बनेको छ । यो ठाउँ अहिले पनि ‘शान्त’ नै छ– कुनै चिच्याहट, कोलाहल र उकुसमुकुस त छैन । तर, अत्यासलाग्दो र मनै कुँढ्याउने खालको परिवेश छ यतिबेला स्वयम्भूमा । शायद यस्तै परिवेशलाई भन्ने गरिएको होला– ‘मूर्दाशान्ति !’ \"Syayambhu_1-640\" \"Syayambhu_2-640\" \"Syayambhu_3-640\" \"Syayambhu_4-640\" \"Syayambhu_5-640\" \"Syayambhu_6-640\" \"Syayambhu_7-640\"\"Syayambhu_8-640\" \"Syayambhu_9-640\" \"Syayambhu_10-640\" \"Syayambhu_11-640\" \"Syayambhu_12-640\" \"Syayambhu_13-640\" \"Syayambhu_14-640\" \"Syayambhu_15-640\"\"Syayambhu_16-640\" \"Syayambhu_17-640\" \"Syayambhu_18-640\"  \"Syayambhu_20-640\" \"Syayambhu_21-640\" \"Syayambhu_22-640\" \"Syayambhu_23-640\"\"Syayambhu_24-640\" \"Syayambhu_25-640\" \"Syayambhu_26-640\" \"Syayambhu_27-640\" \"Syayambhu_28-640\" \"Syayambhu_29-640\" \"Syayambhu_30-640\" \"Syayambhu_31-640\"\"Syayambhu_40-640\" \"Syayambhu_41-640\" \"Syayambhu_42-640\" \"Syayambhu_43-640\"  \"Syayambhu_33-640\" \"Syayambhu_34-640\" \"Syayambhu_35-640\" \"Syayambhu_36-640\" \"Syayambhu_37-970-640\"  \"Syayambhu_39-640\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies