Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

आकाश हेरेर मात्र विद्यालय जाँने गर्छन पाँचकाटियाका विद्यार्थीहरु

जाजरकोट, पानी पर्ने कुरा टाढा छ आकाशमा बादल देखिए पनि स्कुल बन्द हुन्छ भन्दा अनौठो लाग्न सक्छ तर अनौठो मान्नु पदैन । बादल आकाश मडारिन साथ विद्यार्थी स्कुल जाँदैनन र विद्यालय बन्द हुन्छ । वर्षौदेखि यसरी नै चलेको छ ढिमे पाँचकाटीयाको एक विद्यालय । यो तितो सत्य हो दश वर्षअघि स्थापना भएको ढिमे १ पाँचकाटिया स्थित रामचन्द्र प्राथमिक विद्यालयको । जीर्ण भवनका कारण विद्यालय यसरी संचालन हुने गरेको छ । पानी पर्नासाथ एक थोपा पनि छानाले नछेक्ने स्थितिले आकाशमा बादल लागे विद्यार्थी नै नआउने अवस्था रहेको प्रधानाध्यापक नीमबहादुर वलीले बताए । वर्षातका समय विद्यालय नै चल्दैन के गर्ने भवनको लागि हारगुहार धेरै गरियो कतैबाट सुनुवाई भएन प्रअ वलीले गुनासो गरे । कक्षा ५ सम्म पठनपाठन हुने यो विद्यालय समस्यै समस्यामा रहेको छ । भवन खानेपानी, शौचालय, फर्निचर र घेरावार सबै समस्या उस्तै छन । अरु नभएपनि पहिलो कुरा भवन भएको भए विद्यालय संचालन गर्न सहज हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको भनाई छ । स्थानीयले दश बर्ष अघि बनाएको भवन जीर्न बनेका कारण नियमित पठनपाठन संचालन गर्न अप्ठेरो परेको अध्यक्ष थापा बताउँछन । पानी परे स्कुल बन्द हुन्छ, घाम लागे चौरमा पढाई गरिन्छ, स्थानीय अभिभावक दीर्घराज आरसीले भने । भवन जिर्ण बनेका कारण विद्यार्थीहरुलाई कक्षा कोठामा राखेर पढाउने अवस्था छैन । ‘अहिले यस्तो भूकम्पको त्रास छ, कसरी यस्तो भत्कन लागेको भवनमा पढाउने गर्मी सहेर पनि खुल्ला चौरमा कक्षा संचालन गर्छाैं’ शिक्षिका तिर्सा खत्रीले भने । विद्यालयमा एउटा पनि स्थायी दरबन्दी छैन शिक्षकको । ३ जना राहत दरबन्दीका शिक्षकले विद्यालय संचालन गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending