Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

उच्च जोखिममा जाजरकोट

\"\"जाजरकोट। भेरी नगरपालिका–३ र ४ मा पर्ने खलंगा बजारका न्यूरोड, शान्तिचौतारा, सिमलगैरी, थाप्ले र याला पहिराको उच्च जोखिममा छन् । शान्तिचौतारादेखि थाप्लेसम्मका सडक किनारामा रहेका तीन दर्जन घर जोखिममा परेका हुन् । त्यहाँ सवारी आवागमनमा रोक लगाइएको छ । न्यूरोडमा करीब १०० मिटर सडक पहिराले छोपेको छ । मापदण्डअनुसार सडक निर्माण तथा ढल निकासको व्यवस्थापन नहुँदा बजारभित्र ठूलो पहिरो जानाका साथै दर्जन स्थानमा सडक भासिएको छ । “तत्काल पहिरो रोकथाम र ढल निकासको व्यवस्था नगरे बस्ती नै बग्ने खतरा छ”, स्थानीयवासी कमानबहादुर खड्काले भने, “अलिकति पानी पर्नेबित्तिकै पहिरो जान थाल्छ ।” भिरालो भूबनोटको खलंगामा अव्यवस्थित सडक निर्माणले जोखिम बढाएको स्थानीयवासीको गुनासो छ । रुपैडिहादेखि तेन्जे भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्तिचौतारा–कालेगाउँ सडक स्तरोन्नतिका क्रममा ग्याभिन र नाली निर्माणलगायत काम गुणस्तरीय नभएको उनीहरूको भनाइ छ । सडक निर्माणका क्रममा न्यूरोड सबैभन्दा बढी जोखिममा परेको छ । सडक डिभिजन कार्यालय चौरजहारीले खलंगा–रिम्ना सडक स्तरोन्नतिका लागि गतिलो डिजाइन नबनाउँदा र गुणस्तरीय निर्माणमा ध्यान नदिँदा ठाउँठाउँमा पहिराको जोखिम बढेको भेरी नगरपालिका–३ का वडाध्यक्ष लीलाबहादुर शाहले बताए  । रु १२ करोड लागतको सडक स्तरोन्नति रोजेन्द्ररजलजला जेभी काठमाडौँले गर्दै आएको छ । न्यूरोडको पहिरो नियन्त्रण गर्न रु एक करोडभन्दा बढी बजेट आवश्यक पर्ने वडाध्यक्ष शाहको भनाइ छ । ठाडो भित्तामा भवनसंहिता तथा प्राविधिक डिजाइनविना चार र पाँचतले घर निर्माण गर्नु जोखिम निम्त्याउने अर्को कारण हो । नगरपालिका क्षेत्रभित्र नाली र ढलको उचित व्यवस्था छैन । यस्तो अवस्थामा यहाँ पहिराको जोखिम टार्न स्थानीय सरकारले नभ्याउने र तत्काल माथिल्लो निकायले पहल नथाले ठूलो धनजनको क्षति हुने भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताए  । सडक विभाग, भवन तथा शहरी विकास विभागलगायत निकायले तत्काल उचित योजना तथा बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending