Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पोखरामा पर्यटक तान्न छुटैछुट

काठमाडौँ, गोरखा भूकम्प आउनासाथ राहत, उद्धार र पुनःनिर्माणका लागि पोखरेली पर्यटन व्यवसायी ‘पोखरा पर्यटन पुनर्जागरण समिति’ बनाई क्रियाशील भए । अहिले त्यही समिति भूकम्पले खस्केको पर्यटन क्षेत्रलाई उकास्न कम्मर कस्सिएर क्रियाशील भएको छ । विश्वका अन्य देशमा विपत्तिपछि चलाएका कार्यक्रमका अनुभवबाट सिक्दै पोखराका पर्यटन व्यवसायीले भूकम्पपछिको प्याकेज बनाई पर्यटकलाई ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । समितिका संयोजक गणेशबहादुर भट्टराईका अनुसार पोखराका होटल, जिप फ्लाइट र बन्जी जम्पमा ५० प्रतिशत, पदयात्रामा ३०, बस यात्रामा २० तथा प्याराग्लाइडिङ र अल्ट्रालाइटमा १५ प्रतिशत छुट दिइएको छ । ‘यो छुट सेप्टेम्बर महिनासम्म ९ असोज १४० लागू हुनेछ’ अध्यक्ष भट्टराईले भने । यसैगरी राजधानी बाहिरका प्रसिद्ध पर्यटकीय स्थलहरु पोखरा, चितवन र लुम्बिनी क्षेत्रमा पनि होटलमा ५० प्रतिशत छुटको कुरा भएको क्षेत्रीय होटल सङ्घ पोखराका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । काठमाडौँ, भक्तपुर र ललितपुरसहित भूकम्पले क्षति पु¥याएका विश्व सम्पदा सूचीमा परेकासहितका राजधानीका प्रमुख पर्यटकीय स्थल जेठको अन्तिम हप्ताबाट पर्यटकका लागि खोल्ने तयारी सरकारले गरेको छ । तर राजधानी बाहिरका प्रमुख पर्यटकीय गन्तव्य, पदयात्रा, जलयात्रा, सांस्कृतिक सम्पदा, प्याराग्लाइडिङ, क्यानोनिङजस्ता साहसिक गतिविधि सुरक्षित रहेको छ । ‘यो सन्देश चीन, भारतसहित सार्क क्षेत्र र युरोपका पर्यटकसम्म पु¥याउन आवश्यक छ, भूकम्पबाट खस्केको पर्यटनलाई समग्रमा पुनर्ताजगी दिन पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख पर्यटकीय गन्तव्यका व्यवसायी सहकार्य गरेर अघि बढ्दैछौँ’ – पर्यटन व्यवसायी विश्वशङ्कर पालिखेले भने । व्यवसायीले चीन, भारतीय सीमाका सहर तथा युरोपका बजारमा छुटको प्याकेजसहित चलिए पोखरा, जाउँ है पोखराजस्ता प्रवद्र्धनात्मक अभियान चलाउनेछन् । अहिले भारतीय र चिनियाँ पर्यटक आगमनको मुख्य मौसम हो । भूकम्पपछिको महिनादिनमा ४५ हजार पर्यटक बाहिरिएका र २५ हजार भित्रिएका बताइएको छ । द्वन्द्व र महामारीजस्तो प्रकोप नभएकाले असोजसम्म ६० प्रतिशत र सन् २०१६ सम्म पुरानै अवस्थामा पर्यटन गतिविधिलाई सञ्चालनमा ल्याउन यो अभियानले सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले बताए । ‘पर्यटन उद्योगलाई चलायनमान गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन, घरबार गुमाएका पर्यटनका रोजगारदाताको रोजीरोटीलाई सुरक्षित एवम् पोखराको पर्यटन उद्योगलाई यथाशक्य पुनर्जागरण गर्न आवश्यक छ’ – पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा भन्छन् । पोखराका चार सयभन्दा बढी होटलमा १६ हजार श्यया छन् । यहाँको होटल क्षेत्रमा रु एक खर्ब बढी लगानी भएको व्यवसायी बताउँछन् । खासगरी पर्यटन प्रवद्र्धनका लागि आउने विदेशी पथप्रदर्शक, सञ्चारकर्मी र टुर अपरेटरजस्ता सरोकारवालालाई निःशुल्क रुपमा हजार कोठा छुट्याइएको छ । ‘यसका लागि पोखरा र काठमाडौँमा हजार÷हजार कोठा छुट्याइएको छ’ – क्षेत्रीय होटल सङ्घ पोखराका पूर्व अध्यक्ष विप्लव पौडेलले भने । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्राको प्रवेशद्वारका रुपमा पनि पोखरा चिनिन्छ । तनावमा रहेका आन्तरिक एवम् नेपाल घुम्न आउने विदेशी पर्यटक दुवैका लागि पोखरेली पर्यटन व्यवसायीले छुटसहित विविध कार्यक्रमसमेत तयारी गरिरहेका छन् । हालै योग शिविर, भूमि पूजा, साङ्गीतिक कार्यक्रम गरेका त्यहाँका व्यवसायीले छिट्टै नै साइकलयात्रा, दौड, फुटबलजस्ता कार्यक्रम गर्ने तयारी गरेका छन् । पोखराबाट गोरखा भूकम्प केन्द्र बनेको बारपाक गाउँसम्म दुईरात तीन दिनको पदयात्रा प्याकेज पनि बनाएका छन् । भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु पाँच लाख हस्तान्तरण गरेका उनीहरुले कास्की, लमजुङ र तनहुँमा एक÷एक विद्यालय बनाउने तथा केही भत्केका घरको पुनःनिर्माण गर्ने कार्यक्रम बनाएका छन् । उनीहरुले नेपालका पर्यटकीयस्थलहरु सुरक्षित रहेको सन्देशसहित यसमा पर्न गएको क्षतिलाई राहत पु¥याउनका लागि प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, राष्ट्र बैंकका गभर्नर, भारतीय र चिनियाँ राजदूतसँग छलफल गरेको व्यवसायी गोपीबहादुर भट्टराईले जानकारी दिए । राजधानीबाट दुई सय किलोमिटर पश्चिममा अवस्थित पोखरा फेवा, रुपा, बेगनासजस्ता सात तालको सहरका रुपमा चिनिन्छ । अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिजस्ता मनोरम हिमदृश्य, गुफा, झरना, सेती नदीले बनाएको गल्छी, ऐतिहासिक, धार्मिक स्थल र पहाडी सांस्कृतिक जनजीवनको उपत्यका पोखरामा बर्सेनि लाखौँ विदेशी पर्यटक घुम्न पुग्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending