Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रियंका चोपडासँग इन्गेजमेन्ट् गरेका निक जोनास को हुन् ?

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउडका नायक, गायक तथा गीतकार निक जोनासको चिनजानको केही समयमै दुवैले इन्गेजमेन्ट् अर्थात विवाहको कुरा छिनेको पुष्टि गरेका छन् ।

टेक्ससका गायक तथा जोनास ब्रदर्स नामक साङ्गीतिक समूहका पूर्व सदस्य रहेका जोनास र बलिउड चर्चित अभिनेत्रीबीच शनिवार मुम्बइमा एउटा निजी कार्यक्रममा कुरा छिनिएको हो । दुवैले भारतीय परम्परागत लुगा लगाएका थिए । चोपडा र जोनासबीच इन्गेजमेन्ट हुने हल्ला करिब ३ सातादेखि चलेको थियो तर दुवैले त्यसबारे पुष्टि भने गरेका थिएनन् ।

सामाजिक सञ्जालमा चर्चा

दुवैबीच विवाह हुने कुरा छिनिएपनि विवाह कहिले हुने भन्ने चाहिँ अहिलेसम्म घोषणा भएको छैन । दुवैले आ-आफ्नो इन्स्टाग्राममा उस्तै खालका फोटो हालेका छन् । जोनासले चोपडा भविष्यकी पत्नी भनी लेखेका छन् । \"\" रोक्का भनिने उक्त इन्गेजमेन्ट समारोहमा जोडीले एकअर्कालाई उपहार दिने गर्छन् र परिवार पनि भेटाउँछन् । चोपडा सन् २००० की विश्व सुन्दरी हुन् भने उनले ५० भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छन् । सलमान खान, शाहरुख खान, अभिताभ बच्चन जस्ता भारतका चर्चित अभिनेतासँग उनले अभिनय गरेकी छन् । थुप्रै उपाधि र वाहवाही कमाएकी उनी बलिउडमा धेरै आम्दानी गर्ने मध्येकी एक अभिनेत्री हुन् ।

प्रेम प्रस्ताव

उनले दुई वर्षअघि टाइम पत्रिकाले संसारकै १ सय प्रभावशाली व्यक्तिहरूको सूचीमा राखेको थियो भने गत वर्ष फोर्ब्स पत्रिकाले उनलाई यस शक्तिशाली महिलाको सूचीमा राखेको थियो । बलिउडमा नाम कमाएकी उनले क्वान्टिको नामक अमेरिकी टिभी सिरियल हलिउडमा प्रवेश गरेकी थिइन् । उनले भेन्टिलेटर, बे वाच र अ किड लाइक ज्याक जस्ता चलचित्रमा पनि अभिनय गरिसकेकी छन् । सन् २०१८ मा ब्रिटेनका राजकुमार ह्यारीसँग हलिउड नायिका मेगन मार्केलले विवाह गर्दा त्यसको एकजना निम्तालुमा चोपडा पनि थिइन् । आफ्ना भाइहरु जो र केभिनसँगको ब्याण्डमा रहेका जोनासले भने डिस्नी च्यानलमा आउने क्याम्प रक जस्ता चलचित्रमा खेलेका छन् । जोनासले अभिनय थाल्दा उनी सात वर्षका मात्रै थिए । उनको जन्म अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा भएको थियो ।

को हुन् जोनास ?

सन् २००६ मा जब उनको पहिलो एल्बम इट्स अबाउट टाइम आयो तब निक जोनासको उमेर मुस्किलले १३ वर्षको थियो । सन् २०१४ मा आफ्नो ब्याण्ड टुटेपछि उनले २०१७ मा रिमेम्बर आइ टोल्ड यु निस्कियो जसमा ब्रिटेनकी कलाकार एनीमेरी पनि थिइन् । उनी केही चलचित्रमा पनि देखा परेका छन् । सन् २०१५ मा केयरफुल ह्वाट यु विस फर चलचित्रमा उनले अभिनय गरे । २५ वर्षको उमेरमा विवाह गर्न लागेका उनी चोपडा भन्दा ११ वर्ष कान्छा छन् । उनले गत जुन महिनामा लण्डनमा प्रियंकालाई प्रस्ताव राखेको बताइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: