Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अनेरास्ववियुमा अध्यक्षको जिम्मेवारी अधिकारीलाई

काठमाडाैं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै एकता प्रक्रियामा होमिएको पुर्व एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु पोखरा ईन्जिनियरिङ कलेज कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगठनका उपाध्यक्ष सन्तोष अधिकारीलाई प्रदान गरिएको छ । अनेरास्ववियु पोबिबी केन्द्रीय कमीटी सदस्य एबम क्याम्पस कमीटी अध्यक्ष प्रदिप पोखरेलले आफू पनि ब्यस्त रहेको र संगठन एकीकरणको प्रक्रियामा रहेकाले तत्काल सम्मेलन गर्ने सम्भावना नरहेकाले संगठनको गतिविधि संचालन गर्नको लागि बिद्यार्थी नेता अधिकारीलाई कार्यबाहकको जिम्मेवारी दिएको बताए । यसैबीच कलेजमा क्रियाशील सङ्गठनहरु मिलाएर बनेको बिद्यार्थीहरुको साझा संस्था बिद्यार्थी कल्याणकारी परिसद (SWC PEC) को कार्यसमिति सदस्यहरुमा अनेरास्ववियुको तर्फबाट तेस्रो बर्ष सिभिल संकायमा अध्ययनरत स्मृति बराल, तेस्रो बर्ष सिभिल संकायमै अध्ययनरत सुभम भण्डारी र दोश्रो बर्ष कम्प्युटर संकायमा अध्यनरत रोशन बास्तोलालाई सिफारिस गरेको छ । विद्यार्थी कल्याणकारी परिसदको समयाबधि २ वर्ष हो र संगठनबाट नेतृत्व गरेका साथिहरु प्रदिप शर्मा र रोशन भट्टराईको अध्ययन अबधि सिद्धिसकेको र आफुले पनि समय प्रदान गर्न नसकेकाले सङ्गठनले तिन जनालाई नै फिर्ता बोलाएर नयाँ साथिहरुलाई सिफारिस गरेको कुरा अनेरास्ववियु पोबिबी पुर्व केन्द्रीय सदस्य एबम निवर्तमान बिद्यार्थी कल्याणकारी परिसदका सदस्य संकल्प ढुंगाना प्रतिकले बताए । गत डेढ वर्ष अघि अनेरास्ववियुबाट ३, नेबिसंघबाट ३, अखिल क्रान्तिकारीबाट २ र राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी सङ्गठनबाट १ सदस्य रहने गरि चयन गरिएको ९ सदस्यीय बिद्यार्थी कल्याणकारी परिसदको समयसीमा अब ६ महिना बाकि छ । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending