Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

आकाश हेरेर मात्र विद्यालय जाँने गर्छन पाँचकाटियाका विद्यार्थीहरु

जाजरकोट, पानी पर्ने कुरा टाढा छ आकाशमा बादल देखिए पनि स्कुल बन्द हुन्छ भन्दा अनौठो लाग्न सक्छ तर अनौठो मान्नु पदैन । बादल आकाश मडारिन साथ विद्यार्थी स्कुल जाँदैनन र विद्यालय बन्द हुन्छ । वर्षौदेखि यसरी नै चलेको छ ढिमे पाँचकाटीयाको एक विद्यालय । यो तितो सत्य हो दश वर्षअघि स्थापना भएको ढिमे १ पाँचकाटिया स्थित रामचन्द्र प्राथमिक विद्यालयको । जीर्ण भवनका कारण विद्यालय यसरी संचालन हुने गरेको छ । पानी पर्नासाथ एक थोपा पनि छानाले नछेक्ने स्थितिले आकाशमा बादल लागे विद्यार्थी नै नआउने अवस्था रहेको प्रधानाध्यापक नीमबहादुर वलीले बताए । वर्षातका समय विद्यालय नै चल्दैन के गर्ने भवनको लागि हारगुहार धेरै गरियो कतैबाट सुनुवाई भएन प्रअ वलीले गुनासो गरे । कक्षा ५ सम्म पठनपाठन हुने यो विद्यालय समस्यै समस्यामा रहेको छ । भवन खानेपानी, शौचालय, फर्निचर र घेरावार सबै समस्या उस्तै छन । अरु नभएपनि पहिलो कुरा भवन भएको भए विद्यालय संचालन गर्न सहज हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको भनाई छ । स्थानीयले दश बर्ष अघि बनाएको भवन जीर्न बनेका कारण नियमित पठनपाठन संचालन गर्न अप्ठेरो परेको अध्यक्ष थापा बताउँछन । पानी परे स्कुल बन्द हुन्छ, घाम लागे चौरमा पढाई गरिन्छ, स्थानीय अभिभावक दीर्घराज आरसीले भने । भवन जिर्ण बनेका कारण विद्यार्थीहरुलाई कक्षा कोठामा राखेर पढाउने अवस्था छैन । ‘अहिले यस्तो भूकम्पको त्रास छ, कसरी यस्तो भत्कन लागेको भवनमा पढाउने गर्मी सहेर पनि खुल्ला चौरमा कक्षा संचालन गर्छाैं’ शिक्षिका तिर्सा खत्रीले भने । विद्यालयमा एउटा पनि स्थायी दरबन्दी छैन शिक्षकको । ३ जना राहत दरबन्दीका शिक्षकले विद्यालय संचालन गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending