Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यसरी चिया बेचे सुर्खेतका पत्रकारले

सुर्खेत, पत्रकारको काम समाचार र सूचना संकलन गरी सञ्चार माध्यमबाट आम नागरिकसामु प्रवाह गर्नु हो । तर, सोमबार सुर्खेतका पत्रकारहरुले बिहान  साढे तीन घन्टा सडकको चोकमा बसेर चिया बिक्री गरेका छन् । सुर्खेतका नागरिकले यसअघि व्यावसायिक रुपमा स्थापना भएका कटेज, चिया पसलहरु र होटलमा पकाइएको चिया पिउँने गरेका भए पनि सोमबार भने सुर्खेतका पत्रकारहरुले बिक्री गरेको चिया पिए । भूकम्पबाट प्रभावितहरु पत्रकारहरुको सहयोगका लागि सोमाबार सुर्खेतका पत्रकारहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको साथमा चिया बिक्री गर्न वीरेन्द्रचोकमा घुम्ती पसल सञ्चालन गरेका हुन् । उक्त घुम्ती पसलबाट करिब साढे तीन घन्टामै १ लाख २८ हजार ४ सय ९७ रुपैयाँ संकलन भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको नेतृत्वमा आयोजना गरिएको चियापान कार्यक्रमको उद्घाटन महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले गरेका थिए । वैशाख १२ र २९ गतेको भूकम्पका कारण पीडित भएका सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा कार्यरत पत्रकारहरुलाई यो रकम पत्रकार महासंघको केन्द्रीय समितिमार्फत प्रदान गरिने छ । पत्रकार महासंघ सुर्खेत शाखाले पीडित पत्रकारहरुको घाउमा थोरै भए पनि मलम लगाउने आफ्नो अभियानमा साथ दिने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ । \'चिया पिउँ, भूकम्पपीडितलाई मन दिउँ\' भन्ने श्लोगानसहित पत्रकार महासंघ सुर्खेत शाखाले सोमबार बिहान सात बजेदेखि करिब ११ बजेसम्म चिया बिक्री गरेको थियो । महासंघले चियाको मूल्य नतोकी आयोजना गरेको चियापान कार्यक्रममा ग्राहकहरुका रुपमा उपस्थित उद्योगी, व्यवसायी तथा व्यापारी, सरकारी कार्यालयका प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । उनीहरुले घुम्ती चिया पसलमा स्वेच्छिक रुपमा सहयोग रकम हस्तान्तरण गरेर चिया पिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending