Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

काठमाडौं ।  सिन्धुपाल्चोक कुञ्चोकका नवगायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीत सार्वजनिक भएको छ । यसअघि देशभरका रेडियो स्टेशनबाट गीत सार्वजनिक गरिसकेका भारतीले भिडियोमा नयाँ प्रयोग गरेका छन् । उनले गीतलाई एउटा कथाको रुप दिई संवादसमेत भरे गीत चलचित्रको उपमा दिएका छन् । लिगेश भट्टराईको निर्देशनमा बनेको गीतमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राजोउपाध्याय, रिना थापा मगर, अर्जुन थापा, सुरज पराजुली, बिमल काफ्ले र संजीव ठकुरीको अभिनय रहेको छ । गीति चलचित्रले समाज विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ । नयाँ शैलीको भिडियो भएकाले अहिले भारतीको गीतले युवाहरुको मन जितेको छ । अहिले बजारमा गीत संगितमा युवाहरुको नयाँ सोच र प्रयोगले नेपालको विभिन्न क्षेत्रलाई नेपाली माझ र विदेशी माझ चिनाउन सहज भएको छ । गीत चलचित्रका नायकले आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकलाई विश्वमा चिनाउन निकै संघर्ष गरेको कथा छ । परिवार, प्रेमिका र साथीहरुको सहयोग बिनै गीतका नायकले सफलता चुमेको कथालाई अहिलेका युवापुस्तले मन पराएको गायक भारतीले दाबी गरे । ‘कामप्रतिको लगाव, इमान्दारिताले मान्छेलाई सफल बनाउँछ भन्ने सन्देश प्रवाह गर्न खोजेको छु,’ भारतीले भने, ‘विचलित नभई आफ्नो लक्ष्यप्राप्तिमा पुग्न सकिन्छ भन्ने देखाइएको छ ।’ गीतमा सिन्धुपाल्चोकका पर्यटकीय क्षेत्रहरुको वर्णन गरिएको छ । ‘जुगल हिमाल शीर.. किन मान्छौ पीर, जान्छौ भने घुम्न लान्छु सिन्धुपाल्चोक तिर’ जस्ता शब्द कुँद्दै भारतीले सिन्धुपाल्चोकका विभिन्न पर्यटकीय गाउँ घुम्न गीतमार्फत आग्रह समेत गरेका छन् । भारती आफैको शब्द रहेको गीति चलचित्रमा समावेश गीतमा जिल्लाका प्रमुख पर्यटकीय गाउँ हेलम्बु, आमा यांग्री, ओखरेनी, पाँचपोखरी, भैरवकुण्ड, दुगुनागढी, तातोपानी, बाह्रविसे, मेलम्ची, भोटेचौरको सौन्दर्यकोसमेत बयान गरिएको छ । भारती र राजकुमार नेपालीले संगीत भरेको गीतमा लय तथा शब्द भने गायक भारतीकै छ । गीतको छायांकन भने सिन्धुपाल्चोक र काठमाडौंको विभिन्न स्थानमा गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending