Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

७९ वर्षीय जनप्रतिनिधि, युवाकोभन्दा कम छैन सक्रियता

म्याग्दी । बाटो उकालो, ओरालो । गाउँ समाजको भेला समारोह । ७९ वर्षीय दिलीप शेरचनको सक्रियता युवा जनप्रतिनिधिको तुलनामा कम छैन । आजको कान्तिपुर दैनिकमा यो खबर छ - मालिका गाउँपालिका ४, ओखरबोटका वडाध्यक्ष उनी अहिलेका जनप्रतिनिधि मात्रै होइनन्, अनुभवी राजनीतिज्ञ र सामाजिक कार्यकर्ता पनि हुन् । लामो समय गाउँ पञ्चायतको प्रधानपञ्च रहेका उनी गत वर्ष माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएर वडाध्यक्ष निर्वाचित भएका हुन् । उनको बसाइँ पुर्ख्यौली थलो ओखरबोटबाट ३ घण्टा तल दरबाङमा सरेको छ । दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र हो । जनप्रतिनिधि भएपछि शेरचन प्रायस् गाउँमै बस्छन् । मुकाममा पनि काम परिरहन्छ, त्यसैले सातामा एक दिन गाउँपालिका कार्यालय झर्छन् । उकालो–ओरालो बाटोमा हतार परे आउजाउ गर्न उनको आफ्नै गाडी पनि छ । दसैं संघारमा छ । बर्खाको झरीबादल र बाढीपहिरोले भत्केका सबै ग्रामीण सडक मर्मत गर्नुपर्नेछ । योजना प्राथमिकीकरण गर्ने, डोजर खोज्ने, लागत इस्टिमेट गराउने र सडक सफा गर्ने कामको चटारो छ । लट्ठी टेक्दै उनी छरिएका बस्ती पुगेर बैठक बस्ने र योजना अनुगमन गर्नै व्यस्त छन् । ‘आफ्नो थलो नै यस्तै वल्लो र पल्लो पहाडको टुप्पोमा छरिएका छन् । जनताको सेवा गर्छु भनेर कस्सिएपछि बुढो भएँ भन्न कहाँ पाइन्छ ?’ उनले भने, ‘उमेर पनि वातानुकूलित भयो कि बाध्यताले हिँडायो कुन्नि । मनमा जमेर रहेको तन्नेरी जोसले काममा सक्रिय गराउँछ मलाई ।’ मालिका ४, ओखरबोट तामाको खानी भएको थलो हो । २०१८ देखि २०४६ सम्म ओखरबोटका २२ खानीबाट तामा निकाल्ने काम भएका थिए । खानी सञ्चालन गरेका शेरचन तामा उत्खनन गर्ने रैथाने सुरुङ प्रविधिका जानकार पनि हुन् । शेरचन राजनीतिमा जस्तै सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । माओवादीको सशस्त्र विद्रोह समयकाल ०६०-६१ ताका उनले नागरिक अगुवाका रूपमा जनताबाट चन्दा संकलन गरी बाबियाचौर–दरबाङ १४ किमि सडक खन्ने कामको नेतृत्व गरेका थिए । दरबाङबाट ओखरबोटसम्म १० किमि सडक निर्माण गर्न लगाएँ । गाउँमा लघु जलविद्युत् निर्माण मात्र गरेनन्, उद्योग चलाउन आवश्यक छ भनी विद्युत्को राष्ट्रिय प्रसारण पुर्‍याउन पनि अगुवाइ गरे । शेरचन स्थानीय ओखरबोट माविका संस्थापक पनि हुन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy