Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जिल्ला निर्वाचन अधिकारी रायको निधन

महोत्तरी । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार ३७ वर्षको अल्पायुमै निधन भएकी रायको पार्थीव शरीरमा आज बिहान जलेश्वरमा जिल्लाका राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । रायको पार्थीव शरीर जिल्ला निर्वाचन कार्यालय महोत्तरी परिसरमा आज बिहान ल्याएर राखिएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहितका सरकारी अधिकारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र सयौँ सङ्ख्यामा सर्वसाधारणले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । रायप्रति श्रद्धाञ्जली चढाउँदै प्रमुख जिल्ला अधिकारी ढकालले मुलुकले एउटा कर्तव्यनिष्ठ अनुशासित अधिकृत गुमाएको बताए । विसं ०३७ सालमा महोत्तरीको जलेश्वर नगरपालिकाको अन्कार बखरीमा जन्मेकी रायले ०६७ मा शाखा अधिकृत पदबाट सेवाप्रारम्भ गरेकि थिइन । सेवाप्रारम्भदेखि नै जिल्लामा जिल्ला निर्वाचन अधिकारी भएर खटिनुभएकी रायकै कार्यकालमा विसं ०७० को संविधानसभा निर्वाचन र ०७४ मा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको जिल्लावासीले सम्झेका छन् । रायको आजै जनकपुरधामको पवित्र धार्मिकस्थल गङ्गासागर किनारअवस्थित स्वर्गद्वारमा अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन् । कार्यालयमा काम गरिरहँदा तीन महिनाअघि अचानक बेहोस भएर लडेपछि रायलाई उपचारार्थ काठमाडाैं लगिएको थियो । काठमाडौँमा उहाँलाई ब्रेनट्युमर भएको पत्ता लागेपछि थप उपचारका लागि भारतको दिल्लीस्थित गङ्गाराम अस्पतालमा शल्यक्रिया गरिएपछि क्यान्सर भएको चिकित्सकले बताएको काका शिवपूजन रायले बताए । त्यसपछि रायलाई दिल्लीकै राजीव गान्धी अस्पतालमा उपचार थालिएको थियो । त्यही नै रायको शुक्रबार राति निधन भएको हो । रायका पति र एक छोरा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy