Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

जिल्ला निर्वाचन अधिकारी रायको निधन

महोत्तरी । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार ३७ वर्षको अल्पायुमै निधन भएकी रायको पार्थीव शरीरमा आज बिहान जलेश्वरमा जिल्लाका राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । रायको पार्थीव शरीर जिल्ला निर्वाचन कार्यालय महोत्तरी परिसरमा आज बिहान ल्याएर राखिएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहितका सरकारी अधिकारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र सयौँ सङ्ख्यामा सर्वसाधारणले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । रायप्रति श्रद्धाञ्जली चढाउँदै प्रमुख जिल्ला अधिकारी ढकालले मुलुकले एउटा कर्तव्यनिष्ठ अनुशासित अधिकृत गुमाएको बताए । विसं ०३७ सालमा महोत्तरीको जलेश्वर नगरपालिकाको अन्कार बखरीमा जन्मेकी रायले ०६७ मा शाखा अधिकृत पदबाट सेवाप्रारम्भ गरेकि थिइन । सेवाप्रारम्भदेखि नै जिल्लामा जिल्ला निर्वाचन अधिकारी भएर खटिनुभएकी रायकै कार्यकालमा विसं ०७० को संविधानसभा निर्वाचन र ०७४ मा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको जिल्लावासीले सम्झेका छन् । रायको आजै जनकपुरधामको पवित्र धार्मिकस्थल गङ्गासागर किनारअवस्थित स्वर्गद्वारमा अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन् । कार्यालयमा काम गरिरहँदा तीन महिनाअघि अचानक बेहोस भएर लडेपछि रायलाई उपचारार्थ काठमाडाैं लगिएको थियो । काठमाडौँमा उहाँलाई ब्रेनट्युमर भएको पत्ता लागेपछि थप उपचारका लागि भारतको दिल्लीस्थित गङ्गाराम अस्पतालमा शल्यक्रिया गरिएपछि क्यान्सर भएको चिकित्सकले बताएको काका शिवपूजन रायले बताए । त्यसपछि रायलाई दिल्लीकै राजीव गान्धी अस्पतालमा उपचार थालिएको थियो । त्यही नै रायको शुक्रबार राति निधन भएको हो । रायका पति र एक छोरा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending