Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

डकर्मी तालीम लिएपछि आत्मनिर्भर बन्दै मुक्तहलियाका महिला

कञ्चनपुर। कञ्चनपुर भीमदत्तनगरपालिका– ६ सुकासालका मुक्तहलिया समुदायका महिला डकर्मी सम्बन्धी तालीम लिएपछि आत्मनिर्भर बन्दै गएका छन् । दैनिक मजदुरी गरेर रु चार सय कमाउँदै आएका महिला तालीम पश्चात रु पाँच सयदेखि रु सात सयसम्म कमाउन थालेका हुन् । साँझ बिहानको खानाको जोहो गर्न र बालबालिकाको विद्यालय तथा लताकपडा खर्च जुटाउनका लागि श्रीमान्ले भारतमा मजदुरी गर्दै आउनुभएको छ, पुष्पा कोलीले भनिन्, “त्यसबाट जीवका धान्न निकै मुस्किल छ ।” मुक्तहलिया महिलाको जीवनस्तरमाथि उठाउनका लागि सञ्चालित दुई महिने तालीममा सहभागी भएपछि ज्यालामा बढोत्तरी भएको उहाँले बताए । डकर्मीको कार्य गर्ने सीप नहँुदा मजदुरी गर्नुपर्ने विगतको बाध्यता रहेपनि हाल तालीम लिएपछि इँट्टा राख्ने, गाह्रो राख्ने र पिल्लर बाँध्ने कार्य गर्नसक्ने भएको उनले बताए । यस कार्यले ज्याला बढेपछि परिबारको खर्च चलाउन उहाँलाई सहज भएको छ । तालीमका सहभागी जानकी टमटाका श्रीमान् समेत भारतको नयाँदिल्लीमा रोजागरीमा हुनुहुन्छ, घर बासका लागि मात्रै जग्गा भएका टमटाका परिवारको खर्च भारतकै कमाइले चल्दै आएको छ । श्रीमान्को कमाइले मात्रै चार जना परिवारको जीविका चलाउन मुस्किल हुन थालेपछि आफूले तालीम लिएपछि डकर्र्मीको कार्य गर्न थालेको बताउँदै जानकीले भनिन्, “श्रीमान्ले भारतबाट कमाउने पैसा भन्दा बढी डकर्मी पेशामा आवद्ध भएपछि कमाउन थालिएको छ ।” उनले भनिन्, “महिलाले घरको कामकाज मात्रै गर्नुपर्दछ भन्ने मान्यतालाई तोड्दै महिलाले पनि पुरुष सरह कार्य गर्न सक्छ, श्रीमान्कै कमाइमै भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिनुपर्दछ ।” मजदुरी गर्दै आएका श्रीमान् भन्दा तालीमले गर्दा बढी पैसा ज्यालाबापत पाउन थालेको कलावती कामीले भन्नुभयो, “श्रीमान्लाई समेत अहिले तालीम लिनका लागि दबाब दिन थालेको छु ।” घरको आर्थिक अवस्था कमजोर भएर सुना सार्किले बिचमै पढाइ छाडे पनि व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्नका लागि डकर्मीको तालीम लिएी हुन् । प्रारम्भिक तालीम लिएर मात्रै पुग्दैन उउने भनिन्यो, “थप तालीम पाए प्रशिक्षक बनेर आर्थिक रुपमा विपन्न वर्गका समुदायका व्यक्तिलाई तालीम दिई दक्ष बनाउने इच्छा भए पनि त्यो पूरा हुन पाएको छैन, निःशुल्क तालीम दिने सहयोगी संस्थाको खोजीमा छु ।” आइएलओको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गतमुक्त हलियाका २५ जना महिलाले छ महिना अघि डकर्मीका तालीम लिएका हुन् । तालीम लिएकामध्ये थोरै महिला मात्र डकर्मी पेशामा आवद्ध भएका छन् । मुक्तहलियाका १२५ महिलालाई स्वरोजगार बनाउनका लागि केशशृङ्गार, मोबाइल मर्मत, मोटरसाइल मर्मत, पेन्टिङ र डकर्मी लगायतका तालीम दिइएको मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारले बताए । तालीम लिएका अधिकांश स्वरोजगारमै आर्थिक रुपमा आत्मनिर्भर बन्न थालेको उहाँको भनाइ छ । अनुदानमा एक हजार बिरुवा शुक्लाफाँटा नगरपालिकामा फलफूल बगैंँचा स्थापनाका लागि ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ । नगरपालिकाको कृषि शाखाले अनुदानमा किसानलाई आँप, लिची, कटहर, मेवा, कागती, अनारलगायतका एक हजार बिरुवा वितरण गरेको हो । चार बिघा जग्गामा आधादर्जन बढी किसानलाई नमूना फलफूल बगँैंचा स्थापनाका लागि बिरुवा अनुदानमा उपलब्ध गराइएको कृषि शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए। “फलफूल उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई फलफूलका बिरुवा वितरण गरेका छौं”” उनले भने। यसैगरी, शाखाले टिस्युकल्चर गरिएका पाँच हजार केराका बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । बिरुवा व्यावसायिक केराखेती गर्न उत्सुक १७ जना किसानलाई नौ जातका केराका विरुवा वितरण गरेको हो । केराका बिरुवा खरिदका लागि कृषि शाखाले रु एक लाख र किसानले रु एक लाख रकम लगानी गरेको कृषि शाखाका प्रमुख कुँवरले बताए। अनुदानमा उपलब्ध गराइएका केराका बिरुवा तीन बिघा पाँच कठ्ठा जग्गामा किसानले रोपेको उहाँले बताए । अनुदानमा उपलब्ध गराइएका केराले दश महिनाको अवधिमा रु १५ लाखभन्दा बढीको उत्पादन दिइने दाबी उनको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy