Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

तीजः भड्किलो हैन, सजिलो बनाऔं

दाङ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् । यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ । परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्ष मनाउने शैली फेरिएकामा बौद्धिक क्षेत्र तथा अन्य क्षेत्रमा क्रियाशील महिलाले चिन्ता व्यक्त गरेका छन् । शिवपार्वतीको सम्बन्ध जोडिएको यस पर्वमा अविवाहिता महिलाले सुयोग्य पति पाउन र विवाहिताले सौभाग्यको कामना गर्दै व्रत बसी पूजाराधना गर्ने चलन छ ।

पछिल्ला वर्ष तीज पर्वलाई भड्किलो रुपमा मनाउने चलन शुरु भएको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका शिक्षिका कालिका रेग्मी बताउँछिन् । उनी भन्छन्,“पहिला पहिला त महिलाहरु वर्षभरिको पिरमर्का र आफूले भोग्नुपरेका समस्या गीतमार्फत पोख्थे, अहिले भने रमाइलोेका लागि मनाउँछन् । तीज आउन केही दिन मात्र बाँकी हुँदा माइत जाने, तीजको व्रत बस्ने, गाउँघरका सङ्गिनीहरु एकै ठाउँ जम्मा भई पूजाआजा र नाचगान गर्ने चलन थियो । अहिले त तीज आउन एक महिना अगाडि नै घर तथा होटल र रेष्टुराँमा दर खाने, नाचगान गर्ने, कपडा–गहना प्रदर्शन गर्ने दृश्य टेलिभिजन, सामाजिक सञ्जालमा देख्दा चिन्ता लाग्ने गर्छ ।” शिक्षिका रेग्मी पनि तीजको व्रत बस्छिन् । उहाँ दिनभरी व्रत बसेर पूजाराधना गरेर बेलुका फलफ्ूल, दूध पिउनुहुन्छ तर कति महिला त श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिई व्रत बस्ने देख्दा नरमाइलो लाग्छ । श्रीमानको खुट्टाको बूढी आैंलाको पानी खाने काम चाहिँ आफूले नगर्ने उहाँको भनाइ छ । तीज पर्वलाई आजभोलि फरक ढङ्गले मनाउने गरेको देख्दा कतै हाम्रो संस्कृति लोप हुने होइन त भन्ने शङ्का लाग्न थालेको तुलसीपुर उपमहानगरपालिका–५, तुलसीपुर निवासी सुटिङ प्रशिक्षक माया रोका बताउछिन् । उनी भन्छिन्, “यो पर्व आउन धेरै दिन अगाडिदेखि विशेष गरेर बजार क्षेत्रमा गरिने दर खाने कार्यक्रम कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुने खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्न थालेको छ ।” उनी परापूर्वकालदेखि चलिआएको सो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बसी पूजापाठ गर्नुहुन्छ । उहाँ बेलुकीपख दूध तथा फलफूल खान्छिन ।

रेग्मी र रोका मात्र होइन तुलसीपुर उपमहानगरपालिका–६ की गृहिणी सुशीला भट्टराईले पनि तीज पर्वलाई सामान्य रुपमा मनाउने सोच बनाएकि छिन् । उनी भन्छिन्, “आजभोलि रेडियो, टेलिभिजनमा बज्ने गीत तथा नृत्य र तीज आउन एक महिना बाँकी रहँदा गरिने कार्यक्रम सुन्दा हेर्दा मलाई नमज्जा लाग्छ”, उनी भन्छिन्, “तीज आउन चार पाँच दिन अगाडि त्यस्ता कार्यक्रम आयोजना गरे पनि हुुने थियो नि ? यसले त निम्न वर्गका महिलाको त यो चाड होइन कि जस्तो आभाष हुन थालेको छ ।” तीजमा शैक्षिक, सरसफाइ, जागरणका भाका समेटिएर गीत गाउने गरिन्थ्यो तर अहिले त विकृति अँगाल्नेखाले मात्र गीत नृत्य प्रदर्शनले कतै हाम्रो संस्कृति नै हराउने त होइन भन्ने चिन्ता लाग्ने गरेको भट्टराई बताउँछिन् । यस्तै चिन्ता विजौरी क्याम्पस दाङकी प्रा निर्मला डाँगीलाई पनि छ । उनी भन्छिन् “यो पर्वलाई देखासिकीको पर्व, कपडा तथा गहना प्रदर्शन गर्ने र भड्किलो पर्वको रुपमा मनाउने प्रचलन बन्द गर्नु नै पर्छ । यसलाई आफ्नो गच्छेअनुसार हाँसीखुशी रमाइलो गरेर सहज तरीकाबाट मनाउनुपर्छ ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending