Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बोका जुनियर्समाथि अाक्रमणः कयाैं खेलाडी घाइते, कोपा लिबरटेडरेसको फाइनल खेल सर्यो

अर्जेन्टिनाको इतिहासकै एक सबभन्दा महत्त्वपूर्ण भनिएको क्लब फुटबल खेल हिँसाका कारण पछि सारिएको अधिकारीहरूले बताएका छन्।

बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेपछि कोपा लिबरटेडरेसको फाइनल खेल सारिएको छ। दक्षिण अमेरिकाको एकदमै महत्त्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएको उक्त खेल अगाडि भएको सो हिँसाका कारण कैयौँ खेलाडी घाइते भएका थिए। दक्षिण अमेरिकी क्लब प्रतियोगिताको उक्त फाइनल खेल आर्जेन्टिनाको राजधानी ब्युनस आइरिजका दुई प्रतिद्वन्द्वी टोली बोका जुनियर्स तथा रिभर प्लेटबीच हुन लागेको थियो। हमला कसरी ? तर रिभर प्लेटका समर्थकहरूले बोका जुनियर्सका खेलाडी चढेको बसमा हमला गरे। भिडिओ फुटेजमा तिनले ढुङ्गा तथा ग्यास क्यानिस्टरले प्रहार गरेको देखिन्छ। बोका जुनियर्सका केही खेलाडीलाई फुटेका सिसाले घाउ लागेको थियो भने केहीचाहिँ प्रहरीले प्रयोग गरेको अश्रुग्यासबाट प्रभावित भए। बोका जुनियर्सका खेलाडी तथा म्यान्चेस्टर सिटी क्लबका पूर्व स्ट्राइकर कार्लोस टेभेजलाई हमलापछि रिँगटा लागेको तथा बान्ता भएको थियो। कप्तान पाब्लो पेरेज पनि घाइते भए। यस्तो अवस्थामा दुवै टोलीका खेलाडी खेल्ने स्थिति नरहेको भन्दै दक्षिण अमेरिकी फुटबल महासंघका प्रमुख आलेहान्द्रो डोमिँगेजले फुटबल मनोरञ्जन न कि युद्ध भएको बताए। अब उक्त खेल पहिले तोकिएभन्दा एकदिन पछि आइतबार खेलाइनेछ। [caption id=\"attachment_217054\" align=\"alignleft\" width=\"850\"]\"\" बोका जुनियर्सका केही खेलाडीलाई फुटेका सिसाले घाउ लागेको थियो भने केहीचाहिँ प्रहरीले प्रयोग गरेको अश्रुग्यासबाट प्रभावित भए ।[/caption]

लज्जास्पद

बीबीसीको अमेरिका सम्पादक लियोनार्दो रोसाले भने \"अर्जेन्टिनाको खेल इतिहासमै ती दुई ठूला क्लबहरूको खेलबारे निकै उत्सुकतापूर्वक हेरिएको थियो। पहिलो पटक यी दुई टोली फाइनलमा भिड्दै थिए। तर खेलाडीहरूमाथिको आक्रमणपश्चात ब्युनस आइरिजमा लज्जाबोध भएको छ।\" आर्जेन्टिनाका पूर्व स्ट्राइकर ग्याब्रियल बाटिस्टुटाले सो घटनालाई लज्जास्पद भनी ट्वीटरमा टिप्पणी गरेका छन्। ती दुई क्लब बीचको खेल हेर्न तीन घन्टा पहिल्यै स्टेडियम दर्शकहरूले भरिभराउ भइसकेको थियो। तर खेलाडी आउलान् र खेल हेरूँला भनेर प्रतीक्षारत दर्शकहरू कुरेको कुर्‍यै भए। विश्वका धेरै फुटबल प्रेमीहरू आर्जेन्टिनाको फुटबल खेल हेर्ने रुचाउने बताइन्छ। आर्जेन्टिनाको फुटबलप्रतिको लगन, उत्सुक्ता, रङ्ग, पात्र सबैको प्रशंसक उल्लेख्य संख्यामा रहेको बताइन्छ। थकानपूर्ण र खतरनाक तर यसैसँग बाँच्ने खेलाडीहरूका लागि प्रत्येक दिन \'थकानपूर्ण, खतरनाक र मुर्ख्याइँपूर्ण\' हुन सक्ने बताइन्छ। सन् १९३१ मा आर्जेन्टिनामा फुटबलले व्यावसायिक रूप धारण गरेको हो। त्यसको आठ वर्ष पहिलेनै रिभर प्लेट क्लब ब्युनस आइरिजमा स्थापना भइसकेको थियो। निकै मिहिनेत र ठूलो लगानीपछि \'लस मिलानायर्स्\' को उपनाम कमाएको रिभर प्लेट क्लब र बोका जुनियर्स क्लब ब्युनस आइरिज शहरमा केही मिल दूरीमा अवस्थित छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending