Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

ट्रक दुर्घटनामा एकै परिवारका आठ जनाको मृत्यु

मुस्ताङमा शुक्रबार भएको टिप्पर दुर्घटनामा एकै परिवारको ८ जनाको मृत्यु भएको खुल्न आएको छ । मृत्यु हुनेमा घर र माइतीतर्फ गरी एकै परिवारको ८ जनाको मृत्यु भएको हो । अाजको नयाँ पत्रिकामा खबर छ-मृतकका आफन्तले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्ये रोल्पाका महेश रोका, कमानसिंह रोका र राष्ट्रे रोकाका तीन भाइ रहेका छन् । यसैगरी कविता घर्ती, बिन्ती घर्ती, सृजना रोका, जीतमाया र बाघिमान घर्ती (बोलाउने नाम) श्रीमान श्रीमती रहेका छन् । उनीहरु एकै परिवारका आफन्त भएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । घटनामा २० जना मृत्यु भएको थियो । मृतक सबैको शव हेलिकप्टरबाट जिल्ला जिल्लामा पुर्‍याइएको छ । पोखरामा जम्मा गरिएको शवलाई जिल्लामा पुर्याइएको हो । साँझ करिब पाँच बजेतिर दाङका मृतकहरुको शव जिल्लामा पुर्‍याइएको थियो । गरिब परिवारमा बज्रपात मृतक सबै मजदुरी गरेर खाने निम्न वर्गीय परिवारका रहेका छन् । राप्ती गाउँपालिका ३ का मृतक सबैका घरपरिवार एैलानी जग्गामा झुपडी हालेर बस्दै आएका छन । मुस्ताङमा लेबर काम गर्दा राम्रो कमाइ हुने आशामा उनीहरु मुस्ताङसम्म पुग्ने गरेको स्थानीय प्रकाश शाहीले बताए । ‘यहाँका अधिकांश स्थानीय मुस्ताङ र काठमाडौंमा घर बनाउने काममा जाने गर्छन ।’ शाहीले भने ‘पछिल्लो चरणमा मुस्ताङका स्थानीयले टुरिस्टहरुलाई गाइड गर्ने भएकाले यहाँबाट गएका मजदुरी गर्ने काम पाउदै आएका थिए । शाहीले दिएको जानकारी अनुसार यसअघि दाङका स्थानीय मुस्ताङमा दुर्घटना परेको खबर आए पनि मृत्युको खबर आएको थिएन । यस घटनाले गाउँलाई शोकमा डुबाएको स्थानीय शान्ति रोका बताउछन् । उनी भन्छिन्, ‘एउटै परिवारमा ८ जनाको मृत्यू भएको छ । आफन्तहरु कोही रोल्पामा छन्, कोही दाङमा । काजकिरिया गर्ने त्यस्तै समस्या रहेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending