Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ओलीलाई प्रधानमन्त्री बनाउने तयारी यस्तो छ

काठमाडाैं, भूकम्प लगत्तै कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सभासदहरुले सुशील कोइरालाबाट विपत्ति पार लगाउन सम्भव नभएको भन्दै बलियो सरकारको माग गरे । कोइरालाबाट सरकार र पार्टी दुवै सञ्चालन हुन नसकेको भन्दै कांग्रेस नेताहरुले नै उनलाई कांग्रेसकै अर्को नेताको नेतृत्वमा सम्भव हुन्छ भने राष्ट्रिय सहमतिको सरकारका लागि बाटो खोल्न आग्रह गरे । तर कोइराला आफ्नो छाड्नुपर्ने मागप्रति धेरै रुष्ट बने । कतिपय सभासदले कोइरालाकै साम्नेमा ‘सुशीलदा, अब तपाईंबाट सम्भव छैन, बलियो सहमतिय सरकारका लागि त्याग गर्नुस्,’ पनि भने । उनीहरुले त्यसो भनिरहँदा अन्नपूर्ण पोस्टका मालिक क्याप्टेन रामेश्वर थापाका ससुराली घरतिर बलियो सरकारका लागि छलफल चलिरहेको थियो । कोटेश्वरमा थापाको नाता पर्ने एकजना व्यापारीको घरमा एमाले र एमाओवादी तथा एमाले र मधेशवादी दलका नेताहरुबीच चरणबद्ध छलफल भएका थिए । एक महिनाअघिसम्म केपी ओलीको नाम सुन्न नचाहने एमाओवादी शीर्षनेताहरु पछिल्लो समयमा ओलीलाई प्रधानमन्त्री मान्न तयार देखिएका छन् । स्रोतका अनुसार प्रचण्ड र माधव नेपालबीच यसबीचमा चद्धरणबद्ध छलफल भएका थिए । प्रचण्डले सुरुमा ओलीका नाममा त हुँदैन बरु तपाईं बन्नुस् भनेका थिए । तर नेपालले आफू नबन्ने र ओलीलाई बनाउन सघाएमा ओलीको तर्फबाट सम्पूर्ण जिम्मा लिने आश्वासन दिएका थिए । त्यसपछि मात्र प्रचण्ले ओलीलाई भेटेको उच्च स्रोतले जनाएको छ । एमाओवादी नेतृत्व ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन तयार भए लगत्तै अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनले फेसबुकबाटै अबको राष्ट्रिय सरकारको नेतृत्व केपी ओलीलाई दिनुपर्ने बताए । एमाओवादी वृत्तमा ओलीलाई प्रधानमन्त्री बनाएर सरकारमा जाने र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा बाबुरामलाई पठाउने बहस समेत चलिसकेको छ । साना दलहरु पनि लगभग ओलीको नेतृत्वमा सरकार गठनमा सहमत भएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: