Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यसरी रित्तिँदै छन् राजधानीका तारे होटल

काठमाडौँ, विनाशकारी भूकम्पबाट पर्यटन क्षेत्रमा भएको भौतिक क्षतिपछि पर्यटकको चहलपहल घटेर राजधानीका अधिकांश ठूला तारे होटल रित्तिन थालेका छन् ।

पर्यटकका भरमा चल्दै आएका कतिपय तारे होटललाई भूकम्पपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा आएको कमीले कर्मचारीलाई तलब खुवाउनसमेत कठिनाइ भएको छ ।

भूकम्प र त्यसपछिका पराकम्पले पर्यटक आगमनमा कमी आएको छ । तारे होटलमा हुने कार्यक्रम, गोष्ठी, तालिम ठप्प छन् । वैशाख र जेठमा हुने विवाह, व्रतबन्धका भोज पनि बन्द हुँदा यस्ता होटल थप मारमा परेका छन् ।

राजधानीको ग्रान्ड होटलका आवासीय प्रबन्धक अमीर प्रधानाङ्ग भूकम्पपछि होटलहरुमा पर्यटकको चहलपहल शून्यसरह भएको बताउँछन् । \'भूकम्पलगत्तै उद्धार र राहतका लागि आएका केही अन्तर्राष्ट्रिय टोलीका कारण चहलपहल देखिए पनि क्रमशः उनीहरु फर्किंदै गएपछि होटल सुनसान बन्दै गएका छन्\' – उनले भने ।

वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाली पराकम्पले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ । पर्वतारोहण, पदयात्रा, जलयात्रालगायतका साहसिक पर्यटनका कारण विश्वमै प्रसिद्ध नेपालका पुरातात्विक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरता पर्यटकीय आकर्षणका थप विषय हुन् । सन् २०१४ मा हवाई तथा स्थलमार्गबाट करिब आठ लाख पर्यटक नेपाल भित्रिएका थिए ।

अहिलेको मौसममा भारत र चीनबाट बढी पर्यटक आउँछन् । तर भूकम्पको त्रासले पर्यटक ह्वात्तै घटेका छन् । अधिकांश होटलका बुकिङ रद्द गरिएका छन् । बुकिङ भइसकेका मध्ये पनि ६० देखि ७० प्रतिशत रद्ध भएका होटलले जनाएका छन् ।

राजधानीका पाँचतारे होटलको कारोबारमा ७० प्रतिशत कमी आएको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको भनाइ छ । \'भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण तथा पर्यटकीय क्षेत्रहरूको मर्मत र सुधार गरी पर्यटनलाई सामान्य अवस्थामा लैजान विभिन्न कार्ययोजना अघि बढाइसकिएको छ\'– महानिर्देशक गौतमले भने।

तर काठमाडौँ र नगरकोटका होटलका तुलनामा धुलिखेलका रिसोर्टमा भने विभिन्न कार्यक्रम, गोष्ठी तथा तालिम गर्नेदेखि धुम्न आएका पर्यटकले भरिभराउ छन् । भूकम्प प्रभावित जिल्लामा राहत वितरण र अध्ययन गर्न आउने संस्थाका प्रतिनिधि तथा तय भइसकेका कार्यक्रम, तालिम र गोष्ठीले गर्दा धुलिखेलका ठूला रिसोर्ट भरिभराउ रहेको मिराबेल रिसोर्टका प्रबन्ध निर्देशक भोला थापा बताउँछन् । धुलिखेलमा साना ठूला गरी ६६ रिसोर्ट छन् ।

\'काठमाडाैँ र नगरकोटका होटलका तुलनामा यहाँका रिसोर्टमा भूकम्पले कम क्षति भएका कारण सुरक्षित ठानेर यहाँ बस्न आउने पर्यटकमा खासै कमी आएको छैन\' – प्रबन्ध निर्देशक थापा बताउँछन् ।

काठमाडौँपछिको प्रसिद्ध पर्यटकीय स्थल पोखरा, लुम्बिनी, चितवनजस्ता क्षेत्रमा भने भूकम्पले कुनै असर गरेको छैन । पोखराका पर्यटन व्यवसायीले पर्यटक कम भएपछि पर्यटक तान्न खान, बस्न र घुमघाममा छुटको योजना अघि सारेका छन् । लाङटाङ र सगरमाथा क्षेत्रमा भूकम्पले क्षति पु¥याएको छ । तर त्यसबाहेकका प्रमुख पर्यटकीय क्षेत्रमा भने खासै क्षति पुगेको छैन ।

भूकम्पबाट होटल तथा रेस्टुराँमा भएको क्षतिबारे पर्यटन विभाग र सहरी विकास भवन निर्माण विभागले प्राविधिक निरीक्षण गरिरहेको छ । प्राविधिक टोलीले अधिकांश होटल बस्न योग्य भए पनि कतिपयमा भने क्षति पुगेको जनाएको छ ।

टोलीका संयोजक इञ्जिनियर कोषनाथ अधिकारीका अनुसार नयाँ बानेश्वरको एभरेष्ट होटलको भवनमा संरचनागत क्षति भएकाले हाललाई बस्न असुरक्षित भनी रातो स्टिकर टाँसिएको छ । रातो स्टिकर टाँसिएपछि होटल एभरेष्टले आफ्ना सबै कर्मचारीलाई बिदा दिई होटल बन्द गरेको छ ।

प्राविधिक टोलीले राजधानीका हायात रिजेन्सी, सोल्टी, ¥याडिसन, अन्नपूर्ण, मल्ल र साङ्ग्रिला होटलमा हरियो स्टिकर (बस्न मिल्ने) टाँसेको छ । सोल्टी होटलको भवनसम्म पुग्ने बाटोका पर्खाल मर्मत गर्नुपर्ने र त्यहाँको क्यासिनो भवनमा सामान्य क्षति भएको छ । हायात रिजेन्सीको क्यासिनो भवनमा सामान्य मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर (कम खतरा) टाँसिएको छ । होटल अन्नपूर्णको क्यासिनो भवनमा रातो स्टिकर (खतरा) टाँसिएको छ । सो भवन भत्काउन थालिएको छ ।

ठमेलको काठमाडौँ गेष्ट हाउसका पाँच भवनमध्ये हेरिटेज ब्लक प्रयोग नगर्न भनिएको छ । ताहाचलको ग्रान्ड होटल र सँगैको प्लाटिनम होटल सुरक्षित छन् । लाजिम्पाटको बजेट होटल पूर्ण रूपमा क्षति भएको छ ।

प्राविधिक टोलीका संयोजक अधिकारीले पूर्ण क्षति भएकालाई कुनै स्टिकर नटाँसिने स्पष्ट गर्नुभयो । \'रातो स्टिकर पनि मर्मत गर्न सकिने र गर्न नसकिने दुवैखालका हुने गरी टाँसिएको छ\' – उनले भने।

एयरपोर्ट होटलका दोस्रो र तेस्रो तलाका पर्खाल चर्केकाले पहेँलो स्टिकर लगाइएको छ । प्राविधिक परीक्षणमा ठमेलको होटल मनाङ सुरक्षित देखिएको छ । त्यहाँ हरियो स्टिकर लगाइएको छ ।

पर्यटन विभाग होटल शाखाका अनुसार नेपालमा १० पाँचतारे, दुई चारतारे, ३१ तीनतारे, ४८ दुईतारे, ३५ एकतारे र ४३० वटा पर्यटकस्तरीय होटल छन् । होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाह प्राकृतिक विपद्बाट सिर्जित चुनौतीको सामना गर्दै विदेशी पर्यटकलाई नेपाल आउने वातावरण बनाइराख्न सबै सरोकारवाला निकायको ध्यान जानुपर्ने बताउनुुहुन्छ । “भूकम्पबाट ९५ प्रतिशत होटल सुरक्षित रहेको भएपनि भूकम्पपछि आवश्यक काम परेर आउनै पर्ने पर्यटकबाहेक घुम्न र रमाइलो गर्न आउने पर्यटक घटेका छन्” – महासचिव शाह भन्नुहुन्छ । देशभर साना ठूला गरी चार हजारभन्दा बढी होटल छन् । ती होटलमा एक खर्ब रुपैयाँ भन्दा बढी लगानी छ भने तीन लाख नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन् । यी होटलहरुमा करिब २५ हजार शय्या क्षमता छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy