Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रधानमन्त्री कोइरालाले फुटबल खेल्ने

काठमाडौँ, भूकम्पपीडितको आर्थिक सहयोगको लागि प्रधानमन्त्री सुशील कोइरालाले फुटबल खेल्ने भएका छन् । यही जेठ २३ गते नयाँ पत्रिका दैनिककाे आयोजनामा काठमाडौँमा आयोजना हुने राजनीतिक दलका नेता र चलचित्र क्षेत्रका कलाकारबीच हुने मैत्रीपूर्ण खेलमा प्रधानमन्त्रीले सहभागी हुने वचन दिएका हुन् । “आयोजकहरुले मलाई आमन्त्रित गर्नुभएको छ , अरू नेतालाई पनि गर्नुभएको छ”, प्रधानमन्त्री कोइरालाले भने, “म अवश्य पनि आउँछु ।” सो अवसरमा प्रधानमन्त्री कोइरालाले “मुलुकमा यस्तो विपद् आइपरेको छ, हजारौँ नागरिकले जीवन गुमाउनुप¥यो, लाखौँ घरबारविहीन भएर दुःखमा बस्नु परेको छ, उहाँहरुलाई सघाउन तपाईँहरुले चाल्नुभएको कदममा मेरो समर्थन र साथ रहनेछ ।” भनेका थिए । उनले यसरी सङ्कलित रकम सरकारी निकायको समन्वयमा पीडितसमक्ष पुर्रयाउन पनि आग्रह गर्नुभयो । “कुन ठाउँमा राहत रकम र सामग्री पर्याप्त पुगेको छ र कहाँ कम पुगेको छ भन्ने जानकारी प्रमुख जिल्ला अधिकारीलाई हुन्छ”, प्रधानमन्त्रीले भने, “उहाँहरुसँग समन्वय गर्दा नपुगेको र कम पुगेको स्थानमा पु¥याउन सजिलो हुन्छ ।” विपद्का समयमा सडक यातायातको केही सुगमता भएका स्थानमा राहतको खातै खात लाग्ने र दुर्गम स्थानमा रित्तो हात हुने अवस्था आउन नदिन सरकारले एकद्वार पद्धति अबलम्बन गरेको बताए । राहत सङ्कलन गरी वितरण गर्न स्वतन्त्रता दिइएको तर त्यस्तो राहत अत्यावश्यक समूह र व्यक्तिसमक्ष पुग्न सकोस् भनेर राहत आवश्यक भएका स्थानको पहिचान गरी इच्छुक व्यक्ति र संस्थालाई ती क्षेत्रमा पु¥याउन स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गरिएको उनको भनाई थियो । प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको सञ्चालन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षता विभिन्न आठ मन्त्रालयका सचिव रहेको समितिले गर्ने पनि स्पष्ट पारे । “अन्य मुलुकमा जस्तै सम्मानका लागि प्रधानमन्त्रीको पद जोडिएको हो तर यसको सञ्चालनबारे प्रधानमन्त्रीको कुनै भूमिका नै हुँदैन ।” उनले भने । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष सञ्चालक समितिले गृह मन्त्रालयको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको मागअनुरुप सो समितिलाई र सो समितिले सिधै जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा रकम पठाउने व्यवस्था गरेको छ । सो कोषमा रहेको रकमको लेखा परीक्षण समेत हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending