Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

सयौं कम्पनहरुबीच दोलखामा स्कुल बनाउँदा...

  वैशाख १२ र २९ गतेका विनाशकारी भूकम्प तथा लगातार आइरहेका पराकम्पनले सिंगै राष्ट्रलाई धेरथोर प्रभावित पारेको छ । यसपालिको भूकम्पले देशका धेरै पुरातात्विक वस्तु, भौतिक संरचना र मानिसको मनमष्तिष्क समेत भाँचिएका छन्, नष्ट हुन पुगेका छन् । एउटै राष्ट्रका नागरिक र सामाजिक प्राणी हुनुका नताले हामी कोही प्रत्यक्षतः प्रभावित होऔं या नहोऔं– यतिबेला एकले अर्कालाई सहानुभूति प्रकट गर्नु र घाउमा मल्हम–पट्टी लगाउनु अत्यावश्यक छ । भूकम्पका कारण यतिबेला हजारौं मानिस घरबारविहीन भएका छन् । १५ जिल्लाका मानिसको अझै पनि बस्ने बास र खाने गाँसको टुङ्गो छैन । उनीहरु खुला आकाशमुनि, बारीका पाटा र सडकमा रात गुजार्न बाध्य छन् । अभिभावकीय भूमिका पूरा गर्नबाट राज्य चुकेको छ । सत्तासंयन्त्र ठाउँ–ठाउँबाट प्राप्त भएका राहतमा झगडा गर्दै दिन बिताइरहेको छ । यस्तो बेला निकम्मा राज्यको मुख ताकेर बस्नुभन्दा सबैले आ–आफ्नै ठाउँबाट भूमिका निर्वाह गरी भूकम्पसिर्जित घाउमा मल्हम–पट्टी गर्नु जरुरी छ । यदि यसो गरिएन भने हामीसँग युवा क्रान्तिकारी हौं भन्ने नैतिकता बाँकी रहँदैन । हो, यही यथार्थतालाई आत्मबोध गरेर नै हामीले सुरु गर्यौं– जिलिङदेखि जिलु हुँदै जिरीको सहिद स्मृति स्कुलसम्म बनाइदिने हाम्रो यात्रा । हुन त म आफैं पनि १२ गतेको विनाशकारी महाभूकम्पको एउटा पीडित हुँ । मेरै घर–गोठ भत्किएका छन् । बस्ने ठाउँ छैन, खाने कुरा पनि सबै पुरिए । भौतिक श्रम गर्न सक्ने पनि परिवारमा कोही थिएनौं । यसै मेसोमा अखिल (क्रान्तिकारी) नेवाः राज्य इन्चार्ज रामचन्द्र अधिकारी नेतृत्वको टोली टहरा बनाउन जिलिङ आइपुग्यो । र, म पनि जिलिङमा टहरा बनाएर विद्यार्थी टिमसँगै पीडितको घाउमा मल्हम–पट्टी लगाउन हिँडें । ‘अहिलेका माओवादीले के काम गर्न सक्लान् र ! यिनले साँच्चै काम गर्लान् ?’ जनतामा एक खालको शंसय छाइरहेकै बेला जिलिङ आएर हाम्रो विद्यार्थी टोलीले ५ जनाको परिवार बस्न मिल्ने नमुना टहरा बनाइदिएपछि यत्रतत्र सर्वत्र हाम्रो प्रशंसा हुन थाल्यो । एक जना तामाङबा’ले त भनी पनि हाले– ‘यी त जनताका काम गर्ने पहिलाकै माओवादी पो रै’छन् त गाँठे !’ ती बा’को कुरा सुनेर मुसुक्क हाँसें म । जिलिङमै जनताका भत्केका केही घर पन्छाउँदै पुरिका सामान निकाल्ने काम ग¥यौं । जनताले त धेरै नै अपेक्षा गरेका थिए तर ती पूरा गर्ने सामथ्र्य राज्य र सरकारसँग त भएन भने हामीसँग हुने त झन् कुरै थिएन । तैपनि आफूले सक्ने टहरा निर्माण र राहत वितरण गरेर हामी काठमाडौं फर्कियौं । राहत वितरणमा पार्टीका केन्द्रीय सचिव वर्षमान पुन ‘अनन्त’ दाइ र नेतृ ओनसरी घर्ती दिदीको विशेष भूमिका रह्यो, उहाँहरुलाई जनताले धेरैधेरै धन्यवाद दिए र हाम्रो संगठनले पनि विशेष आभार प्रकट गर्यो । राजधानी फर्र्र्किएको भोलिपल्टै नेवाः राज्यको हाम्रो टिमले भूकम्पले क्षतविक्षत बनाइदिएको कीर्तिपुरस्थित सबैभन्दा पुरानो केन्द्रीय पुस्तकालय मिलाउने र व्यवस्थित तुल्याउने काम गर्यो । यसलगत्तै पार्टीले ‘राष्ट्रिय श्रम अभियान’ चलाउने भयो र त्यसमा हामी र हाम्रो टोली सहभागी हुने कुरा भयो । वैशाख १२ को भूकम्प र झन् २९ को दोस्रो ठूलो धक्कापछि त दोलखा जिल्लाको नाम सुन्नेबित्तिकै धेरैको आङ सिरिङ्ग हुने समय थियो । हामी भने त्यस्तै जोखिमपूर्ण ठाउँमा गएर नै श्रम गर्न चाहन्थ्यौं । यसर्थ नेवाः राज्य संयोजक सुरेन्द्र बस्नेत, विजय गौतम, दिपेश पुन, राजेश्वरी सुवेदीलगायतको हाम्रो टिम दोलखा जान तयार भयो । पार्टीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कमान्ड गर्नुभयो । वाईसीएल अध्यक्ष, माओवादी नेता एवम् सभासद गणेशमान पुन दाइको पनि विशेष कमान्ड रह्यो । यो अभियानमा निजी घरहरु हाम्रो प्राथमिकतामा परेनन् । स्कुल, अस्पताल या स्वास्थ्यकेन्द्रलाई विशेष प्राथमिकतामा राख्यौं हामीले, जसको निर्माणबाट हजारौंहजार नागरिक प्रत्यक्षतः लाभान्वित हुन सकून् भन्ने हाम्रो ध्येय थियो । अहिलेको विपत्तिमा बालबालिका, वृद्धवृद्धा र विद्यार्थी धेरै ठूलो मारमा परेका छन् । उनीहरुलाई पहिलेकै जस्तो सामान्य अवस्थामा ल्याउनुपर्छ भन्ने निष्कर्ष थियो हाम्रो टिमको । हामीले दोलखाको जिलुस्थित सर्व माविमा जाने निर्णय गर्यौं । १० बजे पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सबै साथी जम्मा भई पार्टीको ‘तत्कालीन राहत तथा पुनस्र्थापनाका लागि राष्ट्रिय श्रम अभियान’ का निम्ति दोलखा हिँड्यौं । गाडीमा गणेशमान दाइले हामीलाई प्रत्यक्ष कमान्ड गरिरहनु भयो । उहाँको कमान्डमा काम गर्न पाउने हुँदा हामी एकदमै खुसी भयौं । मेरा लागि दोलखाको यात्रा बिल्कुल नयाँ र जटिल पनि थियो । एक त आफैं पीडित, केही छैन । कसरी जाने भनी सोच्दासोच्दै यतिबेला हामी पार्टी, क्रान्ति र जनताका निम्ति मल्हम हुनुपर्छ भन्ने भावनाले नै मलाई दोलखासम्म पुर्यायो । साँझ ६ बजेतिर हामी दोलखाको सदरमुकाम चरिकोट पुग्यौं । त्यहाँबाट ६–७ किलोमिटर टाढा थियो हामी जानुपर्ने ठाउँ । चरिकोटमा जिल्ला पार्टीका तर्फबाट गंगा कार्की ‘विश्व’ दाइ, युवानेता विशाल खड्कालगायत हाम्रो स्वागतार्थ आउनुभयो । अलिकति हिँडेपछि गाडीले तानेन, त्यहाँबाट पैदलै हिँडेर गन्तव्यमा पुग्यौं । रात परिसकेको थियो । बत्ती, पानी, आगो केही सुविधा थिएनन् । मिलेर चाँजोपाजो मिलाउन थाल्यौं । हामी पुग्दा त्यहाँ पाटी उपाध्यक्ष नारायणकाजी दाइ, उर्मिला अर्याल दिदी, प्रभु शाहलगायत भोजपुरा राज्य समितिका साथीहरु पुगिसक्नुभएको रहेछ । हामी गाँस–बासको व्यवस्थातिर लाग्यौं । हाम्रो टिम ७५ जनाको थियो । राति सबै कुराको व्यवस्था गर्नु कठिन नै थियो । कोही पानी ओसार्न त कोही आगो बाल्न र पाल टाँग्न थाल्यौं । आफूलाई चाहिने कपडा, भाँडाकुँडा, सामान्य औषधि साथमै लगेका थियौं । रातको १२ बजिसकेको थियो, बिहान ६ बजे ‘रोलकल’ गर्नुपर्ने निर्णय थियो । सबैले खाने–बस्ने ठाउँ बनाउँदा झन् अबेर हुने भएकाले ढिलो नगरी सुत्नतिर लाग्यौं । ‘रोलकल’ हुने समयअघि नै उठेर काम सक्यौं र ‘रोलकल’ मा जुट्यौं । त्यसपछि सिधै काममा लाग्यौं । पानीको समस्याका कारण त्यस दिन चिया नै नखाई काममा लाग्यौं । हाम्रो टिम र भोजपुराको पूरै टिम जोखिमपूर्ण अवस्थामा रहेको स्कुल भत्काउन, जस्ता, काठ, दराज, बेन्च निकाल्न लागिपरे । उर्मिला दिदीको नेतृत्वमा विद्यार्थीको पशुपति क्याम्पसका नेता मदनलगायतले मेस समाल्नुभयो । उहाँहरुले अभियानभरि नै धेरै मिठो र सफा खाने कुरा खुवाउनुभयो । \"jiri2त्यो दिन पूरै भत्काउने काममै बित्यो । भत्काउने र निकाल्ने काम अझै सकिएको थिएन । भोलिपल्टको रात ठूलो पानी र हुरीबतास आयो । हामी सबै आ–आफ्नो पाल समातेर बस्यौं । हामीले हुरीबतास र पानीलाई जित्न सकेनौं, सबै उडायो । ओच्छ्याउने म्याट पूरै भिज्यो, लगाउने कपडा सबै भिजायो । हाम्रो काम देखेर खुशी भई स्थानीयले आदरपूर्वक हामीलाई मासु खुवाउन काटेको खसीको मासुलाई समेत पानीबाट जोगाउन सकेनौं । बत्ती छैन, खानेपानी छैन, घरमा सम्पर्क नभएको ३ दिन भइसक्यो । मोबाइल चार्ज गर्न कहिले चरिकोट पुग्थ्यौं– पराकम्पन आइरहन्छ, सजग हुन्थ्यौं । हुरी–पानी रोकिएपछि टेन्ट गाड्न थाल्यौं । केही साथीहरु त गाडीमै सुत्नुभयो । पार्टी उपाध्यक्ष नारायणकाजी कमरेड पनि गाडीभित्रै सुत्नुभयो । हामीले जेनतेन सुत्ने ठाउँ बनायौं र मेसको काम पनि सक्यौं । ‘आँधीले छेक्न सक्दैन, हुरीले रोक्न सक्दैन...’ भन्ने गीत गाउँदै तेस्रो दिन पनि बितायौं । हामी सर्व माविजस्ता धेरै स्कुल बनाएर मात्रै फर्कने कुरामा अडिग थियौं । विद्यार्थीहरु आएर ढुक्कसँग पढ्न सक्ने स्कुल बनाउनु थियो हामीले । भत्काउन र निर्माण गर्न निरन्तर खटिरह्यो हाम्रो टिम । भोजपुराका साथीहरु निर्माणको काममा जुटिरह्यो, हेर्दा समेत निकै राम्रो देखियो । काट्ने, खाल्डा खन्ने, भत्काउने र त्यहाँका किताब, रिजल्ट सिट निकाल्ने काममा सफल साबित भयौं । भत्काउने र निर्माण गर्ने क्रममा धेरै साथीहरु घाइते समेत भए । स्वास्थ्यकर्मी साथीहरुले सबैलाई औषधि र सुईको व्यवस्था गर्नुभयो । झन्डै एक हप्ताको मेहनतपछि हामी ठूला भवन त होइन, १० वर्षसम्मका लागि काम चल्ने सामान्य टहरा बनाउन सफल भयौं । हामीलाई धेरै कुरा सिकायो यो अभियानले । पडाड र मधेशको पनि राम्रो ‘फ्युजन’ गरायो । नेता–कार्यकर्ता र जनताबाट टाढिँदै गएका बेला सम्बन्ध स्थापित गराउन सफल रह्यो यो अभियान । विपतको घडीमा राप्रपासम्मका दलहहरु एकै ठाउँमा भेला भएर हामीलाई निरन्तर हौसला प्रदान गरिरहे । लामो खटाइपछि सर्व मावि तयार भयो । प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, विभिन्न पार्टीका प्रतिनिधि, जनता र विद्यार्थीबीच हामीले बनाएको स्कुल हस्तान्तरण गरियो । जनता, शिक्षक, विद्यार्थीले असिम माया प्रकट गरे, जसलाई कहिल्यै बिर्संन सकिँदैन । त्यसपछि हाम्रो टिम जिरीको गुम्बा, अस्पताल र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त महान् सहिदहरुका छोराछोरी पढ्ने सहिद स्मृति स्कुल बनाउन अघि बढ्यो । र, हामीले यस काममा पनि सफलता पायौं । र, अन्ततः पार्टीले दिएको जिम्मेवारी पूरा गर्न हाम्रो टिम सफल भएको निष्कर्ष हामीले निकाल्यौं । यस्तो विपत्तिको दुःखद् क्षणमा जनतासँग प्रत्यक्ष जोडिन पाउँदा टिममा सहभागी सबैलाई खुशी लाग्यो । जिलिङमा सहिद परिवारका निम्ति टहरा निर्माण गरियो भने जिरीमा सहिदका छोराछोरी पढ्ने सहिद स्मृति स्कुलको पुनर्निर्माण गरियो । जिलिङ र जिरीको ‘फ्युजन’ पनि राम्रै देखियो । यसरी टुंगियो जिलिङदेखि जिलु हुँदै जिरीसम्मको हाम्रो यात्रा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE