Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

क्षतिग्रस्त हनुमानढोका दरबार स्क्वायरको नालीबेली

  वैशाख १२ र २९ मा आएका शक्तिशाली भूकम्प तथा वैशाख १२ यता लगातार आइरहेका पराकम्पनहरुका कारण नेपालका दर्जनबढी जिल्ला तहसनहस भएका छन् । ०७२ सालको भूकम्पले सिन्धुपाल्चोक, दोलखा, गोरखा, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकाेटलगायतका जिल्लामा सर्वाधिक क्षति पुर्याएको छ । भूकम्पका कारण झन्डै एक लाख आसपास संख्यामा आवासीय घरहरु ध्वस्त हुँदा लाखौं नागरिक बेघरबार हुन पुगेका छन् । जनताका व्यक्तिगत घर मात्र होइन; पाटीपौवा, सत्तल, मठमन्दिर, ऐतिहासिक स्मारक र कलाकृतिसहितका हजारौं धरोहरलाई समेत भूकम्पले क्षतविक्षत पारेको छ । राजधानीको सुन्धारामा अवस्थित धरहरा भत्केको छ भने काठमाडौं, ललितपुर र भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा रहेका ऐतिहासिक महत्वका थुप्रै सम्पदा नासिएका छन् । \"KTM_Durbar_Squareकाठमाडौं उपत्यकामा रहेका ७ वटा संरक्षित क्षेत्रमध्येको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हनुमानढोका दरबार स्क्वायरका थुप्रै संरचना भूकम्पले ध्वस्त बनाएको छ । सन् १९९७ अक्टोबर (वि.सं. २०५४ असोज) देखि विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक काष्ठमण्डपलगायतका संरचना जगैदेखि ध्वस्त भएका छन् । लिच्छवीकालदेखिकै इतिहास बोकेको हनुमानढोका दरबार क्षेत्रका धेरैजसो संरचना चाहिँ मल्लकाल, राणाकाल र शाहकालमा निर्मित भएका हुन् । वि.सं. १७२९ मा मल्लकालीन राजा प्रताप मल्लले मूल दरबारको मुख्य ढोकाअगाडि हनुमानको मूर्ति स्थापित गराएपछि नै यो सम्पदा क्षेत्रलाई ‘हनुमानढोका दरबार स्क्वायर’ भन्न थालिएको हो । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कान्तिपुर विजय गरेर राजधानी यहीं सारिसकेपछि हनुमानढोका दरबारक्षेत्रभित्र वि.सं. १८२६ मा वसन्तपुर दरबार निर्माण गराएकाले त्यसपछि यो क्षेत्रलाई ‘वसन्तपुर दरबार स्क्वायर’ भन्न थालियो । वि.सं. १६२० आसपासमा राजा महेन्द्र मल्लले बनाउन लगाएको मूलचोक नै हनुमानढोका दरबार क्षेत्रको सबैभन्दा पुरानो संरचना हो । त्यसपछि प्रताप मल्लले सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, गेटबाहिर हनुमानको विशाल मूर्तिसहित दरबार स्क्वायर वरिपरिका थुप्रै स्मारकहरु बनाएका हुन् । हनुमानढोकस्थित गद्दी बैठकअगाडि त्रैलोक्यमोहन नारायणको मन्दिर पार्थिवेन्द्र मल्लले बनाएका हुन् भने दरबारको दक्षिण–पश्चिमपट्टी अवस्थित कुमारीघर चाहिँ कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले वि.सं. १८१३ मा बनाउन लगाएका थिए । बिहार शैलीमा निर्मित कलाकृति र धर्म–संस्कृतिका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने कुमारीघरको वरिपरि कुमारीचोक, कुमारीबहाल, कुमारीमन्दिरलगायतका थुप्रै संरचनाहरु बनाइए । अहिलेसम्म पनि ‘जीवित कुमारी’ बसाइने गरेको कुमारीघर पनि भूकम्पका कारण यतिबेला मान्छे पस्न र बस्न सक्ने अवस्थामा छैन । \"KTM_Durbar_Squareनेपाल सम्बत् २६२ तिर निर्माण भएको मानिने हनुमानढोका दरबारको पश्चिमपट्टि अवस्थित प्रशिद्ध काष्ठमण्डप भूकम्पले ध्वस्त पारिदिएको छ भने वि.सं. १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराएको र पृथ्वीनारायण शाहसहितका ७ जना शाहवंशीय राजाहरूले वासस्थान बनाएको नौतले वसन्तपुर दरबार पनि करिवकरिव पूरै निर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ । १७ जना मल्ल राजाहरूले वासस्थान एवम् कार्यकक्ष बनाएको हनुमानढोका दरबारलाई ७ जना शाह राजाहरुले समेत सोही रुपमा प्रयोग गरे । पृथ्वी वीरविक्रम शाहले वि.सं. १९४३ मा नारायणहिटी राजदरबार निर्माण गराई राजाहरुको निवास र कार्यकक्ष हनुमानढोकाबाट सारेपछि यो क्षेत्र खुला संग्रहालय र तीर्थस्थलमा सीमित हुन पुगेको थियो । आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र, सांस्कृतिक–धार्मिक महत्वको एक धरोहर, ऐतिहासिक–प्रशासनिक विकासक्रमको अभिलेखयुक्त खुला संग्रहालय तथा व्यापार–व्यवसाय समेतको एउटा केन्द्र हनुमानढोका दरबार स्क्वायर यतिबेला भग्नावशेषमा रुपान्तरित भएको छ । यो क्षेत्रको बहुआयामिक महत्वलाई मध्येनजर गर्दै यसको ऐतिहासिकता र कलाकृतिको सजीवता सुरक्षित रहने तर सधैं नै भूकम्पीय जोखिममा रहेको नेपालजस्तो ठाउँको यथार्थता समेतलाई ख्याल गरेर उत्तिकै भव्य तरिकाले पुनर्निर्माणमा जुट्नु राष्ट्रकै आवश्यकता भएको छ । \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square \"KTM_Durbar_Square
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy