Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

हिमपहिरो पग्लिँदै धमाधम शव भेटिँदै

धुन्चे (रसुवा), हिमपहिरो आई छोपिएको लाङटाङ गाउँको हिउँ पग्लन थालेपछि पुरिएका मानिसको शव देखापर्न थालेका छन् ।

नेपाली सेनाको एनए–०४६ लाइन्सर हेलिकप्टरका चालक प्रमुख सेनानी सुवास थापाले अाइतबार बिहान लाङटाङ गाउँमाथि उडान भर्दा थुप्रिएको हिउँका सतह केही घटेको र मानिसका शव देखिन थालेको बताए । कति शव देख्नुभयो भन्ने राससको जिज्ञासामा प्रमुख सेनानी थापाले भने, “माथिबाट हिमपहिरो आउने क्रम पनि थोरबहुत भइरहेकै कारण यकिन गर्ने अवस्था नरहे पनि हवाइमार्गबाट हेर्दा एक दर्जनभन्दा बढी मानिसको शव हुनसक्ने अनुमान छ ।” थापा भूकम्पपछि उद्धारको काममा लाङटाङ क्षेत्रमा उडान भर्ने चालक हुन् ।  वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै समुन्द्री सतहदेखि सातहजार मिटर माथिबाट आएको हिमपहिरोले लाङटाङ गाउँ पुर्दा ३५० भन्दामाथि बढी मानिस हराएको अनुमान गरिए पनि यसभन्दाअघि १ सय २८ जनाको मात्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । भूकम्पपछि उच्च भागको हिमशृङ्खला फुटी पहिरो आउन थालेपछि बढ्दो जोखिमलाई ख्याल गर्दै लाङटाङ क्षेत्रमा मानवविहीन तुल्याइएको र सबै लाङटाङवासीलाई हाल काठमाडौँको स्वयम्भूस्थित एलो गुम्बामा आश्रय दिइएको जिल्ला दैवी प्रकोप विपद् व्यवस्थापन समितिले जनाएको छ । हिमपहिरोले पुरिँदा १८२ जना लाङटाङवासी बेपत्ता भएको र नभेटिएका सबैलाई राज्यद्वारा मृत घोषणा गर्नुपर्ने गाउँवासीको माग रहेको लाङटाङ निवासी राप्रपा नेपालका अध्यक्ष ठिले लामाले बताए । यसैबीच, हाकु गाविसका विस्थापित लगभग ५०० घरपरिवार बेत्रावती, धुन्चेलगायत क्षेत्रमा स्थानान्तरण भइसकेको हाकु गाउँ विकास समितिले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending