Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

लाइसेन्स छपाइमा चरम लापरबाही

\"\"काठमाडौं । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुन: खिचाउन अनुरोध गरेको छ । ठूलो भर्‍याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएका फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो । कार्यालयले असार १९ मा बायोमेट्रिक लाइसेन्स जारी गर्दा फोटो धमिलो आउने भएकाले पुन: फोटो खिच्न आउनु भन्दै सूचना जारी गरेको छ । अाजको कान्तिपुरमा खबर छ-लाइसेन्स लिन कुरेर बसेका हजारौं सेवाग्राही यस्तो सूचनापछि झस्किएका छन् । महिनौंअघि खिचेका फोटो धमिलो आएको भनी कार्यालयले ढिलो गरी सूचना जारी गरेको हो । ट्रायल पास गरेका र नवीकरण गरेकालाई समयमा लाइसेन्स दिन नसकेकोमा आलोचना खेप्दै आएको यातायात व्यवस्था कार्यालय यो प्रकरणपछि फेरि विवादमा तानिएको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले असार १९ मा अफिसियल फेसबुक पेजमार्फत पनि पुन: फोटो खिच्न आउन सूचना जारी गरेको थियो । उक्त सूचनामा लेखिएको छ, ‘२०७४ भदौदेखि चैतसम्म ट्रायल पास र लाइसेन्स नवीकरण गरी बायोमेट्रिक गर्दा फोटो धमिलो भएको भनी यातायात व्यवस्था विभागबाट जानकारी आएकाले उक्त अवधिमा फोटो खिचाएका सबै सेवाग्राहीलाई असार मसान्तसम्म पुन: फोटो खिच्न अनुरोध गरी सूचना प्रकाशित गरिएको छ ।’ सामाजिक सञ्जालमार्फत यस्तो सूचना जारी गरिएपछि सेवाग्राही आक्रोशित बनेका छन् । उक्त सूचनामा २ सय २४ जनाले कमेन्ट गरेका छन् । कमल गुरुङले ट्रायल दिएकाले लाइसेन्स हात पारिसके तर आफूले एक वर्ष भइसक्दा पनि नवीकरण गरेको लाइसेन्स हात नपरेको भन्दै आक्रोश पोखेका छन् । सरकारी कार्यालयले सधैं तनाव मात्रै दिएको भन्दै सन्देश गुरुङले टिप्पणी गरेका छन् । बाबाजी नामक एक फेसबुक प्रयोगकर्ताले सात महिनासम्मको फोटो धमिलो भएकामा आश्चर्य मानेका छन् । उनले यो अवधिमा सालाखाला ५० हजार ४ सयले फोटो खिचाएको हुन सक्ने आकलन गरेका छन् । उनको जवाफमा यातायात व्यवस्था कार्यालयले यो अप्ठ्यारो काम नभएको र आफूहरूसँग क्षमता नभएको भन्ने आशयको जवाफ फर्काएको छ । रविन राना मगरले लेखेका छन्, ‘दु:ख दिने नयाँ स्टाइल हाम्रो सरकारको । नयाँ नेपालको नयाँ कानुन जसमा सरकारी कर्मचारीको दुरुपयोगलाई मतलब गरिँदैन ।’ उनको कमेन्टमा यातायात व्यवस्था कार्यालयले जवाफ लेखेको छ, ‘सबैलाई अनिवार्य आउनैपर्ने हैन तर आउँदा राम्रो हुन्छ भन्ने हो ।’ एक सेवाग्राहीले भने फेरि फोटो खिच्नका लागि काठमाडौं आउने, जाने र बस्ने खर्च कसले दिन्छ भन्ने प्रश्न गरेका छन् । आक्रोशित टिप्पणी आएपछि असार १९ मा कार्यालयले फेसबुकमा अर्को सूचना जारी गर्दै गत वर्षको भदौदेखि चैतसम्मका सबैको फोटोमा त्यस्तो समस्या नआएको र सयमा दुई–तीन जनाको मात्रै फोटो बिग्रिएको भन्दै सूचना निकालेको छ । तर कार्यालयले फोटो बिग्रनेको सिरियल नम्बर भने सार्वजनिक गरेको छैन । कान्तिपुरसँग सम्पर्कमा आएका एक कर्मचारीका अनुसार हजारौं सेवाग्राहीको फोटो बिग्रिएको र तिनीहरूले फोटो पुन: खिच्नुपर्ने अवस्था आएको छ । चर्को आलोचना हुने डरले मात्रै कार्यालयले प्रतिसयमा केहीको फोटो बिग्रिएको सूचना जारी गरेको हुन सक्ने ती कर्मचारीले बताए । यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालका अनुसार ठूलो भर्‍याङ कार्यालयले मोटरसाइकलतर्फ दैनिक ५ सय र जिप–कारतर्फ दैनिक दुई सयलाई लाइसेन्स परीक्षामा सामेल गराउने कोटा पाएको छ । फोटो धमिलो आएको समयमा भने कार्यालको कोटा योभन्दा थोरै थियो । यातायात व्यवस्था विभागका अनुसार औसतमा लाइसेन्सको परीक्षा र ट्रायल दिनेमध्ये ३५ प्रतिशत परीक्षा पास हुन्छन् । त्यस्तै नवीकरणका लागि औसतमा दैनिक सयभन्दा धेरैको निवेदन ठूलो भर्‍याङमा मात्रै पर्ने गरेको देखिन्छ । कार्यालयका एक कर्मचारीको नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार कम्तीमा आठ महिनाको अवधिमा छाप्न पठाइएका ६० हजारभन्दा धेरै लाइसेन्समा समस्या आएको हुन सक्छ । ठूलो भर्‍याङ कार्यालयका प्रमुख गोकर्ण उपाध्यायका अनुसार सबै लाइसेन्समा समस्या नआएको र औसतमा प्रतिसय तीन लाइसेन्समा समस्या आएको बताए । उनले भने अनुसार आठ महिनामा औसतमा ६ सय जति लाइसेन्समा समस्या आएको हुनसक्ने देखिन्छ । कान्तिपुरसँगको कुराकानीका उपाध्यायले ठयाक्कै कति लाइसेन्सको फोटो धमिलो आएको हो भनेर यकिन बताउन सकेनन् । स्रोतका अनुसार लाइसेन्स छाप्ने जिम्मा पाएको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले पनि कार्यालयलाई ठयाक्कै कति लाइसेन्सको फोटोमा समस्या आएको हो भनेर बताइसकेको छैन । त्यही भएर कार्यालयले फोटो मधुरो आउने निवेदनकर्ताको नाम वा सिरियल नम्बर सार्वजनिक गर्न सकेको छैन । उपाध्यायले भने, ‘क–कसको फोटो धमिलो आएको हो, तिनीहरूको नाम निकालौं भनेर खोजेको तर प्राविधिक कारणले सकिएन ।’ उपाध्यायका अनुसार कार्यालयका कर्मचारी र मद्रास सेक्युरिटी प्रिन्टर्सको काठमाडौंस्थित एजेन्टका कर्मचारीले संयुक्त रूपमा खिचेका फोटोमध्ये कसले खिचेको फोटोमा समस्या आएको भन्ने यकिन कारण पत्ता लागेको छैन । उनले भने, ‘कसरी यस्तो समस्या आयो र कसले खिचेको फोटोमा समस्या आएको हो थाहा भइसकेको छैन ।’ उनले फोटो पुन: खिच्न नआए पनि लाइसेन्स छाप्ने काम नरोकिने बताए । उनले धमिलो फोटो भएको लाइसेन्सले पनि काम त गर्ने तर धमिलो आएकैले पुन: लाइसेन्स छाप्दा खर्च हुने र सेवाग्राहीले दोहोरो दु:ख पाउने भएकाले आफूहरूले सूचना निकालेको बताए । गत वर्षको अगस्टमा छाप्नका लागि पठाएको लाइसेन्सको झन्डै १२ महिनापछि छापिन थालिएपछि ढिलो गरी कार्यालयले फोटो धमिलो भएको सूचना पाएको हो । उपाध्यायले फोटो किन धमिलो आयो र त्यसमा के कमजोरी भएको थियो भन्नेबारे थाहा नभएको दाबी गरे । हजारौं सेवाग्राही प्रत्यक्ष प्रभावित हुने यति गम्भीर विषयमा पनि कार्यालयले आन्तरिक छानबिन सुरु गरेको छैन । उपाध्ययले भने, ‘छानबिन गर्न कुनै पहल भएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending