Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सरकार उद्धार गर्न पाउँ ! गोरखा पुगेका सेना र अन्य सामाजिक कार्यकर्ताको माग

गोरखा, विनासकारी भूकम्पबाट धेरै घर तथा विद्यालयहरु भग्नावशेषमा परिणत भए । भग्नावशेषमा पुरिएका सामग्री निकाल्न सुरक्षा निकाय र विभिन्न दलका कार्यकर्ता सक्रिय रुपमा लागि परिरहेका छन् । उनीहरुलाई सहयोग गर्नु स्थानीय निकाय तथा सरोकारवालाको दायित्व हो । तर गोरखाको सिमजुङ्ग गाविसमा रहेको हिमालय उमावि प्रशासनले भने  भग्नावशेषमा पुरिएको समग्री निकाल्न रोक लगाएको छ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट भग्नावशेष बनेको सो विद्यालयबाट पुरिएको सामग्री निकाल्न नेपाली सेनाको टोली १३ गते नै पुगेको थियो । ‘हामीलाई विद्यालय प्रशासनले पुरिएको सामग्री निकाल्न दिएन ।’ नेपाली सेनाका लेफ्टिनेन्ट रमेश बहादुर खत्रीले भने – ‘ हाम्रो टोलीले काम गर्न पाएको भए पहिल्यै समस्या समाधान भइसक्थ्यो ।’ विद्यालय व्यवस्थापन समितिले विद्यालयमा पुरिएको विद्यार्थीको प्रमाण पत्रसमेत निकाल्न नदिएको स्थानीय गाविस सचिव शेखनाथ न्यौपानेले बताए । भग्नावशेषमा पुरिएको सामग्री निकाल्न नेपाली सेनाको १७ जनाको टोली १३ गतेदेखि नै सिन्जोङ्ग गाविसमा क्रियाशिल छ । जेठ २ गते विद्यालय प्रशासनसँग विद्यालयको भग्नावशेषबाट सामग्री निकाल्ने विषयमा छलफल हुँदा प्रशासनले अस्वीकार गरेको थियो । ‘हाम्रो नानीहरुको शैक्षिक प्रमाणपत्रहरु पनि त्यहि पुरिए,’ एक अभिभावकले भने – ‘विद्यालय प्रशासन मौन बस्ने सेनालाई पनि निकाल्न नदिने विपतमा किन यस्तो गरेको ? सेनाले जबरजस्ती कक्षा १२ को प्रमाणपत्रसहित केहि थान कम्प्युटर भने निकालेका थियो । तर, एसएलसीको सर्टिफिकेटसहितका सामग्री निकाल्न सेनालाई दिएन । सेनाको टोलीले निकालेका कम्प्युटर भने विद्यालय आफैले व्यवस्थापन गरिसकेको छ । उद्धार तथा पुनस्थापनाको लागि पुगेका एमाओवादी स्याङ्गजाका अध्यक्ष शैलेन्द्र घिमिरेको टोलीले समेत सामग्री निकाल्न खोज्दा दिएको थिएन । ‘हामी उद्धार तथा पुर्नस्थापनाको स्याङ्गजाबाट यहाँ आयौं तर विद्यालय प्रशासनले हामलाई बेकामी बनायो ।’ घिमिरेले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies