Ntc summer Offer
Khabar Dabali १ फाल्गुन २०८१ बिहीबार | 13th February, 2025 Thu
Investment bank

एक न्यायाधीसको जीवनबाटै राजीनामा – <br>‘मैले जीवनकै अन्तिम निर्णय गरेँ ’

काठमाडौं, ‘अदालत जागिरे मानसिकताबाट चलेको रहेछ, तर यो सेवाको भावनाबाट चल्ने पेसा हो ।’ तीनवर्ष अघि तत्कालीन मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी सामु राजीनामा बुझाएपछि एक दैनिक पत्रिकासँग दिवंगत न्यायाधीस भरतराज उप्रेतीले भनेका थिए – ‘आखिर मुद्दा मामिला भनेको मान्छेको इष्र्या र कमजोरीकै दस्तावेज न हो ।’ मुद्दाहरुको खेलमा विजेता  हुँदै मुद्दाकै अब्बल परिभाषा कोरेका उनले सोमबार आफ्नै जीवनसँग हारको पत्र कोरे । सर्वोच्चको न्यायाधीसबाट राजीनामा पत्र लेखेको ठिक तीनवर्ष नबित्दै उनले आफ्नै जीवनबाट राजिनामा दिए । आफ्नै जीवनको राजिनामा पत्रमा उनले ‘इच्छा मरण’ गरेको भनेका छन् । दुई छोरी एक छोरा रहेका उनी राजधानीको रातोपुलमा  श्रीमतीसहित  बस्दै आएका थिए । परिवारले खबर गरेपछि सोमबार बिहानै प्रहरी निरिक्षक नारायण रञ्जीतकारसहितको टोली कामनपा ३३ रुद्रमति मार्ग हुँदै उप्रेतीको साढे दुई तले घरतर्फ लाग्यो  ।  घरमा उनकी श्रीमती रोइरहेकी थिइन्, घरमा एक जना कामदार थिए । माथिल्लो तल्लाको दक्षिण तिर एक कोठामा सिलिङ फ्यानमा नाइलनको पासोमा झुण्डिएको अवस्थामा उप्रेती थिए । नजिकै  एउटा पत्र थियो । एक पन्नाको कागजमा उनकै हस्तलिखित अक्षर थिए । परिवारलाई सम्बोधन गर्दै लेखिएको त्यो मृत्यपत्रमा ‘मैले जीवनकै अन्तिम निर्णय गर्दैछु । ब्यागमा भएको ५ लाख मध्ये मेरो काजकिरिया गर्दा तडकभडक नगर्नु, अलिकति खर्च गरेर बाँकी भूकम्पपीडितको लागि प्रधानमन्त्री दैवि प्रकोप तथा राहत कोषमा जम्मा गरिदिनु ।’ यस्तै शब्दहरु । न्याय क्षेत्रमा विवादरहित छवि बनाएका उनी सर्वोच्च अदालतमा लामो समयसम्म  अस्थायी न्यायाधीसको रुपमा रहेका थिए । तर मंगलबारबाट उनी स्थायी रुपमै संसारबाट बिदा भएका छन् । झोँकी तर आँटिलो न्यायाधीसको रुपमा चिनिएका उनी अध्ययनशील मानिन्थे । २०६५ सालमा सरकारले उनलाई अस्थायी न्यायाधीसमा नियुक्ती गरेको थियो । लामो समयसम्म सरकारले थाई नगरेपछि उनी आफैंले स्वेच्छिक राजीनामा दिएका थिए । २०६९ मंसीरमा उनले राजीनामा दिएका हुन् । कर्पोरेट कानुनका प्राध्यापक रहेका उनले २९ वर्षसम्म प्रध्यापन गरेका थिए । उनलाई नजिकबाट बुझ्नेहरुका अनुसार  स्थायी न्यायाधीस नबनाएको प्रति उनी निकै दुःखी थिए ।  ‘करार न्यायाधीसमा काम गर्दा गर्दै उहाँ फ्रस्टेट भइसक्नु भएको थियो ।’ उनको पारिवारिक स्रोत भन्छ – ‘त्यहि तनावको कारण पनि उहाँ पछिल्लो समय सक्रिय हुनु भएन ।’ उप्रेतीले २०४२ सालमा   संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँगको सहकार्यमा पायोनिर ल फर्म खोलेका थिए । राजधानीको अनामनगरमा रहेको कार्यलयमा उनी चार वर्षे न्यायाधीश जीवनमा आफ्नै फर्ममा पाइलो टेकेनन् । तर राजीनामा दिएको दिन उनी त्यहाँ पुगेका थिए । त्यहिँबाट केहि समय फर्मको काम  पनि गरे । संविधानसभा भंग भएपछि नेम्वाङसँगै उनले पुनः कानुन व्यावसाय सुरु गरेका थिए । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ शिक्षण अस्पतालमै पुगेर उनी प्रति श्रद्धान्जली दिएर फर्केका छन् । विभिन्न उच्च पदस्थ अधिकारी श्रद्धान्जली दिन त्यहाँ पुगीसकेका छन् । श्रद्धान्जलीपछि उप्रेतीले भनेको सुसाइट नोट अनुसार सामान्य तरिकाले अन्त्येष्टि गरिने स्रोतले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy