Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

पूर्वप्रधानमन्त्री नवाज शरिफलाई १० वर्ष जेल सजाय

पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण गर्न स्थापित एउटा निकायले भूतपूर्व प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर गर्दै १० वर्ष जेल सजाय तोकेको छ ।

लन्डनस्थित उनको स्वामित्वमा रहेका भनिएका चारवटा विलासी फ्ल्याटको विषयमा उनीविरुद्ध मु्द्दा चलेको थियो । पाकिस्तनाको न्याश्नल अकाउन्ट्याबिलिटी ब्यूरोको अदालतले शृङ्खलाबद्ध स्थगनपछि उक्त फैसला शुक्रवार सुनाएको हो । सोही मुद्दामा शरिफकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको छ भने ज्वाइँ सफ्दर अवनलाई एक वर्ष जेल सजाय सुनाइएको छ । शरिफले उनीविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएका दाबी गरेका छन् । हाल नवाज शरिफ र उनकी छोरी लन्डनमा छन्। त्यहाँ शरिफकी पत्नी कुल्सूम नवाजको क्यान्सरको उपचार भइरहेको छ ।

कसलाई कति सजाय ?

आम्दानीभन्दा बढी सम्पत्ति भएको भन्दै न्यायाधीश मोहम्मद बशिरले पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र अदालतलाई नसघाएको भन्दै एक वर्षको जेल सजाय सुनाएका हुन् । दुइटै सजाय एकैचोटि भोग्नुपर्ने हुँदा सजाय को कुल अवधि १० वर्षको नै हुनेछ । शरिफलाई अपराधमा सघाएको भन्दै छोरी मरियमलाई सात वर्ष र अदालतलाई नसघाएको भन्दै थप एक वर्षको जेल सजाय सुनाइएको हो । उनको सजायको कुल अवधि सात वर्षको हुनेछ । शरिफलाई ८० लाख पाउन्ड र मरियमलाई २० लाख पाउन्ड जरिवाना पनि तोकिएको छ । ज्वाइँ सफ्दर अवनलाई चाहिँ अदालतलाई सहयोग नगरेको भनेर एक वर्ष सजाय तोकिएको छ । अदालतले लन्डनमा भएका चारवटै फ्ल्याट पाकिस्तान सरकारका लागि जफत गर्न आदेश दिएको छ । शरिफविरुद्धको मुद्दा लन्डनमा रहेका उनको परिवारको चारवटा विलासी फ्ल्याटहरूको स्वामित्वको विषयमा केन्द्रित थियो । ती फ्ल्याटहरू कर सहुलियतको लाभ लिने उद्देश्यले खोलिएका विदेशी कम्पनीहरूमार्फत् खरिद गरिएको आरोप लगाइएको थियो । सन् २०१५ मा पानामा पेपर्स प्रकरण सार्वजनिक भएपछि शरिफका छोराछोरीको \'अफ्शोर कम्पनीहरू\'सँग सम्बन्ध देखिएको थियो । तर शरिफको परिवारले लन्डनमा भएको सम्पत्ति वैधानिक रूपमै किनिएको दाबी गरेको छ । पाकिस्तानमा निर्वाचन हुन केही हप्ता मात्र बाँकी हुँदा यो निर्णय आएको हो । शरिफको पार्टी निर्वाचन अघिको मत सर्वेक्षणमा अगाडि देखिएको छ । देशको सर्वोच्च अदालतले उनलाई राजनीतिबाट आजीवन प्रतिबन्धित गरिनु पर्ने फैसला सुनाएपछि शरिफ पार्टी नेताको पदबाट अलग हुन बाध्य भएका थिए । त्यसपछि उनका भाइ शहबाज शरिफले पार्टिको नेतृत्व सम्हालेका छन् । अदालतको निर्णय आएपछि शहबाजले दाजु नवाजको बचाउ गरेका छन् । एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सो निर्णय राजनीतिबाट अभिप्रेरित भएको र जुलाईमा हुने निर्वाचन \'जनताको अदालत\' हुने र त्यसले सो निर्णयको निन्दा गर्ने दाबी गरे । सुपुर्दगीको सम्भावना के छ ? यूके र पाकिस्तानबीच औपचारिक रूपमा सुपर्दगी सन्धि भएको छैन । तर सन् २००३ मा बनेको यूकेको सुपुर्दगी ऐनको एउटा खण्डमा विशेष परिस्थितिमा सुपुर्दगी गर्न सकिने व्यवस्था उल्लेख छ । गत वर्ष अदालतले उनलाई पदमुक्त गरिदिँदा शरिफसँग आफ्नो आवधिक कार्यकाल पूरा गर्ने पहिलो प्रधानमन्त्री बन्न एक वर्ष बाँकी थियो । शरिफले नोभेम्बर १९९० देखि जुलाई १९९३ सम्म पहिलो चोटि र फेब्रुअरी १९९७ देखि अक्टोबर १९९९ सम्म दोस्रो चोटि सरकारको नेतृत्व गरेका थिए । सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy