Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बुढीगण्डकी आयोजना क्षेत्रका बस्तीको पुनर्वास गराउने प्रधानमन्त्री कोइरालाको आश्वासन

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रका बासिन्दालाई उचित मुआब्जा दिइ पुनर्बास गराउने कार्यलाई उच्च प्राथमिकता दिइने बताएका छन् । उनले सो कुरा भूकम्प पीडितलाई राहत तथा पुर्नस्थापना सम्बन्धी माग लिएर सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाका प्रतिनिधिहरुसंग बताएका हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कमला पन्तको नेतृत्वमा आएको सो प्रतिनिधि मण्डलले बुढीगण्डकी आयोजना निर्माण हुँदा डुबानमा पर्र्ने घरहरु पनि हालै गएको भूकम्पमा भत्केकोले ती घरहरुको पुननिर्र्माण र मर्मत संभारमा तत्काल खर्च दिई पुर्नस्थापना गरिएमा आयोजना सञ्चालन गर्ने समयमा जग्गा अधिग्रहण गर्दा पुनः मुआब्जा दिँदा सरकारलाई दोहोरो आर्थिक भार पर्न जाने उल्लेख गरिएको छ । प्रतिनिधि मण्डलले अहिले नै राहत रकम र डुबान योग्य क्षेत्रको मुआब्जा प्रदान गरी प्रभावित स्थानीयको पुनर्वास गर्न आग्रह गरेको छ । यसो गर्दा सरकारलाई आर्थिक बोझ कम हुने दाबी उनीहरुको रहेको छ । १२ सय मेगावाट क्षमतामा विकास गर्ने लागिएको नेपालको हालसम्मको सबैभन्दा ठूलो बुढी गण्डकी जलाशययुक्त आयोजनाको डिपीआर सकिएको छ । आयोजनाको विस्तृत अध्ययन गरिरहेको फ्रान्सको ट्रयाकवेल कम्पनीले यो आयोजनाबाट विस्थापित हुनेहरुलाई प्राथमिकता दिने गरी गोरखाको सिउरेनीटारमा नयाँ शहर बसाल्न सकिने संभावना आंैल्याएको छ । सम्बद्ध पक्षका अनुसार काठमाडौं, पोखरा र तराइको मध्यक्षेत्र नारायणगढको बीचमा पर्ने यो क्षेत्रमा सुन्दर शहर बसाउन सकिनेछ । १२ सय मेगावाट क्षमताको विद्युत निकाल्ने यो जलाशय नौका विहार र पर्यटकीय दृृष्टिले पनि चित्ताकर्षक रहने बताइन्छ । गोर्खाको प्रतिनिधिमण्डलले बुढीगण्डकी पुनर्वासको अलावा भूकम्पले तहसनहस भएका बस्तीहरु, ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वका स्थलहरु, विद्यालय स्वास्थ्य चौकी र सरकारी भवनका साथै खानेपानी सडक र सिंचाइ जस्ता पूर्वाधारको पुनर्निर्माणको विषय पनि उठाएको थियो । सो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भुकम्पले क्षतिग्रस्त भएका आरुटार, थापाटार मुच्चोक, मान्बुबेसी लगायतका सिंचाइ आयोजनाहरुको पुनर्निर्माण र मर्मत तथा पुननिर्माण हुन नसक्ने स्थानमा वैकल्पिक व्यवस्था गर्न, गोरखकाली र मनकामना लगायतका मन्दीरहरुको शीघ्र संरक्षणको व्यवस्था गर्न, ध्वस्त भएका बस्तीहरुको एकीकृत र व्यवस्थित बसोबासको लागि गुरुयोजना तयार पारी पुननिर्माण गर्न, मनास्लु र चुमभ्याली जस्ता पर्यटकीय स्थान जाने मार्ग खोल्न उच्च प्राथमिकता दिन, हिमाली क्षेत्रका केरौजा, उहिया, सिर्दिबास, चुन्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामाका लागि राहत र जस्तापाता लैजान आरुघाटमा हेलिकोप्टर तैनाथी अवस्थामा राख्न र भूकम्प पीडितलाई अस्थायी आवासका लागि दिइने १५ हजार रुपैयाँ पीडितहरुको हातमा पु¥याउन थप कर्मचारी खटाउने व्यवस्था गर्न माग गरेको छ । गोरखाली प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेस गोरखाका सभापति हरि घले, पूर्वसभासद जीवनप्रेम श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट गोर्खा १ मा संविधानसभाका प्रत्याशी किरणबाबु मल्ल र मुस्लिम संघ नेपालका केन्द्रीय अध्यक्ष अब्दुल सतारलगायत सम्मिलित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy