Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउनुपर्ने सञ्चारकर्मीको आग्रह

विराटनगर। नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन यहाँका सञ्चारकर्मीले प्रदेश सरकारसंग आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित “सञ्चार नीति र कानून” विषयक एकदिने गोष्ठीमा उनीहरुले नयाँ सञ्चार नीति र सञ्चार कानून निर्माण हुने क्रममा रहेकाले यसप्रति प्रेस जगत चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनाले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी प्रदेश सरकारले विधेयक ल्याउन लागेकाले सो विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजिए त्यसप्रति सचेत रहन सबैमा आग्रह गरे। महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतमले प्रेसलाई संकूचित पार्ने गरी प्रदेश सरकारले कानून बनाउन लागेको बताउँदै यसप्रति सबैले चनाखो हुनुपर्नेमा जोड दिए। वरिष्ठ पत्रकार यज्ञ शर्माले सञ्चार क्षेत्र र सामाजिक सञ्जालप्रति राजनीतिक पक्षको दृष्टिकोण नकारात्मक रहेकाले कठोर कानून बन्नसक्ने सम्भावना रहेको छ भने । महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदित, पत्रकारद्वय गणेश लम्साल र धु्रव भट्टराईले नयाँ सञ्चार नीतिको विरुद्धमा पत्रकारलाई एकजुट हुन आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending