Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राष्ट्रपति महिला उत्थान कार्यक्रम

\"\"इटहरी । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय तहका जननिर्वाचित प्रतिनिधिका लागि लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकदिने अभियान कार्यक्रम सुनसरी जिल्लाको इटहरीमा आज प्रारम्भ गरिएको छ । महिला तथा बालबालिका विभागको आयोजनामा भएको उक्त अभियान कार्यक्रममा गाउँघरमा नै कसरी जनप्रतिनिधिमार्फत विभिन्न नामबाट हुने गरेको लैङ्गिक विभेद एवं हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सचेत र सक्षम जनप्रतिनिधि तयार पार्नु उक्त अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ । समाजमा विद्यमान लैङ्गिक हिंसा महिला वा पुरुषबाट चलिनै रहेकाले यसलाई कसरी कम गर्ने वा न्यूनीकरण गर्ने भन्ने विषयमा जननिर्वाचित पदाधिकारीद्वारा गाउँघरमा सचेतनापूर्वक अघि बढाउन सकियो भने भयावह अवस्थामा रहेको लैङ्गिक हिंसामा कमी ल्याउन सकिन्छ भन्ने भावनाले प्रेरित भएर यो कार्यक्रम अघि बढाएको पनि जानकारी दिइएको छ । कार्यक्रमको संयोजक एवं इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षमा भएको उक्त अभियानमा जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णकुमारी विश्वकर्माले पुरुष वा महिलाबाट हुने गरेको हिंसा चाहे त्यो पुरुषले महिलामाथि गर्ने र महिलाले पुरुषमाथि गर्ने हिंसा दुवै मानव अधिकार उल्लङ्घनको जघन्य अपराध भएकाले यसमा कमी ल्याउन सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्न जरुरी छ भनीन् । उक्त अभियान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, महिला तथा बालबालिका विभागका अधिकृत हरिप्रसाद अधिकारी, दुहवी नगरपालिकाका उपप्रमुख सुनिता दाहाल, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगर, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सुनसरी महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्जला चुडाललगायतले बोलेको थियो । इटहरी उपमहानगरपालिका तथा दुहवी, रामधुनी र बराहक्षेत्र नगरपालिकाका जननिर्वाचित पदाधिकारीको सहभागिता रहेको अभियान कार्यक्रममा बोक्सी हुँदैन भन्ने अग्नि दहन चलचित्रसमेत प्रस्तुत गरी गाउँघर र समाजमा विद्यमान बोक्सी प्रथाविरुद्ध कसरी सचेत रहने भन्ने ज्ञानसमेत दिने कार्यक्रम अभियानमा समावेश गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy