Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

विद्यालयको टहरा बनाउने अभियानमा एमाओवादीलाई सहयोग गर्दै प्रअ

काभ्रेपलाञ्चोक, भूकम्प गएपछिको विद्यालय खोलेको दोस्रो दिन । बनेपाको आजाद उच्च माध्यमिक विद्यालयमा पुग्दा त्यहाँका प्रधानाध्यापक महेन्द्र यादव निकै हतासमा देखिन्थे । भूकम्पले विद्यालयको भवन जिर्ण बनाएपछि कक्षा सञ्चालन गर्न नसकेको सो विद्यालयले विद्यार्थीहरुलाई बाहिर चौरमा केही समयसम्म राखेर अतिरिक्त क्रियाकलापमा सामेल गराएर घर पठाए । त्यही विद्यालयको आँगनको एक छेउमा पूर्व सभासद अक्कल बहादुर थिङ (महेश) को टोली विद्यालयको अस्थायी टहरा निर्माण गर्दै थिए । राष्ट्रिय श्रम अभियान अन्तर्गत ३ नं. निर्वाचन क्षेत्रमा जिम्मेवारी परेका उनको टोली उक्त विद्यालयको २ कोठेसहितको २ वटा अस्थायी टहरा निर्माण गर्न जुटिरहेका छन् । भएको दुईवटा भवनमा नै क्षति पुगेपछि पढाई सञ्चालन गर्न समस्यामा परिरहेका प्रधानाध्यापक यादवलाई एकीकृत माओवादीको टालीले अस्थायी भवन बनाउन सहयोग गर्न थालेपछि कतिखेर पो सकाउने होला भनेर टोलीलाई सहयोग गरिरहेका छन् । यावद भन्छन् – ‘सहयोग गर्ने टोली आउने बेलामा सबै मिलेर छिटो काम सकाउनेतर्फ लाग्नुपर्छ ।’ उनले विद्यालयका सबै शिक्षकहरुलाई काममा जुट्नका लागि आग्रहसमेत गरे । विद्यालयको अस्थायी टहरा निर्माणका लागि सहयोग गर्ने टोलीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर भुजेलले व्यवस्थापन गरिरहेका छन् ।  ‘राज्यले नै आएर रातो स्टिकर टाँसेर गएको छ, भोली भित्र पढाएर केही भयो भने म कहाँ जिम्मा लिन सक्छु र ?’ सबै शिक्षकहरुलाई सम्झाउँदै उनले भने – ‘सहयोग गर्ने टोली भएकै बेलामा छिटो सकाउनुपर्छ ।’ विद्यालयको ती भएका भौतिक संरचना तयार गर्नका लागि करिब दुई करोड लागत लाग्ने अनुमान जिल्ला शिक्षा कार्यालयलाई उदृत गर्दै प्रधानाध्यापक यादवले भने । बनेपाको उक्त विद्यालय काभ्रेको पुरानो विद्यालयमध्येको एक हो । २००७ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाई हुन्छ । एकीकृत नेकपा (माओवाद) काभ्रे जिल्लाको उपाध्यक्ष तथा पूर्व सभासदसमेत रहेका थिङले विद्यालयको पढाईको वातावरणलाई सहज बनाउन सहयोग गर्नका लागि आफूहरु जुटिरहेको बताए । ‘हामीले यहाँ दुईवटा कोठा भएको २ वटा अस्थायी टहरा बनाईदिन्छौं ।’ यो काम बुधबार सकिने उनको भनाई छ । यसअघि उक्त टोलीले गैह्रीविसौना देउपुरमा तपेश्वर उच्च मावि र ब्रम्हायणी माविको भवन सफा गर्ने र अस्थायी टहरा बनाउने काम सम्पन्न गरिरहेको छ । राष्ट्रिय श्रम अभियान अन्तर्गत एकीकृत नेकपा (माओवादी) जिल्लाको चारैवटा निर्वाचन क्षेत्रमा विद्यालयहरुको भत्केको भवन सफा गर्ने र अस्थायी टहरा निर्माण गर्ने अभियानमा जुटिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy