Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

क्यान्सर अस्पतालले सघायो भूकम्पपीडितलाई

काठमाडौं, भूकम्पपीडितहरुको राहत र पुनर्स्थापनामा सहयोगका लागि भरतपुरस्थित बी.पी. कोइराला क्यान्सर अस्पतालले १० लाख रुपैयाँ प्रदान गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा अस्पतालको सञ्चालक समितिका अध्यक्ष भक्तमान श्रेष्ठ र अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले सो सहयोग रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे । सो अवसरमा प्रधानमन्त्री कोइरालाले हरेक मनकारी नेपाली र विदेशी नागरिकले आफ्नो पेट काटेर दिएको रकम दुरुपयोग हुन नदिने प्रतिबद्धता दोहोर्याए । उनले राहत रकम र सामग्री हिनामिना गर्नेलाई क्रिमिनल एक्टअनुसार कारबाही गरिने पनि बताए । सोमबारै प्रधानमन्त्री राहत कोषमा एबीसी नेपालले पनि सहयोग गरेको छ । संस्थाकी अध्यक्षा दुर्गा घिमिरेले २ लाख  रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरिन् । सो अवसरमा संस्थाका उपाध्यक्ष डा. चपला कोइराला, महासचिव मीना कार्की, कोषाध्यक्ष दीपा भट्टराई र सदस्यहरु आनन्दबहादुर श्रेष्ठ, प्रा.राधा शर्मा, नेत्रकुमारी अर्याल, चन्दा विष्ट, कोपिला रिजालका साथै कर्मचारीहरुको पनि उपस्थिति थियो । सोमबारै गैरआवासीय नेपाली संगठन कोरियाले पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीनिवासमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष विनोद कुँवरले प्रधानमन्त्रीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा संस्थाका मनोज भारती, सन्तोष दाहाल, रामकाजी पौडेल, दिनेश पौडेल र रमेश उप्रेती पनि उपस्थित थिए । संस्थाले भूकम्पप्रभावित धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोर्खा, म्याग्दी, दोलखा, नुवाकोट, रामेछाप र सोलखुम्बुका २० वटा विद्यालयमा जस्तापाता सहयोग गरेको पनि जनाएको छ । यस अतिरिक्त ती जिल्लामा भूकम्पपीडितहरुलाई खाद्यान्न र त्रिपाल पनि वितरण गरिएको अध्यक्ष कुँवरले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending