Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

संविधान निर्माणलाई प्राथमिकता दिने काँग्रेसको निष्कर्ष

काठमाडौँ, राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलिरहेका बेला सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले अहिले सरकारभन्दा संविधान पहिलो प्राथमिकताको विषय भएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले संविधान समयमै बन्नुपर्छ भन्ने राष्ट्रिय साझा सङ्कल्प भएकाले सम्पूर्ण प्रयत्न त्यसैमा केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्ने आवश्यकतालाई औँल्याउँदै काँग्रेसले त्यसका निम्ति आवश्यक परे सहमतिको सरकार गठन गर्नसमेत आफ्नो पार्टी तयार रहेको जनाएको छ ।

बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने – \'संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्छ, यसका निमित्त आवश्यक पर्छ भने सहमतिको सरकार गठन गर्न हाम्रो पार्टीले पहिलादेखि नै भनेको हो , तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा हो ।\' उनले शुक्रबारको चार दलका शीर्ष नेताहरुको बैठक र त्यसअघिको काँग्रेस पदाधिकारीको बैठकले पनि संविधान निर्माणलाई प्राथमिकता दिने निष्कर्ष निकालेको जानकारी दिए ।

\'अहिले संविधान जारी हुँदासम्म काँग्रेसको नेतृत्वमा रहने कुरा सबैलाई थाहा छँदैछ, यो एउटा सहमति एमालेसितको प्रारम्भिक रुपमै भएको हो सरकार निर्माण हुँदा । संविधान जारी भइसकेपछि नयाँ नेतृत्वमा जाने बाटो खुल्छ त्यसका निमित्त हामी तयार छौँ\' – प्रवक्ता बडूले भने

भूकम्पले ल्याएको विपत्तिको पुनःनिर्माणसँगै संविधान निर्माण गरेर अहिलेको राजनीतिक सङ्क्रमणलाई छोट्याउन सके थप सम्पूर्ण शक्ति पुनःनिर्माण र पुनःस्थापनामा लगाउन सकिने भन्दै उहाँले अहिलेको प्राथमिकता संविधान नै भएकाले यसलाई जतिसक्दो पूर्णता दिनुपर्नेमा जोड दिए ।

आजै साँझ बस्ने चार दलको बैठकमा पनि सोही विषयमा छलफल हुने र सम्पूर्ण प्रयत्न संविधान निर्माणमा केन्द्रित गर्नेतर्फ सबै पार्टी एक ठाउँमा पुग्ने उनको विश्वास छ ।

संविधान निर्माणका निमित्त आवश्यक परेको खण्डमा जसरी अहिले एकताबद्ध भएर सम्पूर्ण पार्टीहरु विपद् व्यवस्थापनमा जुटेका छन् त्यसैगरी संविधान निर्माणमा पनि सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने काँग्रेसको धारणा छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending