Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

प्रियंका चोपडासँग इन्गेजमेन्ट् गरेका निक जोनास को हुन् ?

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउडका नायक, गायक तथा गीतकार निक जोनासको चिनजानको केही समयमै दुवैले इन्गेजमेन्ट् अर्थात विवाहको कुरा छिनेको पुष्टि गरेका छन् ।

टेक्ससका गायक तथा जोनास ब्रदर्स नामक साङ्गीतिक समूहका पूर्व सदस्य रहेका जोनास र बलिउड चर्चित अभिनेत्रीबीच शनिवार मुम्बइमा एउटा निजी कार्यक्रममा कुरा छिनिएको हो । दुवैले भारतीय परम्परागत लुगा लगाएका थिए । चोपडा र जोनासबीच इन्गेजमेन्ट हुने हल्ला करिब ३ सातादेखि चलेको थियो तर दुवैले त्यसबारे पुष्टि भने गरेका थिएनन् ।

सामाजिक सञ्जालमा चर्चा

दुवैबीच विवाह हुने कुरा छिनिएपनि विवाह कहिले हुने भन्ने चाहिँ अहिलेसम्म घोषणा भएको छैन । दुवैले आ-आफ्नो इन्स्टाग्राममा उस्तै खालका फोटो हालेका छन् । जोनासले चोपडा भविष्यकी पत्नी भनी लेखेका छन् । \"\" रोक्का भनिने उक्त इन्गेजमेन्ट समारोहमा जोडीले एकअर्कालाई उपहार दिने गर्छन् र परिवार पनि भेटाउँछन् । चोपडा सन् २००० की विश्व सुन्दरी हुन् भने उनले ५० भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छन् । सलमान खान, शाहरुख खान, अभिताभ बच्चन जस्ता भारतका चर्चित अभिनेतासँग उनले अभिनय गरेकी छन् । थुप्रै उपाधि र वाहवाही कमाएकी उनी बलिउडमा धेरै आम्दानी गर्ने मध्येकी एक अभिनेत्री हुन् ।

प्रेम प्रस्ताव

उनले दुई वर्षअघि टाइम पत्रिकाले संसारकै १ सय प्रभावशाली व्यक्तिहरूको सूचीमा राखेको थियो भने गत वर्ष फोर्ब्स पत्रिकाले उनलाई यस शक्तिशाली महिलाको सूचीमा राखेको थियो । बलिउडमा नाम कमाएकी उनले क्वान्टिको नामक अमेरिकी टिभी सिरियल हलिउडमा प्रवेश गरेकी थिइन् । उनले भेन्टिलेटर, बे वाच र अ किड लाइक ज्याक जस्ता चलचित्रमा पनि अभिनय गरिसकेकी छन् । सन् २०१८ मा ब्रिटेनका राजकुमार ह्यारीसँग हलिउड नायिका मेगन मार्केलले विवाह गर्दा त्यसको एकजना निम्तालुमा चोपडा पनि थिइन् । आफ्ना भाइहरु जो र केभिनसँगको ब्याण्डमा रहेका जोनासले भने डिस्नी च्यानलमा आउने क्याम्प रक जस्ता चलचित्रमा खेलेका छन् । जोनासले अभिनय थाल्दा उनी सात वर्षका मात्रै थिए । उनको जन्म अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा भएको थियो ।

को हुन् जोनास ?

सन् २००६ मा जब उनको पहिलो एल्बम इट्स अबाउट टाइम आयो तब निक जोनासको उमेर मुस्किलले १३ वर्षको थियो । सन् २०१४ मा आफ्नो ब्याण्ड टुटेपछि उनले २०१७ मा रिमेम्बर आइ टोल्ड यु निस्कियो जसमा ब्रिटेनकी कलाकार एनीमेरी पनि थिइन् । उनी केही चलचित्रमा पनि देखा परेका छन् । सन् २०१५ मा केयरफुल ह्वाट यु विस फर चलचित्रमा उनले अभिनय गरे । २५ वर्षको उमेरमा विवाह गर्न लागेका उनी चोपडा भन्दा ११ वर्ष कान्छा छन् । उनले गत जुन महिनामा लण्डनमा प्रियंकालाई प्रस्ताव राखेको बताइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending