Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

तीजः भड्किलो हैन, सजिलो बनाऔं

दाङ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् । यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ । परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्ष मनाउने शैली फेरिएकामा बौद्धिक क्षेत्र तथा अन्य क्षेत्रमा क्रियाशील महिलाले चिन्ता व्यक्त गरेका छन् । शिवपार्वतीको सम्बन्ध जोडिएको यस पर्वमा अविवाहिता महिलाले सुयोग्य पति पाउन र विवाहिताले सौभाग्यको कामना गर्दै व्रत बसी पूजाराधना गर्ने चलन छ ।

पछिल्ला वर्ष तीज पर्वलाई भड्किलो रुपमा मनाउने चलन शुरु भएको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका शिक्षिका कालिका रेग्मी बताउँछिन् । उनी भन्छन्,“पहिला पहिला त महिलाहरु वर्षभरिको पिरमर्का र आफूले भोग्नुपरेका समस्या गीतमार्फत पोख्थे, अहिले भने रमाइलोेका लागि मनाउँछन् । तीज आउन केही दिन मात्र बाँकी हुँदा माइत जाने, तीजको व्रत बस्ने, गाउँघरका सङ्गिनीहरु एकै ठाउँ जम्मा भई पूजाआजा र नाचगान गर्ने चलन थियो । अहिले त तीज आउन एक महिना अगाडि नै घर तथा होटल र रेष्टुराँमा दर खाने, नाचगान गर्ने, कपडा–गहना प्रदर्शन गर्ने दृश्य टेलिभिजन, सामाजिक सञ्जालमा देख्दा चिन्ता लाग्ने गर्छ ।” शिक्षिका रेग्मी पनि तीजको व्रत बस्छिन् । उहाँ दिनभरी व्रत बसेर पूजाराधना गरेर बेलुका फलफ्ूल, दूध पिउनुहुन्छ तर कति महिला त श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिई व्रत बस्ने देख्दा नरमाइलो लाग्छ । श्रीमानको खुट्टाको बूढी आैंलाको पानी खाने काम चाहिँ आफूले नगर्ने उहाँको भनाइ छ । तीज पर्वलाई आजभोलि फरक ढङ्गले मनाउने गरेको देख्दा कतै हाम्रो संस्कृति लोप हुने होइन त भन्ने शङ्का लाग्न थालेको तुलसीपुर उपमहानगरपालिका–५, तुलसीपुर निवासी सुटिङ प्रशिक्षक माया रोका बताउछिन् । उनी भन्छिन्, “यो पर्व आउन धेरै दिन अगाडिदेखि विशेष गरेर बजार क्षेत्रमा गरिने दर खाने कार्यक्रम कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुने खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्न थालेको छ ।” उनी परापूर्वकालदेखि चलिआएको सो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बसी पूजापाठ गर्नुहुन्छ । उहाँ बेलुकीपख दूध तथा फलफूल खान्छिन ।

रेग्मी र रोका मात्र होइन तुलसीपुर उपमहानगरपालिका–६ की गृहिणी सुशीला भट्टराईले पनि तीज पर्वलाई सामान्य रुपमा मनाउने सोच बनाएकि छिन् । उनी भन्छिन्, “आजभोलि रेडियो, टेलिभिजनमा बज्ने गीत तथा नृत्य र तीज आउन एक महिना बाँकी रहँदा गरिने कार्यक्रम सुन्दा हेर्दा मलाई नमज्जा लाग्छ”, उनी भन्छिन्, “तीज आउन चार पाँच दिन अगाडि त्यस्ता कार्यक्रम आयोजना गरे पनि हुुने थियो नि ? यसले त निम्न वर्गका महिलाको त यो चाड होइन कि जस्तो आभाष हुन थालेको छ ।” तीजमा शैक्षिक, सरसफाइ, जागरणका भाका समेटिएर गीत गाउने गरिन्थ्यो तर अहिले त विकृति अँगाल्नेखाले मात्र गीत नृत्य प्रदर्शनले कतै हाम्रो संस्कृति नै हराउने त होइन भन्ने चिन्ता लाग्ने गरेको भट्टराई बताउँछिन् । यस्तै चिन्ता विजौरी क्याम्पस दाङकी प्रा निर्मला डाँगीलाई पनि छ । उनी भन्छिन् “यो पर्वलाई देखासिकीको पर्व, कपडा तथा गहना प्रदर्शन गर्ने र भड्किलो पर्वको रुपमा मनाउने प्रचलन बन्द गर्नु नै पर्छ । यसलाई आफ्नो गच्छेअनुसार हाँसीखुशी रमाइलो गरेर सहज तरीकाबाट मनाउनुपर्छ ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: