जेष्ठ १५ गते, २०७२ शुक्रवार 29th May, 2015 Fri१८:५२:४९ मा प्रकाशित
यसै हप्ता अर्थात १३ गते कृष्ण सेन ‘इच्क्षुक’ को सहहादत दिन हो । उनलाई सम्झनु, स्मृति कार्यक्रम गर्नु भनेको उनैको चरित्र स्विकार्नु हो, अनुयायी हुनु हो । आखिर के र को थिए उनी ? उनलाई सम्झनु पछाडिका कारण के छन् ? के सेनको सराद्दे गर्नलाई हो की ! आर्दश पछ्याउन र अनुकरण गर्न ! उनी भन्थे– शब्दको पनि वर्ग पक्षधारिता हुन्छ, जसले जुन मान्छेको आस्था, विश्वास, मान्यता र सपनासँग आफूलाई जोडेको र जाडिरहेको हुँदैन त्यसले उसको यादमा श्रद्धा नभई सराद्दे गरिरहेको हुन्छ । लेख्नका लागी लडौं, लड्नको लागि लेखौं मनोविलासका लागी भने हैन । लेख्नु व्यवसाय पटक्कै हैन, यो त कर्म हो, संर्घषको पक्षधारिता वा कर्णाल फुक्नु हो जुन शंखनादले बैरीको मुटु छियाछिया पार्छ, तब कलम समाउनेहरूको भौतिक शरीर छियाछिया पार्छ । ०५९ साल जेठ १३ गते प्रदर्शनी मार्गमा रहेको पुलिस क्लबमा हत्या भएको थियो । त्यसैले अहिले अझ उनका वार्षिक याद गर्ने सामु श्रद्धा कि सराद्दे भन्ने प्रश्न उभिरहन्छन् ।
इच्छुक कवि थियो, साहित्यकार थियो, पत्रकार थियो, संपादक थियो, त्यसभन्दा पनि ज्यादा जस्तो सोच राख्थ्योे त्यस्तै उसको सरल, सहज जीवन पनि थियो । विज्ञानको भाषामा जीवन र जगतसँग कलामय बात माथ्र्यो । पुँजी र प्रविधिको मिलापले उपभोक्तावादी संस्कृती र त्यसले मिडिया, साहित्य, संस्कृति र राजनीतिलाई पारेको असरको सुक्ष्म तरिकाले नियाल्ने मात्र हैन त्यस विभ्रम विरुद्धको जनमत तयार गर्न, आमूल परिवर्तनको मनोदशा तयार गर्न सदा सक्रिय रह्यो । जीवनका अधिकांश युवापन जेलमै बितायो । ऊ आन्दोलनको प्रवक्ता थियो । भन्नु, हुनु, गर्नु र देखिनु बीचमा पटक्कै भिन्नता थिएन । पाल्सी कुरा जान्दै जान्दैनथ्यो ऊ । त्यो नै उसको महानता हो । कर्मलाई आर्दशले निर्देशित गरेको थियो ।
आफ्नै आर्दशप्रति समर्पित एउटा बौद्धिक योद्धा थियो ऊ । जति बाँच्यो, गर्विलो तरिकाले जियो, वैरीलाई अत्याउदै शानसँग म¥यो । उसका वैरीलाई त अहिले पनि सपनीमा आतंकै बनेको छ, हकवाला दाबी गर्नेलाई पनि आर्दशको चावुक हान्दा मर्माहत बनाएको छ । आन्दोलनले, संर्घषले, मानवीय आर्दशले उसलाई सत्तीसाल बनाएको र दायित्वले नौनीभन्दा नरम बनाएको थियो । दुश्मनप्रति घृणा र आफन्तको प्रेमले साँच्चै नै विमति राख्नेले पनि धैर्यतासँग उसलाई सुन्ने गर्थे । गम्भीर कुरालाई अत्यन्तै सहज तरिकाले राख्ने, असहमतिलाई पनि शालीन भद्र तरिकाले आफ्नाे पक्ष राख्ने साँच्चैको असल मान्छे थियो ऊ ।
हरेक आन्दोलन, सत्ता र वौद्धिकको द्वन्दात्मक सम्बन्ध रहन्छ । अक्षरको पनि प्रतिवद्धता र पक्षधारिता हुन्छन् । आन्दोलन, पार्टी र गुट भनेका एउटै हैनन । जहिले र जहाँ पनि, अक्षर हरेक किसिमका सत्तालाई आतंक बन्छन् । जब सत्ता अभिभावक बन्न सक्दैनँ तब हरेक खाले त्यस्ता सत्ताको चुनौती दिने कवि हुन्छन् । सत्ताधारी सेन्सरहीन अक्षरदेखी आतंकित हुन्छन् । जब अक्षरले देखाएका सपनाले मान्छे बिउझिँदै आफूलाई चिन्न र गर्जन थाल्छ, तब अक्षरकारलाई उनीहरु पहिला भजन किर्तन गर्न लगाँउछन, सुविधाको चास्नी चसाउँछन्, लालसाको भोक जगाएर राजकविमा फेरि दिन्छन् वा दाताको, शक्तिको, सत्ताको, पहुँचदारको सौन्र्दयकारमा फेरिन हुकुम दिन्छन । जो फेरिन चाहँदैनन् उनीहरु सत्ताका वैरी ठहरिन्छन् । सत्ता उनीहरु माथी बर्जन्छ । अनि बनाइन्छन् कृष्ण सेन, केन सारो विवा (नाइजेरिया) रोजा रोदा रोखास (चिली) चेरावण्डा राजु –(भारत) गाण्टि प्रसादम (भारत) । अबु मोविया जमाल (सयुक्त राज्य अमेरिका) र एउटा अपांग प्रोफेसर जी.यन. साईबाबा शक्तिशाली भारतीय सत्तालाई आतंक बनेर जेलमा सडाईन्छन् । अनी सेन्सरहीन कलमको निप भाँचेपछि भजनमण्डली तयार हुन्छन् भन्ने भ्रमित हुन्छन् सत्ताधारीहरु । शक्ति कहिल्यै पनि आलोचना, विमति सुन्न, हेर्न चाहँदैन प्रशंसामा रम्न चाहन्छ र आफ्ना कमी कमजोरी उजगार गर्नेलाई शत्रु सोच्न थाल्छ । अझ आन्दोलनले हैसियत गुमाएर गुटमा फेरिन थाल्छ, सबभन्दा मर्माहत बन्छ, गुटियार बन्न नचाहन सेन्सरहीन वौद्धिकतप्का र उसलाई अराजक भन्न थालिन्छ पनि । यो आलोचनात्मक चेत निषेध गरिएका राजनीतिक पार्टी सत्तामा पनि लागु हुन्छ भने राज्यसत्ता त विमतिका भाषा पटक्कै सुन्नै चाहँदैन । विगतमा माओवादी मिडियामैत्री बन्न नसक्नाका कारण पनि यिनै रहे । परिस्थितिले तितो यर्थात स्वीकार्न विवस पार्छ र त्यो अवस्था विचार भावनामय बन्दा हुन्छ ।
व्यक्तिबाट व्यक्तित्वमा फेरिएका र मरेर बाँचिरहने मानिसले जिँउदै बनिरहन चाहनेलाई सदा प्रेरणामात्र हैन गम्भीर प्रकारको आत्मसमीक्षा गरेर अगाडि बढ्न पनि दिशानिर्देश गरिरहन्छ । अक्षरबाट आतंकित सत्ताले सेनलाई मा¥यो, तर निर्भीक पत्रकारिताका समुन्ने लाचार बन्यो, छिपाउन सकेन । सेन मारिएको १३ वर्ष बित्यो, माओवादी स्वयं आफ्नै प्रतिवद्धतामा कति खरो उत्रन सक्यो सकेन, इच्छुकको साँच्चैको हकवाला कति बने ! माओवादी त्यो समीक्षाकै विषय हो । विश्वका मजदुर एक भन्नेहरुलाई शत्रु खोज्न अन्त जान परेन, त्यसको असर के कस्तो रह्यो भनीरहन परेन । यसैलाई मनन गर्न पनि केही आर्दश व्यक्तित्वको आवश्यक पर्दो रहेछ, त्यो बन्यो मारिएका सेनले ललकारेको क्षण । सेन दुश्मनलाई मात्रै हैन अहिलेका माओवादीलाई पनि ‘आतंक’ बनेका छन् ।
हो, १३ वर्ष पहिला एउटा कवि, पत्रकार, साहित्यकार र मानवतावादी सुन्दर सपना देख्ने एउटा असल र अग्लो मान्छेलाई शाही सत्ताले सिकार खेल्यो । कृष्ण सेन मारियो । तब आन्दोलन, विद्रोह र आस्थाको राजनीति गर्ने वौद्धिक बिम्ब बन्यो ऊ । सेनले चिहानबाट १३ हजार सहिदको प्रतिनिधित्व गर्दै चिच्यायो ‘घरमा आगो लगाएर कोही न्यानो बन्दैन र घरै जलिरहेको बेला मुलकोठामा कसको ओछ्यान भन्ने मुर्खता नगर’ ।
निजी र पुँजीको उसले कहिल्यै आशक्ति देखाएन, विलासिताले कहिल्यै मोहित बनाएन उसलाई । समस्या आएका र त्यसलाई निराकरण गर्न नयाँ सन्र्दभमा नयाँ उचाईमा उभिएर ललकार्यो सेनले । उसका शंखनाद को, कसले कति सुनेका छन् ? सुन्नेवाला छन् ? सेन प्रसंगले सबै माओवादीलाई भावनामय बनाएर सहिदलाई अंशबण्डा गर्ने घृणित खेलमा सामेल नगराउन चेतावनी पनि दिँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: